सम्पर्क

राष्ट्रिय बृक्षरोपण दिवसको अवसरमा तौथलीमा वृक्षरोपण

पृथ्वीजंग पाण्डे / पिस्कर
राष्ट्रिय बृक्ष रोपण दिवस तथा हरिशयनी एकादशी तुलसी रोप्ने दिनको अवसर पारेर बिहिवार त्रिपुरासुन्दरी गाउँपालिका वडा न ५ तौथलीमा वृक्षरोपण गरिएको छ । गाउँपालिका वडा न ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु र वडा न ५ तौथलीका वडा अध्यक्ष यादप श्रेष्ठले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको हा े।
जिल्ला बन डिभिजन कार्यालय सिन्धुपाल्चोकको सहयोगमा तौथलीका सामुदायिक बनसमितिका पदाधिकारीहरु तथा स्थानीयको उपस्थिति रहेको थियो । विभिन्न जातका फलफुलका बिरुवाहरु दाँते ओखर,सुन्तला,कागती र अन्य गरि कुल २५ सय विरुवाहरु वृक्षरोपण गरिएको हो।सार्वजनिक खाली जग्गामा वृक्षरोपण गर्दा पर्यटकीय तथा धार्मिक क्षेत्र तौथलीमा अझै सुन्दरता थपिने विश्वास जिल्ला वन कार्यलय र तौथलीका सामुदायिक वन समितिले लिएको छ । कुनैपनी सेवा सुविधा नलिने घोषणा गरेका वडा अध्यक्ष दोय गुभाजु र श्रेष्ठले बाटो बिग्रेको खण्डमा तुरुन्तै जेसिवी लिएर आफै पुग्छन् भने सामाजिक सेवाको काम र विकास निर्माणका काममा आफै खटिएर स्तरीयतामा ध्यान दिन्छन् । जसको कारण स्थानीयको मनमा बस्न सफल भएका छन।वडा अध्यक्ष यादप श्रेष्ठ कै सक्रियतामा गाउँपालिका मै पहिलो वडा सिलढुङ्गाबाट तौथली आउने सडक कालोपत्रे (पिच) हुन समेत लागेको छ।लामोसागु ,टेकानपुर टुङ्ग्सी कुराथली हुँदै पालिका जाने सडकको स्तरउन्नति गरि यातायात सुचारू गरिएको छ । दाबिखोलामा पक्की पुलको लागि माटो परीक्षणको काम समेत सम्पन्न गरिएको छ।त्यसैगरी वडा न ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजुको सक्रियतामा दाबिखोलामा हेम पाइप राखी बर्षातको समयमा समेत यातायात संचालन हुने गरी सडकको स्तरउन्नति गरिएको छ ।