उद्योगी सम्मान सहित सिन्धुपाल्चोकले मनायो उद्योग दिवस
घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले शनिबार नवौं उद्योग दिवसको अवसरमा परिमायाँ तामाङ र कृष्णप्रसाद तिवारीलाई जिल्लाकै उत्कृष्ट उद्यमीको रुपमा सम्मान गर्दै आफ्नो नवौ स्थापना दिवस मनाएको छ ।
चौतारा सागाचोकगढी नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतिथ्यतामा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकको सभाहलमा भएको नवौं उद्योग दिवसको अवसरमा दुई उद्यमी सम्मानित हुनु भएको हो । सम्मानीत हुनुहुनेमा महिला तर्फ बाह्रविसे नगरपालिका वडा नं. ८ कि महिला उद्यमी एवं अन्जना टेलरिङ सेन्टरकी प्रोपाइटर परिमाया तामाङ र पुरुष तर्फ मेलम्ची वडा नम्बर १२ स्थित सिन्धु कृषि तथा पशु फर्मका प्रोपाइटर कृष्णप्रसाद तिवारी सफल उद्यमीको रुपमा सम्मानित हुनु भएको हो ।
सम्मानीतहरुलाई सम्मान गर्दै प्रमुख अतिथि श्रेष्ठले उद्योगीहरुलाई सरकारले दिने गरेका तालिमहरुमा तालिम लिने जमात देखिएको भएत...
