सम्पर्क

Month: २०८० मंसिर १४ बिहीबार

भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १४ मङ्सिर : जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन, उपसचिव र शाखा अधिकृतबाट दुई र सोभन्दा तलका कर्मचारीबाट एक दिन बराबरको पारश्रमिक सहयोग गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । भूकम्पपीडितको राहत र पुनःस्थापनका उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पठाइने उहाँले बताउनुभयो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर...

नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ मा

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौं, १४ मंसिर/नेपाली कांग्रेस बागमती कार्यसमितिले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौंमा गर्ने भएको छ । प्रदेश कार्यसमिति गठनपछि पहिलोपटक बागमती प्रदेशको सम्मेलन गर्ने भएको हो ।कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा विहिबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन गर्ने निर्णय भएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो ।कार्यसम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरु गठन गरिएको छ । प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व तथा सबै पदाधिकारी सदस्य रहेको मूल आयोजक समिति गठन गरेको छ ।त्यस्तै राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजक उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजक उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमिति संयोजक महामन्त्री कन्चनचन्द्...

जुगल कराते संघमा रेशम सुन्दास

खेलकुद, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका मा नेपाल सेतोकान कराते संघ गठन भएको छ । रेशम सुन्दासको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिती गठन भएको हो । संघको उपध्यक्षमा सोहन सुनुवार सचिब मा सोम छिरिङ्ग तामाङ्ग कोषाध्यक्षमा रिया श्रेष्ठ, र सदस्यहरुमा सञ्च बहादुर बिक, माँया परियार ,बादल लामा, सुमन श्रेष्ड, अर्जुन तामाङ्ग,रहनु भएको छ । मङ्सीर १४गते भएको भेलाले उक्त समिती बनेको अध्यक्ष रेशम सुन्दासले बताउँनु भयो ।  ...

राजधानीमा सुर्ती जन्य पदार्थमा बन्देज

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
काठमाण्डौ महानगरपलिकाले गही मंसीर २७ गते देखी सुर्ती जन्य पदार्थको बिक्री बितरणमा रोक लगाएको छ । महानगर पालिकाले मंसंीर १२गते एक सुचना प्रकाशीत गरी यस्तो जानकारी दिएको हो । महानगरको स्वास्थ्य बिभागले जारी गरेको सुचनामा सावैजनीक स्थलहरुमा धुम्रपान, चुरोट,बिडी , सिङ्गार , तमाखु,सुल्फा, कक्कड,कच्चा सुर्ती,खैनी, गुट्खा, सुर्ती वा सुर्तीजन्य पदार्थ हरुको बिक्री बितरणमा रोक लगाउँदै यदी यसरी बिक्री गरेको भेटेमा महानगर प्रहरीले सामान जफत गरी बतिरण गर्नेलाइ कार्बाही गरिने जनाएको छ ।  ...

सहकारीमा एक ब्यक्ती एक पद लागु हुने

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सहकारी बिभागले एउटै ब्यक्तीलाइ दुइ सहकारीको सञ्चालक समितीमा बस्न नपाउँने नियमलाइ कडाइका साथ कार्यन्वयनमा ल्याँउने भएको छ । सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार अब एउटै व्यक्ति सहकारी संघ संस्थाको दोहोरो पदमा बस्न नपाउने भन्दै सहकारी विभागले सूचना समेत जारी गरेको छ ।विभागले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई पत्र लेख्दै सहकारीमा दोहोरो पदको विषयमा सहकारी ऐनमा भएको ब्यवस्था लागू गर्न भनेको छ । यस अघि सहकारी ऐन २०७४ लाई धज्जी उढाउँदै एउटै व्यक्ति सहकारी संघसंस्थाको २–३ वटा पदमा समेत बस्दै आएका थिए । मंसिर १० गते सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा दोहोरो पदको ब्यवस्था कानुन अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको हो ।सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रह...

मेलमिलाप मार्फत समृद्धि हासिल गर्न सहज हुन्छः सापकोटा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले मेलमिलाप कार्य मार्फत समृद्धि हासिल गर्न सहज हुने बुझाई रहेको र समाजमा हुने आपसी कलह, झगडा र मनमुटाबले समाधानको खोजी गर्न मेलमिलापकर्ताको भुमिका हुने बताउनु भयो । उहाँले मेलमिलापकर्ताले खेलेको भुमिकामा कुनै पक्षले पनि नहार्ने र कुनै पक्षले नजित्ने तर नियम, कानुन र शान्तिले जित्ने भएको हुँदा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण हुने गरेको बताउनुभयो । उँहाले उक्त कुरा चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभुत तालिमको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले तालिम सम्पन्न पश्चात् न्यायिक कार्य सम्पादन कार्यमा सघाउ पुग्ने र प्रभावकारी वृद्धि हुने विश्वास लिएको बताउनु भयो । उद्घाटन कार्यक्रममा बोल्नु हुँदै विशेष अतिथी माननीय जिल्ला न्याय...

