पृथ्वीजंग पाण्डे / चौतारा
नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको अगुवाइमा कक्षा ११ को परीक्षा जिल्लाभर एकैसाथ सम्पन्न भएको छ । जिल्लाभरी एकरूपता ल्याउने उद्देश्यले जेठ १६ गतेदेखि सुरु भएको परीक्षा जेठ २४ गते कम्प्युटर विषयको परीक्षा लिएसंगै सम्पन्न भएको हो । नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार प्रसाद खतिवडाका अनुसार जेठ ३० गते परीक्षाको नतिजा प्रकाशन गर्ने तालिका राखिएकोमा सबै विद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । ग्रेड वृद्धि परीक्षा विद्यालयले निर्णय गरेर संचालन गर्ने छ । विद्यालय तहको कक्षा ८ को परीक्षा पालिका स्तरीय हुने प्रावधान छ भने कक्षा १० को टेष्ट परीक्षा प्रधानाध्यापक समाजले जिल्लाभर संचालन गर्दै आएको छ । क्भ्भ् परीक्षा र कक्षा १२ को एसएलसी परीक्षा राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ संचालन गर्दा कक्षा ११ को परीक्षा विद्यालयले आफुखुसी लिने गरिएको थियो । परीक्षामा एकरूपता कायम गर्न र स्तरीय प्रश्नपत्र निर्माण गरी देशमा नै पहिलोपटक सिन्धुपाल्चोक जिल्लामा नेपाल शिक्षक महासंघले अगुवाई गरेर कक्षा ११ को प्रश्नपत्र निर्माण गरि एकै साथ परीक्षा संचालन गरिएको हो।अहिले कक्षा १० को क्भ्भ् परीक्षाको नतिजा प्रकाशनको तयारीमा छ भने कक्षा ११ को भर्नाको तयारी साउनको पहिलो हप्ताबाट जिल्लाभर सुरु हुनेछ ।
नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको जिरोकिलोमा भएको पुर्ण बैठकको निर्णय अनुसार २०७९ चैत ६ गते कक्षा ११÷१२ संचालित विद्यालयहरुको प्रअ भेला राखी जिपिए मार्फत मुल्यांकन गरिने समेत तय गरि परीक्षा सम्पन्न गरिएको हो ।
