सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएसम्म नगरका नागरिकलाई कुनै पनी समस्या आउँन नदिने योजनाका साथ अगाडी बढेको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । बुधबार खोर्सानीबारीको कवर्डहलमा भएको नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा उहाँले यस्तो बताउँनु भएको हो । नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बस्नेतले हरेक बिकासका कार्यक्रमहरुमा नागरिकको साथ सहयोग र सुझावको आबश्यकता रहेको बताउँदै यसरी दिएको सुझावका आधारमा कार्य निती तयार गरी अगाडी बढ्ने बताउँनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको सवालको जवाफ दिदै बस्नेतले भाले बाँदरलाई बन्ध्याकरण र पोथी बाँदरलाई सँगिनी सुई लगाइने योजना ल्याइने बताउँनु भयो । निति तथा योजनामा आर्थिक, सामाजिक, पुर्वाधार विकास, वातवारण तथा विपद् ब्यवस्थापन, सुशासन तथा संस्थागत बिकास विषयगत क्षेत्रलाई लक्षित गरी समृद्ध जुगल निर्माणका लगि लागु गरिएको आर्थिक बर्ष २०७९।८० को निति तथा कार्यक्रमको प्रगति बिवरणमा उल्लेख गरिएको छ ।
साथै सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय सहभागीले शिक्षा, स्वास्थ्य, कृषि, महिला सहभागीता, स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्नुपर्ने लगायतका प्रश्न उठाएका थिए । सहभागीको प्रश्नको सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले दिने सेवा सुबिधाहरुमा कुनै पनि कमी कमजोरी नहुने बताउँनुभएको छ ।
उपप्रमुख मन्जु तामाङले स्वागत मन्तब्य राख्दै नगरपालिकाभित्र हालसम्म भएका कामहरुको समिक्षा गर्दै आगामी दिनमा हुने योजनाका बारेमा यस सार्वजनकि सुनुवाइले महत्वपुर्ण भुमिका खेल्ने भएकाले मनमा लागेका कुराहरु राख्न अनुरोध गर्नुभयो । कार्यक्रममा प्रस्तुत कार्य बिबरण अनुसार जनतासँग नगरप्रमुख कार्यक्रमबाट हल गोरु पालक कृषकलाई वीमा प्रोत्साहन स्वरुप रु १०,०००।–को दरले सवै वडामा वितरण कार्य सम्पन्न भएको, नगरपालिकाले शिसु कक्षा देखि १२ कक्षा सम्म निःशुल्क शिक्षा प्रभावकारी रुपमा कार्यान्वयनमा रहेको छ ।
नगरपालिकाले शिसु कक्षा देखि ८ कक्षा सम्म आफ्नै गाउँघरमा उत्पादित बस्तुबाट निर्मित दिवा खाजको व्यवस्थापन गरिएको ।
नगरपालिका, सवै वडा कार्यालयहरु, सवै स्वास्थ्य संस्थाहरु र सवै सामुदायिक विद्यालयहरुमा ब्रोडव्यान्ड इन्टरनेट सुविधा ८० प्रतिशत कार्य सम्पन्न भएको र बाँकी स्थानहरुमा असार मसान्त सम्म सम्पन्न गरिने ।
आ.व २०७९।०८० को योजना तथा कार्यक्रमहरु करिव ८० प्रतिशत सम्पन्न भई भुक्तानी भएको र बाँकी निर्माण चरण तथा भुक्तानी प्रक्रियामा रहेकालगाएतका महत्वपुर्ण उपलब्त्री गरेको नगर प्रबक्ता बिमल प्रसाद पौडेलले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाईमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुषमा महता केसीले गाँउगाँउमा सिंहदरबार घरघरमा सरकारको उपस्थितीलाई बाह्रबिसे नगरपालिकाकले व्यवहारमा नै देखाउँन लागेको बताउँदै सबै नारिकको सल्लाह सुझाव अनुसार नगरले योजना तर्जुमा गर्न लागेको बताउँनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले जिल्लामा रहेका हरेक बिकासका गतिबीधी हेर्दा बाह्रबिसे नगरपालिका अलिअगाडी रहेको आफुले पाएको बताउँदै बिकास निर्माणमा सबै एक भएर लाग्न पर्नेमा जोड दिनुभयो ।
