सम्पर्क

Month: २०८० आश्विन २५ बिहीबार

नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे आइपुग्ने

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
काठमाडाैँ २५ असोज : इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५३ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेकाे थियो । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल जानुभएको थियो । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो ।शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्...

सिन्धु प्रेस युनीयनको उपाध्यक्ष पाख्रिन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२ बाट कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता नेपाल प्रेस युनियुन सिन्धुपाल्चोकको उपाध्यक्ष कमला पाख्रिन र सन्धान अनलाइकी दिलमाया शाहीलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठले बिहीबार नेपाल पत्रकार महासंघमा आयोजित कार्यक्रममा पाख्रिन ११११११र शाहीलाई ११११११ गरी दुई लाख २२ हजार २२२ रुपैयाँ संयुक्त रूपमा प्रदान गर्नु भएको हो ।देशभरबाट पुरस्कार समितिलाई विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारबाट प्राप्त २२७ आवेदनसहितका सामग्रीमध्येबाट पुरस्कृत छनोट भएको थियो । नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा २०१३ देखि ग्रामीण क्षेत्रका पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।यसपटक देखि दुई जनालाई पुरस्का...

झोल साबुन तथा डिटरजेन्ट बनाउने तालिम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा झोल साबुन तथा डिटरजेन्ट बनाउने पाँच दिने तालिम सम्पन्न भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)को आयोजनामा भएको तालिममा मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ का माझी र दनुवार समुदायका १४ जनाको सहभागिता रहेको परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख रवि शर्माले जुन उदेश्यले तालिममा सहभागी हुनुभयो त्यो उदेश्यलाई पच्छ्याउदै अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले संस्थाले गरेको लगानी र ५ दिनको अमुल्य समयलाई खेर जान नदिइ सदुपयोग गर्न आग्रह गर्नुभयो । शर्माले बजारीकरणका लागी नगरपालिकाले गर्ने समन्वयमा सधैं तयार रहेको भन्दै तालिमको लागी तालिम मात्र नभएर व्यवहारिक जिवनमै प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीले तालिम लिइसकेपछि सि...

सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउँछः सीईओ गुरागाईं

समाचार
काठमाडौं राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० बद्रि कुमार गुरागाईंले सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउने बताउनुभयो । बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको दोस्रो सत्रमा कार्यपत्र प्रस्तुत उहाँले यस्तो बताउनुभएको हो । विश्लेषण नगरी जथाभावी गरिने लगानी, कर्मचारीको दक्षता अभाव र अन्य थुप्रै कारणले सहकारीमा जोखिम आउने गरेको र हाल सहकारीले विश्वासको संर्घष गरिरहनु परेको बताउनुभयो । नियमनकारीको अप्रभावकारीता, संस्थाहरुमा सुशासनको अभाव, सामुहिक भावनाको कमी, श्रोत लागतको विश्लेषणको अभाव, संस्थागत पुँजी कमजोर, कर्जा लगानी नीतिको अभाव र त्यसको विश्लेषण नगर्ने परीपाटीले गर्दा सहकारीमा जोखिम आउने गरेको उहाँले बताउनुभयो । वित्तीय संस्था सुरुदेखिनै जोखिम रहने हुँदा त्यसलाई जोखिमरहित बनाउन व्यवस्थापन चुस्त दुरुस्त बनाउनुपर्ने उहाँले औल्याउनुभयो...

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २४ असोज : इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ । नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जानुहुने उहाँका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । यसैगरी परराष्ट्र मन्त्रालयले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको उद्धार र स्वदेश फिर्ताका सम्बन्धमा हालसम्म भएका पहलकदमी तथा प्रगतिबारे जानकारी गराएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल फर्कन चाहने नेपालीका लागि नेपाल एयरलाइन्सको दुई सय ५० सिट क्षमताको वाइडबडी विमान आज राति इजरायलको तेल अविवतर्फ प्रस्थान गर्ने जानकारी दिनुभयो । उहाँले भन्...

बाघ र बाँदरका बिरुद्ध प्रहरी परिचालन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ वडाले गाउँमा पसेको बाघ, बाँदर लगायतका वन्यजन्तु धपाउन प्रहरी परिचालन गरेको छ । वडा अध्यक्ष रोशनराज गिरीले स्थानीय नागरिकले दुख गरेर बर्षाभरी गरेको खेती भित्राउँने बेला बन्यजन्तुले बिनास गरिदिएपछी यसको नियन्त्रणको उपाय खोजी गरिरहनु भएको अबस्थामा बच्चा सहितको बाघिनी गाउँ नजिक पटक पटक देखिन थालेपछी स्थानीय नागरिक र सुरक्षा कर्मी सहीतको टोलीले बाँदर र बाघको खोजी गर्न लागीएको हो । गाउँमा पटकपटक गरी २० वटा खसीबाख्रा मारी सकेपछी दिउँसै मानिसलाई नै आक्रमण गर्न थालेकाले बाघको खाजी गरि बन्य जन्तु संरक्षण कार्यालयलाई जिम्मा लगाउँनका लागी बाघको खाजी गरेको र यस क्षेत्रमा बाँदर पनि नआओस् भन्नका लागी बुधबार स्थानीय ससहत प्रहरीहरु परिचालित भएको वडाअध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘बाँदर, बँदेल, मृग लगायतका वन्यजन्तुले पहिलेद...

