सम्पर्क

सिन्धु प्रेस युनीयनको उपाध्यक्ष पाख्रिन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत

 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२ बाट कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता नेपाल प्रेस युनियुन सिन्धुपाल्चोकको उपाध्यक्ष कमला पाख्रिन र सन्धान अनलाइकी दिलमाया शाहीलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठले बिहीबार नेपाल पत्रकार महासंघमा आयोजित कार्यक्रममा पाख्रिन ११११११र शाहीलाई ११११११ गरी दुई लाख २२ हजार २२२ रुपैयाँ संयुक्त रूपमा प्रदान गर्नु भएको हो ।देशभरबाट पुरस्कार समितिलाई विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारबाट प्राप्त २२७ आवेदनसहितका सामग्रीमध्येबाट पुरस्कृत छनोट भएको थियो । नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा २०१३ देखि ग्रामीण क्षेत्रका पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।यसपटक देखि दुई जनालाई पुरस्कार प्रदान गरेको नेजाका अध्यक्ष सुरज भण्डारीले जानकारी दिनु भयो । नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार लिँदै पाख्रिनले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौती रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेसाप्रति थप क्रियाशील हुन हौसला प्रदान गरेको बताउँनु भयो । उँहाले नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार – २०२२ उपप्रधानमन्त्री तथा गृहमन्त्री ज्युबाट ग्रहण गर्न पाँउदा निक्कै खुशी महसुस भएको छ । विगत चार वर्षदेखि टेलिभिजन पत्रकारीतामा सकृया भएर काम गर्दै आएकी छु । सिन्धुपाल्चोक सघिंय राजधानीसंग जोडिएको जिल्ला भएपनि भौगोलिक हिसावले विकटताले छोडेको छैन् ।पाख्रिन ग्रामिण भेगका स्थानीयको जीवनशैली,रोजगार र आत्मानिर्भर लगायतको समाचार कान्तिपुर टेलिभिजन मार्फत प्रशारण गर्दै आएकी छु । पत्रकारीता पेशामा रहेका पत्रकारलाई प्रत्साहन दिनुहुने नेजा परिवार प्रति हार्दिक नमन । पत्रकारीता पेशामा अवसर दिने कान्तिपुर टेलिजनप्रति कृतज्ञता छु । कार्यक्रमस्थतमा भेट, फोन,म्यासेज र पोष्टबाट प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा शुभकामना व्यक्त गर्नुहुने सम्मपुर्णमा हार्दिक धन्यावाद ब्यक्त गर्दछु भन्नु भयो ।