सम्पर्क

Month: २०८० असार ३ आईतवार

सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

मनोरन्जन, समाचार
काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिनुभएको हो । मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले तीन दिनपहिले हटाउन आह्वान गरेका थियौँ । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।” नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृ...

हेलम्बुले काठमाडौँबासीलाई लगाएको गुन तिर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

ब्रेकिङ न्युज १, समाचार
विसं २०७८ असार १ गते भीषण बाढी नआएको भए राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम यतिबेला धमाधम चलिरहेको हुन्थ्यो । याङ्ग्री र लार्के खोलाको थप पानी ल्याउने र राजधानी काठमाडौँको तिर्खा मेट्ने योजनाले नयाँ गति लिएको हुन्थ्यो । तर, प्राकृतिक विपत्तिका अगाडि केही लागेन । निर्माण सम्पन्न भइसकेको आयोजना पर धकेलियो । जसले बर्षाको समयमा पानी बन्द गर्नुपर्ने अवस्था आइलाग्यो । फलस्वरुप गत वर्ष जस्तै यसवर्ष पनि बर्खामा पानी पठाउने कि नपठाउने भन्नेमा मेलम्ची खानेपानी विकास समितिले अझै निर्णय लिन सकेको छैन । मनसुन भर्खर शुरु भएकाले आगामी दिन कस्तो रहला भन्ने अहिल्यै अनुमान गर्न गाह्रो छ । सोही आयोजनाको समग्र अवस्थाको बारेमा जानकारी लिन र आगामी योजनाको बारेमा उपयुक्त निर्णय लिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको उच्चस्तरीय टोली आज आयोजना स्थलमै पुग्यो । टोली...

कफी पकेट क्षेत्र बनाउँन नगरपालिका तयार

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी नगरपालिकालाई कफी पकेट क्षेत्र बनाउँनका लागी नगरपालिका तयार रहेको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ ।      जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकद्धारा आयोजित कफी यान्त्रीकरण सामाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले यस्तो बताउँनु भएको हो । कृषी ज्ञान केन्द्रको सहयोगमा र कफी सहकारी संघको आयोजनामा सुकुटेमा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै सापकोटाले स्थानीय स्तरमा हुने उत्पादनलाई प्राथमिकता दिएर स्थानीय स्तरमा नैअर्गानीक कफी उत्पादन गरी जापान लगाएतका बिदेसमा पैठारी गरेको देख्दा आफूलाई खुशी लागेको बताउँदै आगामी दिनमा कफी उत्पादनमा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने समेत बताउँनुभयो । यसैगरी कार्यक्रमको बिशेष अतिथी वडा नं. १० का वडाअध्यक्ष निल बहादुर तामाङ (सुमन) ले आफ्नो वडामा यसरी अन्तराष्ट्रिय स्तरमा नै प...

बागमती प्रदेशको बजेट २०बर्षेगाडीलाइ ९०प्रतिशत छुट

खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत् विभिन्न करको दर हेरफेर गरेको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले महिला, दलित समुदाय, अपाङ्गता भएको व्यक्ति, अल्पसंख्यक र लोपोन्मुख समुदायका व्यक्तिले प्राइभेट फर्म रजिष्ट्रेसन गर्न चाहेमा फर्म दर्ता गर्दा लाग्ने दस्तुरमा पचास प्रतिशत छुट हुने व्यवस्था बजेटले गरेको छ । बागमती प्रदेशका यातायात ब्यवस्था कार्यालयहरूमा दर्ता भएर २० वर्ष पुरा भएका कारण सञ्चालनमा आउन नसक्ने सार्वजनिक सवारी साधनको २० वर्ष अवधिको तिर्न बुझाउन बाँकी रहेको सवारी साधन कर र नवीकरण दस्तुर सम्वत् २०८० फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।बागमती प्रदेशलाई लगानीमैत्री प्रदेशको रूपमा स्थापना गर्न काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका क्षेत्र बाहेक प्रदेशका अन्य स्थानमा उत्पादनमूलक उद्योग...

