सम्पर्क

Month: २०८० जेष्ठ २१ आईतवार

चोरी मुद्दाका फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
साधरण चोरी मुद्दाका फरार एक प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका –६ बस्ने ३६ बर्षीय दिपेन्द्र अधिकारी , कृष्ण बहादुर खत्री भन्ने नारायण वि.क.रहेका छन् । काठमाण्डौँ जिल्ला अदालतले ० ७३ कार्तिक १ गते साधारण चोरी मुद्दामा कैद १ महिना र जरिवाना रु.२२,९००।– (अक्षेरुपी बाईस हजार नौ सय रुपैयाँ) सजाय सुनाएको थियो । आईतबार चौतारा बजारबाट पक्राउ परेका उहाँलाई फैसला कार्यन्वयनको तथा सजाय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो ।...

१० प्रतिशत शैयामा विपन्नलाई निःशुल्क उपचार गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई १० प्रतिसत शैयामा विपन्न वर्गका मानिसहरुलाई निःशुल्क उपचार गर्न पुनः आग्रह गरेको छ । आईतबार मन्त्रालयले विज्ञप्ति प्रकाशित गरि स्थानिय वडा कार्यालयहरुले विपन्न भनि सिफारिस गरेका विरामीलाई विपन्न मानेर निःशुल्क उपचार गराउन अनुरोध गरेको छ । यसअघि पनि मन्त्रालयले दुई पटक ती अस्पतालहरुलाई निःशुल्क उपचार गर्न गराउन निर्देशन दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जेठ १९ गते निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि स्थानिय वडाहरुले विपन्न, असहाय वा बेवारिसे भनेर दिने सिफारिसलाई आधार मानेर १० प्रतिसतको निःशुल्क उपचार गर्नु पर्ने अस्पतालहरुलाई निर्देशन दिनुभएको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७...

जनप्रतिनिधिको हैसियतमा आफ्नो क्षेत्रमा सदैव सेवा र सहयोगमा लागिरहने छुः सांसद तामाङ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काङ्ग्रेसका युवा नेता ,सिन्धुपाल्चोक क्षेत्र नम्वर २ प्रदेश सभा ख बाट निर्वाचित सांसद कृष्णकुमार तामाङ (समीर)ले दुवईमा निधन भएका मेलम्ची –२, निवासी स्व. शिशिर खतिवडाको परिवारलाई नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । वैदेशिक रोजगारीको क्रममा दुवइ जानुभएका खतिवडाको २०७९ मंसिर १० गते निधन भएको थियो । उहाँको निधन भएपश्चात् शव ल्याउनको लागि धेरै खर्च लागेको र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले स्व .खतिवडाको परिवारजन, स्थानीय समाजसेवीको आग्रहमा सांसद तामाङले सहयोग हस्तान्तरण गर्नुभएको हो । सांसद तामाङ र नेपाली काँग्रेसका नेता प्रकाश सापकोटाको पहल र आग्रहमा हाल अमेरिकामा रहनुभएका सिन्धुपाल्चोकबासी समाजसेवी राम श्रेष्ठ र उहाँको धर्म पत्नी पार्वती श्रेष्ठ मार्फत प्राप्त नगद १ लाख शनिबार सांसद तामाङले स्थानिय समाजसेवी र विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितमा स्व .खतिवडाको घरमा पुगि उहाँको ब...

सरगम राईको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । गायक सरगम राईको  सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक भएको छ ।  सरगम राईको शब्द तथा संगीत ,फडिन्द्र राईको संगीत संयोजन  गरेका हुन् । गीतको भिडियोलार्ई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।गीतको भिडियो छोटो समयमा नै एक मिलियन पुग्न सफल भएको छ । एलिस राई र विमला खजुमको पनि अभिनय छ । सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन ।...

घोराही सिमेन्टको उत्पादन दैनिक १० हजार टन

#, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
घोराही सिमेन्ट इन्डष्ट्री उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन गरी दैनिक १०हजार टन उत्पादन गर्न थालेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुल्ला गरेको थियो । सोही क्रममा शेयर खरिद कार्यमा यहाँहरूले देखाउनु भएको उत्साहपूर्ण सहभागिता प्रति घोराही सिमेन्ट आभारी छ कम्पनी द्धारा जारी बिज्ञेप्तमिा भनीएको छ ।कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्ने छ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो । सो सेयर खरिदका लागि प्रभावित क्षेत्रका बासिन्दाले देखाउनु भएको सहभागिता हाम्रो लागी महत्त्वपूर्ण रह्यो । त्यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता ...

