स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम
युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यकासाथ भोजपुर नगरपालिकाले एकमहिने सवारी चालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो ।
आफ्नै ठाउँमा सीपमूलक तालिम लिन पाउँदा यहाँका स्थानीय युवा खुसी भएका छन् । सीप लिन धेरै खर्च गरेर धरान, इटहरीलगायत ठाउँमा जानुपर्ने बाध्यात्मक अवस्थामा आफ्नो ठाउँमा घरको खाना खाएर सीप सिक्न पाएकामा सहज भएको सहभागी स्थानीय बुद्धबल तामाङले बताउनुभयो । लामो समय विदेशमा बिताएको भए पनि सीपका कारण राम्रो आम्दानी गर्न नसकेको उहाँको भनाइ छ ।
“पैसा कमाउने लक्ष्यले विदेश गए”, उहाँले भन्नुभयो, “सीपका कारण राम्रो आम्दानी गर्न सकिन, सीप लिएर स्वरोजगार बन्ने लक्ष्यले स्वदेश फर्के, अहिले स्थानीय तहको पहलमा सीप लिन पाएको छु, आफ्नै ठाउँमा निःशुल्क सीप लिन पाउँदा खुसी लागेको छ ।” व...