लभ एण्ड होप नेपालद्वारा ट्रयाकसुट र ब्याग वितरण

कृषि, समाचार
लक्ष्मी श्रेष्ठ/चौतारा चौतारा साँगाचोकगढी नगरपालिका – ९ का विभिन्न विद्यालयहरुमा लभ एन्ड होप नेपाल संस्थाद्धारा बालबालिकहरुलाई स्कूल ब्याग र ट्रयाकसुट वितरण गरेको छ । ९ नं. का वडाध्यक्ष विमल श्रेष्ठको पहलमा कोदारीको दिक्पाल आधारभूत विद्यालय, सात कन्या कालिका देवी आधारभूत विद्यालय र सेतीदेवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई होप नेपाल संस्थाका सञ्चालक एवं समाजसेवी शम्भु पोखरेलले उक्त सामग्री वितरण गरेको हो । समाजसेवी शम्भु पोखरेलले आफ्नो जिल्ला र गाउँमा बालबालिकाहरुको लागि आगमी दिनहरुमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष विमल श्रेष्ठले होप नेपाल संस्थाका सञ्चालक शम्भु पोखरेल संस्थाको सञ्चालक मात्र नभएर सामाजिक अभियन्ता समेत रहेको भन्दै संस्थाको निस्वार्थ सेवाभावको प्रशंसा गर्नुभयो । विद्यालय तथा वडाको तर्फबाट उहाँले गरेको सहयोगप्...

मेलम्ची बाढीको २ बर्ष पुरा

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची तथा इन्द्रावती नदिमा भयानक बाढी आएको आज दुई बर्ष पुरा भएको छ । २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा लेदो सहितको बाढी आएको थियो । बाढीका कारण ठुलो जनधनको क्षति भयो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भए । बाढी गएको दुई बर्ष बितिसके पनि अस्थायी टहरामै बसिरहेका प्रभावितहरू जीवन गुजाराका लागि आयमूलक काम सँगै टाउको लुकाउने सुरक्षित घर कहिले पाइन्छ भन्ने पर्खाइमा छन् । मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बन्नुभएकी हेलम्बु–२ च्युरीखर्ककी जुकमाया थापामगरको आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घर सहित भएको थोरै जमिन समेत बगर बनेपछि उहाँको परिवार सुकुम्वासी बनेको छ । सरकारले घर बनाइदिने बताएको दुई बर्ष बितिसक्दा समेत अस्थायी टहरामै बस्न बाध्य उहाँलाई दैनिक गुजारा चलाउन समेत धौँधौँ परेको छ । हेलम्बुकै अर्का डेलिङ थापाको वृद...

ब्यक्तिगत खर्च गर्दै, समाजसेवी वडाध्यक्ष दगांल

ब्रेकिङ न्युज १, समाचार
 सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी – ८ का वडाअध्यक्ष अमृत दगांलले आफ्नो निजी सम्पती खर्च गरेर सामाजिक काम गरिरहनु भएको छ । उहाँले दुखी गरिबका बालबालीकालाई बिद्यालयमा आउँदा च्यातीएका कपडा लगाएर आउँने गरेको र वडा भित्रका नागरिकलाई परेका सानातिना समस्याहरु आफ्नै निजी खर्चमा समाधान गर्नु भएको छ । बिहिबार गरिएको वडाको सार्बजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुद्धारा उठाइएको सवालको जवाफ दिदै दगांलले कृषकहरुको समस्या भनेको मल र जल भएकाले आगामी बर्ष सिंचाई पोखरीलाई प्राथमिकता दिएर काम गर्ने र पर्याप्त मात्रमा मल भित्रायाउँने प्रयास गरिने बताउँनु भयो । उहाँले व्यक्तीगत खर्चमा स्थानीय नागरिकलाई छाना छाउँनका लागी जस्ता पाता समेत खरिद गरिदिनु भएको छ भने बिरामी उपचारमा समेत गरी एक बर्षमा १७२०००। (अक्षेरुपी एक लाख बहत्तर हजार ) व्यक्तीगत खर्च गर्नू भएको छ भने सुबिद्यामा आएको मोटर साइकल समेत चढ्नु भएको छैन...

