सिन्धुपाल्चोकका विभिन्न स्थानमा मनाईयो धान दिवस
सिन्धुपाल्चोकको विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाएको मनाईएको छ । मेलम्ची नगरपालिकाले ज्यामिरेको दोवाटे सल्लाघारी फाँटमा राष्ट्रिय धान दिवस मनाएको छ ।
सोही अवसरमा सातकन्या माध्यामिक विद्यालयमा अन्तर सदनात्मक असारे गित प्रतियोगिता समेत गरिएको थियो । रोपाइँ कार्यक्रममा नगरपालिकाभित्रका जनप्रतिनिधी विभिन्न विद्यालयका विद्यार्थी तथा सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
धान रोपाइँ गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख आईतमान तामाङले कृषि क्षेत्रको विकासका लागि आफू प्रमुख भएदेखि काम गरिरहेको बताउनुभयो । सिँचाइ नपुगेका ठाउँमा सिञ्चित गर्ने, कृषि उपकरण अनुदानमा वितरण गर्ने, दूध, मल र बीउमा अनुदान दिनेलगायत काम भएको उहाँको भनाइ छ । तामाङले भन्नुभयो, “कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि नगपालिकाले कृषकलाई बीउ, उपकरणलगायत सामग्रीमा सहयोग गरिरहेको छ ।” कृषि क्षेत्रको विकासका...
