नागरिकलाई स्वस्थ्य राख्नु नगरको मुख्य उदेश्य होः नगर प्रमुख तामाङ
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरका सबै नागरिकहरु निरोगी र स्वस्थ रहे मात्र नगर बिकासमा सहयोग पुग्ने भएकोले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भएको छ ।
उहाँले बजारमा गुणस्तरहिन सामाग्रीका कारण स्वास्थमा असर पुग्ने बताउँदै गुणस्तरहिन सामाग्री बिक्री बितरणमा रोक लगाउँन उपभोक्ता सक्षम हुन पर्ने भएकाले नगरबाट उपभोक्तहरु संस्थालाई सक्रिय गराउँनका लागि आर्थिक सहयोग गरिरहेको बताउँनु भयो । उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीको कार्यालय उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख तामाङले उपभोक्ता हित संरक्षण मञ्च र नगरपालिकाविच सँधै समन्वय रहेको बताउनुभयो । उहाँले उपभोक्ता हित संरक्षण मञ्चलाई प्रत्येक बर्ष केहि मात्रामा भएपनि बजेटको व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो । उहाँले उपभोग्य सामान बजारीकरण गरेर नाग...
