सहकारी बिभागले एउटै ब्यक्तीलाइ दुइ सहकारीको सञ्चालक समितीमा बस्न नपाउँने नियमलाइ कडाइका साथ कार्यन्वयनमा ल्याँउने भएको छ । सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार अब एउटै व्यक्ति सहकारी संघ संस्थाको दोहोरो पदमा बस्न नपाउने भन्दै सहकारी विभागले सूचना समेत जारी गरेको छ ।विभागले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई पत्र लेख्दै सहकारीमा दोहोरो पदको विषयमा सहकारी ऐनमा भएको ब्यवस्था लागू गर्न भनेको छ ।
यस अघि सहकारी ऐन २०७४ लाई धज्जी उढाउँदै एउटै व्यक्ति सहकारी संघसंस्थाको २–३ वटा पदमा समेत बस्दै आएका थिए । मंसिर १० गते सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा दोहोरो पदको ब्यवस्था कानुन अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको हो ।सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने व्यहोरा आदेशानुसार अनुरोध छ, पत्रमा उल्लेख गरिएको छ ।