सिन्धुपाल्चोकमा पहिलोपटक दृष्टिबिहिनहरुलाई क्रिकेट प्रशिक्षण

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत नेपाल नेत्रहिन क्रिकेट संघको आयोजान तथा सिन्धुपाल्चोक नेत्रहिनसंघको समन्वयमा ५ दिने क्रिकेट प्रशिक्षण संचालन भएको छ । जेठ ३० गतेबाट सुरु भएको यो प्रशिक्षण सिन्धुपाल्चोक जिल्लामा नै पहिलो पटक संचालन गरिएको हो । उक्त प्रशिक्षणमा श्री बनदेबी माध्यमिक विद्यालय चौतारामा अध्ययनरत छात्रछात्राहरु र अपाङ्गताको क्षेत्रमा योगदान गदै अन्य दृष्टिविहिनहरु सहभागि रहेका छन् । प्रशिक्षणमा गीता पौडेल र विमला राईले सहभागिलाई खेलको नियम र व्याटिङ गर्न सहयोग पुर्याउदै आएका छन् । आयोजक संस्था नेपाल नेत्रहिन क्रिकेट संघका केन्द्रय कोषध्यक्ष उपेन्द्र श्रेष्ठका अनुसार सात वटै प्रदेशस्तरमा संघको गठन भएको छ । र, नेपाल क्रिकेटमा दृष्टिबिहिन खेलाडीहरुमा छैटौ स्थानमा र महिला खेलाडीमा प्रथम स्थान ओगटेर चर्चा कम ाउन सफल भएको बताउनुभयो । उहाँका अनुसार आगामी असाढ ८ देखी ११ गतेसम्म १ नम्बर प्रदेशको आयोजनाम...

अनुदानमा किसानलाई प्लास्टिक टनेल

कृषि, समाचार
सुनकोशी गाउँपालिकाले कृषि उत्पादन बढाउनर मौसमी र बेमौसमी तरकारी खेती तर्फ आर्कर्षित गर्ने उदेश्यले कृषकहरूलाई प्लाष्टिक टनेल वितरण गरेको छ । कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ कृषकहरूको मागका आधारमा ७५ प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गरिएको हो । व्यक्तिगत,कृषि समूह, कृषि सहकारी, कृषि फर्महरू सञ्चालन गरेका कृषकको मागका आधारमा २ सय ६ वटा प्लाष्टिक टनेल वितरण गरिएको छ । टनेल वितरण गर्दै सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले व्यावसायिक कृषि पेशामा लाग्न कृषकहरूलाई आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले उत्पादनमुखी कृषि पेशामा लागेका कृषकहरूलाई गाउँपालिकाले सहयोग गर्ने बताउँदै कृषि पेशाबाट स्वरोजगार बन्न आग्रह गर्नु भयो । गाउँपालिकाको उपाध्यक्ष कान्छी लामाले वितरण गरिएको टनेलको सही सदुपयोग गरेर आय आर्जनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । प्रतिपिस टनेलको मूल्य ४३सय...

नगर प्रमुख बस्नेत द्धारा प्रहरीलाइ मोटर साइकल

ब्रेकिङ न्युज १, समाचार
  सिन्धु पाल्चोक जिल्लाको बाह्र्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतले स्थानीय हरुको सुरक्षाका लागी सके सम्म छिटो सेवा पुगोस भन्दै इलाका प्रहरी कार्यलय बाह्र्बिसेलाइ एक थान मोटर साइकल प्रदान गर्नु भएको छ । नगरपालिका भित्र चोरी ,डकैति,झै–झगडालाइ शुन्यमा लगेर सुरक्षित नगर शान्त नगर निर्माणका लागी आफु र नगरपालिकाले खेल्न पर्ने भुमिकामा कुनै पनी कमी हुन नदीने बताउँदै प्रहरी कार्यलयलाइ निश्पक्ष रही सुरक्षाको व्यवस्था कडा पार्न समेत बस्नेतले आग्रह गर्नु भयो । उँहाले आगामी दिनहरुमा आईपर्ने समस्याहरुलाई न्यूनीकरण गर्नको लागी ईलाका प्रहरी कार्यलयमा उपलब्ध साधनले नभ्याइएको हुंदा उक्त कुराहरूलाई मनन गर्दै वडा नँ १ देखि ९ सम्मका वडा हरुको समस्याहरु छिटो छरितो समस्या हल गर्न सकुन भन्ने मुल उद्धेश्यका साथ बाह्र्रबिसे नगर पालिकाले उक्त मोटरसाइकल दिएको नगरप्रमुख बालकृष्ण बस्नेत ले बताउँनु भयो । सवारी ...