सम्पर्क

नगर प्रमुख बस्नेतद्धारा प्रहरीलाई मोटर साइकल

सिन्धुपाल्चोक जिल्लाको बाह्र्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतले स्थानीयहरुको सुरक्षाका लागी सकेसम्म छिटो सेवा पुगोस भन्दै इलाका प्रहरी कार्यलय बाह्र्बिसेलाई एक थान मोटर साइकल प्रदान गर्नु भएको छ । नगरपालिका भित्र चोरी, डकैति, झै–झगडालाई शुन्यमा लगेर सुरक्षित नगर शान्त नगर निर्माणका लागी आफु र नगरपालिकाले खेल्न पर्ने भुमिकामा कुनै पनी कमी हुन नदीने बताउँदै प्रहरी कार्यालयलाई निष्पक्ष रही सुरक्षाको व्यवस्था कडा पार्न समेत बस्नेतले आग्रह गर्नुभयो । उहाँले आगामी दिनहरुमा आईपर्ने समस्याहरुलाई न्यूनीकरण गर्नको लागी ईलाका प्रहरी कार्यलयमा उपलब्ध साधनले नभ्याइएको हुँदा उक्त कुराहरूलाई मनन गर्दै वडा नं. १ देखि ९ सम्मका वडाहरुको समस्याहरु छिटो छरितो समस्या हल गर्न सकुन भन्ने मुल उद्धेश्यका साथ बाह्र्रबिसे नगरपालिकाले उक्त मोटरसाइकल दिएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताउँनुभयो । सवारी साधन बुझ्दै बाह्र्रबिसे नगर पालिकाले नागरिकको सुरक्षको चासो राख्दै सके सम्म छिटो र छरितो सेवा पुगोस भनेर गरेको सहयोगको प्रशंसा गर्दै सबै कुरा प्रहरीबाट मात्रै सम्भव नहुने भएकाले नागरिकको सुरक्षका लागी सबैले सहयोगगर्न पर्ने बताउँनुभयो । उहाँले टोलमा, लागु पदार्थ सेवन गर्ने, नयाँ अनुहार आउँने, जथाभावी अबशब्द बोल्ने , समाजमा अशानती मच्चाउँने खालका कामहरु भए, गरेमा वा कुनै पनी कानुनले बनदेज गरिका क्रिया कलाप भएमा नजीकको प्रहरीलाई खबर गरी सुचना दिनु पनी ठुलो सहयोग भएकोले नगरबासी नागरिकबाट आफुले त्यस्ता सुचनाको आशा राखेको बताउँनु भयो । बाह्रबिसे नगर पालिकाबाट बुधबार एक कार्यक्रमबिच नगरपालिका – ४ मा रहेको ईलाका प्रहरी कार्यलयलाई सवारी साधन हस्तान्तरण गरिएको हो ।