सम्पर्क

जुगल गाउँपालिकाको एक वर्षे उपलब्धि सार्वजनिक

जुगल गाउँपालिकाले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ । बुधबार जुगल गाउँपालिकाले “सामाजिक न्यायसहितको समृद्ध जुगल” बनाउँन शिक्षा, स्वास्थ्य उत्पादन र रोजगारलाई बिशेष प्राथमिकता दिएको जनाउँदै आफ्नो उपलब्धी सार्वजनीक गरेको गाँउपालिकाका उपाध्उक्ष हिमाल श्रेष्ठले जानाकरी दिनुभएको छ । गाउँपालिकाको सर्वाङ्गीण बिकासका लागि गाउँपालिकाको सिमित स्रोत साधन एवं आवश्यकताहरुलाई सन्तुलन गराई तत्काल पुरा गर्नुपर्ने योजनाहरुलाई प्राथमिकतामा राखी पालिका स्तरको गौरबको योजनाहरु साथै सामुहिक उत्पादनमा जोड दिएको छ । निति तथा योजनामा आर्थिक, सामाजिक, पुर्वाधार विकास, वातवारण तथा विपद् ब्यवस्थापन, सुशासन तथा संस्थागत बिकास विषयगत क्षेत्रलाई लक्षित गरी समृद्ध जुगल निर्माणका लगि लागु गरिएको आर्थिक बर्ष २०७९।८० को निति तथा कार्यक्रमको बिवरणमा उल्लेख गरिएका छन् ।
साथै सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय सहभागीले शिक्षा, स्वास्थ्य, कृषि, महिला सहभागीता, गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने र गाउँपालिकाले निर्यातलाई जोड दिनुपर्ने लगायतका प्रश्न उठाएका थिए । सहभागीको प्रश्नको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रेशम स्याङबोले गाउपलिकाले दिने सेवा सुबिधाहरुमा कुनै पनि कमी कमजोरी नहुने बताउँनुभएको छ ।