जिसस सिन्धुपाल्चोकको छैठौं जिल्ला सभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
 जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको छैठौं जिल्ला सभा सोमबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षता भएको भएको जिल्ला सभाबाट जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले हालसम्म गरेका काम कारवाही तथा अर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७९÷०८० को आय तथा व्ययको अनुमान सम्बन्धी प्रस्ताव, आगामी नीति कार्यक्रम तथा बजेट समेत पास गरेको छ । जिल्ला समन्वय समिति (जिसस) उपप्रमुख पदम नेपालले बार्षीक निति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै स्थानिय तह बिचको समन्वय र सहजिकरणको सवालमा जिल्ला समन्वय समितिले आवश्यक समन्वय गरेर जिल्लालाई समृद्धि दिसातर्फ अघि बढाउने बताउनु भयो । कार्यक्रममा जिल्लाका १२ वटा स्थानीय तहका प्रमुख उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।...

सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिद्वारा एक बर्षको प्रगति विवरण सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
११ मंसिर, चौतारा । जिल्लाबाट संघीय संसद र बागमती प्रदेश सभामा निर्वाचित चार जनप्रतिनिधिले एक बर्षको उपलब्धि सार्वजनिक गर्नु भएको छ । गत बर्ष मंसिर ४ गतेको निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा सुबोध, बागमती प्रदेश सभामा निर्वाचित युवराज दुलाल सरद, सरल सहयात्री पौडेल र समानुपातीकतर्फ निर्वाचित आमृता नेपालले चौतारामा पत्रकार सम्मेलन गरी एक बर्षे उपलब्धि एवं कार्यप्रगति सार्वजनिक गर्नु भएको हो।     संघीय सांसद सापकोटाले जिल्ला निर्वाचन कार्यालयबाट प्रमाणपत्र बुझेको दिन पारेर कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै निर्वाचित गराउने मतदातालाई बिशेष आभार प्रकट गर्नु भयो । निर्वाचनका बेला जारी गरिएको प्रतिवद्धता अनुसार प्रगति विवरण सार्वजनिक गरिएको बताउँदै उहाँले संघीय संसदका ९३ बैठक मध्ये ८१ बैठकमा उपस्थित भएको जुन ८७ प्रतिशत उपसिथति रहेको जानकारी दिनु...

इन्द्रेश्वरी माविले पायो स्कुल बस

ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयको सहयोगमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ स्थित टारमा रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयले स्कुल बस प्राप्त गरेको छ । आईतबार बागमती प्रदेशका भौतिक विकास तथा पुर्वाधार मन्त्री युवराज दुलाल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ लगायतले सोही स्कुल बसको उद्घाटन गर्नुभएको हो । विद्यालय बस हस्तान्तरण गर्दै मन्त्री दुलालले सामुदायिक विद्यालयलाई गुणस्तरीय केन्द्र बनाउनपर्छ भन्ने उद्देश्यका साथ बिद्यालयलाइ सुविधा सम्पन्न बनाउनका लागी विद्यालय बस कार्यक्रम आफु सामाजिक विकास मन्त्री हुँदा संचालन गरेको जानकारी दिनुभयो । मन्त्री दुलालले मेलम्ची नगरपालिकाको तेर्से माध्यमिक विद्यालय र कुविन्डेको सेती देविलाई बस हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको स्मरण गर्दै त्यसपछि थाङ्पाल भ्याली पाँचपोखरी, लागर्चे, चौतारा र मेलम्चीलाई बस उपलब्ध गराएको बताउ...

रसिलो सुन्तला किसानका अमिलो व्यथा

ब्रेकिङ न्युज २, समाचार
बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि चार सय रोपनी जमिनमा सुन्तलाखेती गर्दै आउनुभएको थियो। उहाँको बारीमा पाँच सय बोटका सुन्तलाले बर्सेनि रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुने गर्दथ्यो । केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाने क्रममा यतिबेला रोगले सबै सखाप भइसकेको छ । किसान पाण्डेले भन्नुभयो, “अहिले त परिवारले खाने सुन्तला पनि छैन ।” सुन्तला सखाप भएपछि धान र मकैखेती गर्न थालेको उहाँको भनाइ थियो । पाण्डेले भन्नुभयो, “त्यति बेला सुन्तला बिक्री गरेर परिवारको खर्च टार्न सहज भएको थियो अचानक रोग लागेर मर्दै जाँदा बगैँचा नै सखाप भयो । पहिला आफैले बिक्री गरिन्थ्यो तर अहिले आफैले अरुसँग किनेर सुन्तला खानुपरेको गुनासो उहाँले गर्नुभयो ।” त्यस्तै सोही गाउँकै भगवती पन्तको सुन्तलाबारी पनि अहिले सखाप भएको छ । उहाँले भन्नुभयो, “करिब ५० वर्ष अघि स्याउत गाउँमै प...