फट्टेमा सवारी साधन सुचारु

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
मेलम्ची नगरपालिका – ११ स्थित फट्टेमा रातारात ह्युम पाइप राखेर सवारी साधन आवत जावत गराइएको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटेसंँगै नगरप्रमुख आइतमान तामाङको निर्देशनमा ३ दिन अघिदेखि अस्थायी पुल निर्माण कार्य सुरु गरेको थियो । १६ गते आएको बढीले क्षति पुर्याएपछि मर्मत गरी संचालनमा बुधबार देखी ल्याएको हो । २०७८ साल असार १ को बाढीले पक्कि पुल बगाए संगै हिउँदमा अस्थायी रुपमा खोलामा ह्युम पाइप राखेर सवारी आवागमनलाई सहज बनाउने गरिएको छ । बर्खा लागेसंँगै उक्त ह्युमपाइप झिकिए पश्चात् मेलम्ची नगरपालिकाको वडा नं.७, ८, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको नागरीकले सास्ती खेप्दै आएका थिए । अब अस्थायी पुल निर्माणसँंगै स्थानीयलाई चाडपर्वको लागि आबश्यक सामाग्री ढुवानी गर्न तथा मानिसहरुलाई आवातजावत गर्न सहज हुनेछ । उक्त स्थानमा संघ र प्रदेस सरकारले बेवास्था गरेपनी स्थानीय नागरिकका लागी नगरपालिकाले पक्क...

दोलालघाटमा नौरङ्गी छाता बजार

जिबनशैली, बिजनेस, मनोरन्जन, समाचार
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा न.८ स्थित दोलालघाट बसपार्क क्षेत्रमा ‘अम्ब्रेला स्ट्रिट’ बनेको छ । पर्यटकीय क्षेत्र दोलालघाटको आकाशमा रङ्गीचङ्गी छाताले ढाकिएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको दोलालघाट बासीहरुले बताएका छन । रङ्गीचङ्गी छाताहरु राखेर बनाइएको स्थानमा पर्यटक लोभिने र सो स्थानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा रहेको भुम्लु गाउँपालिकाले जनाएको छ । पिकनिक, घुमघामको लागि दोलालघाट क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । सो क्षेत्रमा थप पर्यटक भित्राउन गाउँपालिकाले गृहकार्य गरिरहेको छ ।...

बाह्रबिसेको नर्सरी महिला लाई

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकामा वडा नं. ८ मानेस्वारमा फरेसट एक्सन संस्थाको सहयोगमा नर्सरी टनेल निर्माण गरीएको छ । एक्सनले निर्माण गरेको उक्त नर्सरी सेतिदेवि महिला समुहलाई हस्तानन्तरण गरिएको छ । बाहबिसे नगरपालिकाको उपप्रमुख मन्जु तामाङले एक समारोहका बिच बुधबार नर्सरीको उद्धघाटन गर्नु भएकोे हो । उद्धघाटनसँगै सोही स्थानको महिला समुहलाई नर्सरी हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा उपप्रमुख तामाङले नर्सरी निर्माण गर्ने काममा सहायोग गरेर नगरको आयआर्जनमा सहयोग गरेकोमा एकसन परिवारलाई बिशेष धन्यबाद दिदै महिला समुहलाई भोलिका दिनमा थप सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले नगरपालिकाका नागरिकहरलाई कसरी सेवा दिने र कसरी नागरिकलाई स्थानीय स्तरमा नै रोजगारको व्यवस्था गर्ने भनेर नगर लागि परेको बेला यस्ता खालका योजनाहरु निर्माण हुँदा आफुलाई खुशी लागेको समेत बताउँनु भयो । ...

संघ र प्रदेसको योजना कार्यन्वयनमा पारदर्सीता हुन पर्ने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सघ र प्रदेसको बजेट कार्यन्वयनमा सहजता र पारदर्सीताका लागी मङ्गलबार जिल्ला स्थित बिकासमुखी कार्यलय प्रमुखहरुको बैठक बसेको छ। जिल्ल सम्मन्वय समितीको कार्यलयमा सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सघ र प्रदेस बाट बिनीयोजन भएका जिल्ला स्थित कार्यलयहरु मार्फत गरिने योजनाका बारेमा छलफल भएको थियो । छलफलमा बैठकको अध्यक्षता गरिरहनु भएका जिल्ला समन्वय समिति सिन्धुपाल्चोक का प्रमुख बालकृष्ण श्रेष्ठले एउटै योजनाको नाममा स्थानीय, सरकार प्रदेस सरकार र केन्द्र सरकारबाट बजेट बिनीयोजन भएको छ की छैन यकीन गरेर स्थानीय सरकार सँग सम्मन्वय गरेर योजना हरु कार्यन्वयन गराउँदा पारदर्सिता हुने बताउँनु भयो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा सिन्धुपाल्चोक जिल्लाका विभिन्न कार्यालयका प्रमुख संग मङ्गलबार २०८० ÷ ८१ को लागि संघ र प्रदेश बाट , विभिन्न स्थानीय तहरुमा आएको बजेट तथा अन्य क्र...