लक्ष्मी श्रेष्ठ/चौतारा
चौतारा साँगाचोकगढी नगरपालिका – ९ का विभिन्न विद्यालयहरुमा लभ एन्ड होप नेपाल संस्थाद्धारा बालबालिकहरुलाई स्कूल ब्याग र ट्रयाकसुट वितरण गरेको छ । ९ नं. का वडाध्यक्ष विमल श्रेष्ठको पहलमा कोदारीको दिक्पाल आधारभूत विद्यालय, सात कन्या कालिका देवी आधारभूत विद्यालय र सेतीदेवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई होप नेपाल संस्थाका सञ्चालक एवं समाजसेवी शम्भु पोखरेलले उक्त सामग्री वितरण गरेको हो ।
समाजसेवी शम्भु पोखरेलले आफ्नो जिल्ला र गाउँमा बालबालिकाहरुको लागि आगमी दिनहरुमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष विमल श्रेष्ठले होप नेपाल संस्थाका सञ्चालक शम्भु पोखरेल संस्थाको सञ्चालक मात्र नभएर सामाजिक अभियन्ता समेत रहेको भन्दै संस्थाको निस्वार्थ सेवाभावको प्रशंसा गर्नुभयो । विद्यालय तथा वडाको तर्फबाट उहाँले गरेको सहयोगप्रती आभार व्यक्त गर्दै आगमी दिनमा पनि सहयोगको आशा गरिएको बताउनुभयो ।
