सम्पर्क

सुनकोशीमा पलम्वर र ईलेक्ट्रिसियन तालिम

कुमार बस्नेत अधिराज
सुनकोशी गाँउपालिकामा पलम्वर र ईलेक्ट्रिसयन तालिम सुरु भएको छ । तालिमको उद्घाटन सुनकोशी गाउँपालिका–७ का वडाअध्यक्ष ईश्वर तिमल्सिनाले गर्नुभएको हो ।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्ष मन्त्रालय वैदेशिक रोजगार बोर्डको आयोजना तथा ट्रेनिङ सेन्टर नेपाल र मल्टि स्किल प्रालिद्वारा सुनकोशी गाउँपालिकाको सहकार्यमा भएको उक्त तालिम सुनकोशी–७ दुईकिलोमा रहेको सिर्जनसिलको प्रांगणमा उद्घाटन भएको थियो ।
ट्रेनिङ सेन्टर नेपाल संस्थाका प्रतिनिधि सुदिप उप्रेतीको अध्यक्षतामा उद्घाटन भएको तालिममा ३ जना महिला ३७ जना पुरूष गरि ४० जनाको सहभागिता रहेको छ ।