साधरण चोरी मुद्दाका फरार एक प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका –६ बस्ने ३६ बर्षीय दिपेन्द्र अधिकारी , कृष्ण बहादुर खत्री भन्ने नारायण वि.क.रहेका छन् ।
काठमाण्डौँ जिल्ला अदालतले ० ७३ कार्तिक १ गते साधारण चोरी मुद्दामा कैद १ महिना र जरिवाना रु.२२,९००।– (अक्षेरुपी बाईस हजार नौ सय रुपैयाँ) सजाय सुनाएको थियो । आईतबार चौतारा बजारबाट पक्राउ परेका उहाँलाई फैसला कार्यन्वयनको तथा सजाय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो ।