सुनकोशी गाउँपालिकाले लागू ग¥यो स्थानीय पाठ्यक्रम

ब्रेकिङ न्युज २, समाचार
स्थानीय सरकारले विद्यालय तहमा स्थायी पाठ्यक्रमसहितको पाठ्यपुस्तक कार्यान्वयनमा जोड दिएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिकाभरका सामुदायिक तथा निजी विद्यालयहरुमा शैक्षिक सत्र ८०÷८१ बाट स्थानीय पाठ्यक्रम लागु गरेको छ । गाउँपालिकाभरका विद्यालयका कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेर बैशाख देखि नै पठन पाठन सुरु गरेको हो । गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सार्वजजिनक गर्नुभएको छ । नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले सबै विद्यालयहरुमा लागु गरेको हो । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचीत जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको पहिलो वर्षमा नै शैक्षिक क्षेत्रमा स्थानीय विषय बस्तुलाई समेत समावेश गर्नका लागि स्थानीय पाठ्यक्रम तयार पारेर विद्यालयहरुमा कार्यन्वयनका ल...

सहज तरिकाले बिरामिलाई उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रूपमा उपचार गर्ने व्यवस्था मिलाउन विभिन्न अस्पताललाई निर्देशन दिनुभएको छ । काठमाडौंको गंगालाल अस्पताल र मेडिकेयर अस्पतालको शुक्रबार अनुगमन गर्दै मन्त्री बस्नेतले सहज रूपमा उपचार गर्नका गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो । का हुन् । उहाँले गंगालाल अस्पतालमा रहेका उपकरणहरूको प्रयोग, बिरामीलाई दिइने सुविधा र उपचारको व्यवस्थाका बारेमा जानकारी लिनुभएको थियो । यसअघि पनि विभिन्न अस्पतालहरूमा गुणस्तरीय सेवा नभएको गुनासोलाई अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । मन्त्री बस्नेतले सरकारी र निजी अस्पतालको उपचारको सेवा शुल्कमा एकरूपता ल्याउन पहल गरिने बताउनुभयो । उहाँले उपचारका लागि आएका बिरामीहरूसँग पनि कुराकानी समेत गर्नुभएको थियो ।...

सीटीइभीटीको गाडी सुनकोसीमा खस्दा ३ जना कर्मचारी बेपत्ता

ब्रेकिङ न्युज १, समाचार
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटीइभीटी)को गाडी सुनकोसी नदीमा खसेको छ । सिटीइभीटी कार्यालय भक्तपुरबाट खोटाङका लागि हिँडेको बा १ झ ७४६७ नम्बरको स्कार्पियो बीपी राजमार्गस्थित गोलन्जोर गाउँपालिका– ७ लौकुनबाट सुनकोसीमा खसेको प्रशरीले जनाएको छ । गाडीमा सिटीइभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । सुरक्षाकर्मीरु स्थानीयबासी मिलेर वेपत्ताका खोजी गरिरहेका छन् । नदीमा पानी निकै गहिरो रहेकाले खोजीका लागि गोताखोर ल्याउनुपर्ने अवस्था रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल हुनुभएको प्रहरीले जनाएको छ ।...

तीन महिनाको योग शिविर, उपलब्धीको लेखाजोखा

समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकचौतारा साँगाचोकगढी नगरपालिका –५ चौतारामा विगत तीन महिनादेखी नियमितयोग शिविर सञ्चालन गरिएको छ । गत फागुण १६ गतेदेखी नियमित योग शिविरको शुरुवात गरिएको थियो । जिल्ला आयुवेद कार्यालयको आयोजना र हर्ट फाउण्डेशन सिन्धुपाल्चोक तथा महिला बहुउदेश्यीय सहकारी संस्था ली. को सहयोगमा शुरु भएको योग शिविरमा दैनिक १३ देखि १८ जनासम्मका ब्यक्तिहरुको उपस्थिती रहन्छ । योग साधनाले हरेक कालखण्डमा बिश्व भरिका मानव समुदायलाई अत्यन्त प्रभावित गर्दै र प्रेरणा दिदै आइरहेको छ । पूर्वीय सभ्यताको बिकासक्रमलाई हेर्दा बैदिक र पूर्ववैदिक काल देखिनै समाजलाई योग ले प्रभावित गरेको पाइन्छ । बर्तमान सन्दर्भमा बिश्वभरको शिक्षा, स्वास्थ्य, बिज्ञान, कला, संस्कृति, धर्म, राजनीति, साहित्य र दर्शनलाई समेत योगले प्रभावित गर्नुको साथै प्रेरणाको श्रोत बनेको छ । पतञ्जलि योग दर्शन अनुसार “योगः चित्तवृत्ति निरोध” हो भन्दै योग...

फरार प्रतिवादी ११ वर्ष पछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
भक्तपुरको सुर्यविनायक नगरपालिका–५ सिर्जनानगरबाट साधरण चोरी मुद्दाका फरार एक प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका –४ बस्ने ३२ बर्षीय रामशरण दाहाल रहेका छन् । भक्तपुर जिल्ला अदालतले ०६९ कार्तिक २६ गते साधरण चोरी मुद्दामा उहाँविरुद्ध १ महिना कैद सजाय सुनाएको थियो । बिहिबार पक्राउ परेका उहाँलाई फैसला कार्यन्वयनको तथा सजाय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो ।  ...