सम्पर्क

किसानलाई प्रोत्साहन गर्न दुध बोक्ने क्यान वितरण

चौतारा सागाचोकगढी नगरपालिका–८ को वडा कार्यालयले २७ जना किसानलाई दुध बोक्ने बाल्टी (क्यान) वितरण गरेको छ ।
बुधबार वडा भित्रका पशुपालक किसानलाई प्रोत्साहन गर्ने र दुध बिक्री गर्न सहज होस भन्ने उद्देश्यले क्यान वितरण गरिएको वडाध्यक्ष अमृत दंगालले जानकारी दिनुभयो ।

वडाको वार्षिक योजनाबाट पशुपालनमा संलग्न किसानलाई क्यान वितरण गरिएको र छुटेका थप किसानहरुले पनि पाउने अध्यक्ष दंगालले बताउनुभयो । आफूहरुले दुध बोक्ने क्यान पाएपछि किसान खुसी भएका छन् । किसानको पहिचान गरि वडा कार्यालयले क्यान दिएकोमा चौतारा सागाचोकगढी नगरपालिका–८ ईर्खुका किसान कुमा कुमारी कार्किले खुसी व्यक्त गर्नुभयो ।