सिन्धु पाल्चोक जिल्लाको बाह्र्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतले स्थानीय हरुको सुरक्षाका लागी सके सम्म छिटो सेवा पुगोस भन्दै इलाका प्रहरी कार्यलय बाह्र्बिसेलाइ एक थान मोटर साइकल प्रदान गर्नु भएको छ । नगरपालिका भित्र चोरी ,डकैति,झै–झगडालाइ शुन्यमा लगेर सुरक्षित नगर शान्त नगर निर्माणका लागी आफु र नगरपालिकाले खेल्न पर्ने भुमिकामा कुनै पनी कमी हुन नदीने बताउँदै प्रहरी कार्यलयलाइ निश्पक्ष रही सुरक्षाको व्यवस्था कडा पार्न समेत बस्नेतले आग्रह गर्नु भयो । उँहाले आगामी दिनहरुमा आईपर्ने समस्याहरुलाई न्यूनीकरण गर्नको लागी ईलाका प्रहरी कार्यलयमा उपलब्ध साधनले नभ्याइएको हुंदा उक्त कुराहरूलाई मनन गर्दै वडा नँ १ देखि ९ सम्मका वडा हरुको समस्याहरु छिटो छरितो समस्या हल गर्न सकुन भन्ने मुल उद्धेश्यका साथ बाह्र्रबिसे नगर पालिकाले उक्त मोटरसाइकल दिएको नगरप्रमुख बालकृष्ण बस्नेत ले बताउँनु भयो । सवारी साधन बुझ्दै बाह्र्र बिसे नगर पालिकाले नागरिकको सुरक्षको चासो राख्दै सके सम्म छिटो र छरितो सेवा पुगोस भनेर गरेको सहयोगको प्रशंसा गर्दै सबै कुरा प्रहरी बाट मात्रै सम्भव नहुने भएकाले नागरिकको सुरक्षका लागी सबैले सहयोगगर्न पर्ने बताउँनु भयो । उँहाले टोलमा , लागु पदार्थ सेवन गर्ने, नँया अनुहार आउँने, जथाभावी अबशब्द बोल्ने , समाजमा अशानती मच्चाउँने खालका कामहरु भए, गरेमा वा कुनै पनी कानुनले बनदेज गरिका क्रिया कलाप भएमा नजीकको प्रहरी लाइ खबर गरी सुचना दिनु पनी ठुलो सहयोग भएको ले नगरबासी नागरिक बाट आफुले त्यस्ता सुचनाको आशा राखेको बताउँनु भयो । बाह्रबिसे नगर पालिकाबाट बुधबार नगरपालिका ४ मा रहेको ईलाका प्रहरी कार्यलय लाई सवारी साधन हस्तान्तरण गरिएको हो ।
