सम्पर्क

Month: २०८० असार ६ बुधबार

इन्द्रावतीको चारकरोड किन र कस्को कमजोरीका कारण काटियो ?

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेपाल सरकार संघ र प्रदेसले आर्थीक बर्ष २०८०,८१को बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटहरुमा स्थानीय सरकारले सिफारिस गरिएका बजेट समाबेश नभएको र नियमित आइरहेको अनुदान समेत नआएको भन्दै सामाजीक सञ्जाल मार्फत आक्रोस ब्यक्त गर्ने काम दिनदिनै बढ्दै छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालले वडा कार्यलय हुँदै नगरपालिकाबाट समेत निर्णय गराएर पठाएका योजना नपरेको गुनासो पोखे लगत्तै इन्द्रावती गाँउपालिकाको चार करोड हराएको गाँउपालिकाका प्रबक्ता समेत रहनु भएका शशीनाथ आचार्यले बताउँनु भएको छ। त्यसै गरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८मा पनी सिफारिस भएको बजेट नपरेकोमा गुनासो आएको छ। एता इन्द्रावती गाँउपलिकाका प्रबक्ता ले आफ्नो सामाजिक सञ्जाल मार्फत चारकरोड कसले कारणले काटीयो भन्दै प्रश्न गर्नु भएको छ उँहाले इन्द्रावती फेसबुकमा दोहोरी गाउँने मन थिएन तापनि स्पष्टता आ...

वन तथा वातावतरण मन्त्री खड्काद्धारा छड्के अनुगमन

ब्रेकिङ न्युज २, समाचार
वागमती प्रदेश सरकार वन तथा वातावतरण मन्त्री मसिना खड्का भण्डारीले राजधानी स्थित मातहतको बिभिन्न सरकारी कार्यलयहरुमा अनुगमन गर्नुभएको छ । मगंलवार आफ्नो मन्त्रालय मातहत रहेको डिभिजन वन कार्यालय ललितपुर, भु तथा जलाधार ब्यवस्थापन कार्यालय हात्तीवन, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र गोदावरी ललितपुर र डिभिजन वन कार्यालय काठमाडौमा अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा प्रदेश मन्त्री मसिनाले मन्त्री आफ्नो मातहतका कार्यलयहरुबाट भईरहेको सेवा प्रवाह, चालु आर्थिक बर्षमा सञ्चालित बिभिन्न कार्यक्रमहरुको बारेमा जानकारी लिनुभएको थियो । उहाँले कर्मचारीहरुलाई नियमित रुपमा कार्यलयमा हारिज हुन र गुणस्तरीय सेवा प्रवाह गर्न कडा निर्देशन पनी दिनु भएको मन्त्रीको स्वकीय सचिब पेम्लामु शेर्पाले जानकारी दिनुभयो ।  ...

मृगौला पीडितलाई रकम हस्तान्तरण

समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४, ग्याल्थुमको दुवै मृगौला फेल भई उपचार गरारहेको सितामाया तामाङलाई वडाध्यक्ष बुद्धिमान तामाङले जनस्तरबाट संकलित रकम हस्तान्तरण गर्नुभएको छ । नेपाल मेडिकल कलेजमा हप्ताको दुई दिन डायलसिस गरारहेको तामाङलाई वडाध्यक्षको अनुरोधमा नेपाल तामाङ घेदुङ रोमनियका अध्यक्ष फुर्साङ लामा, मोहन ब्लोन र हेनदेन लामाको संयुक्त सक्रियतामा संकलित नगद २ लाख १४ हजार ४ सय रुपैयाँ बिरामीको श्रीमान रबिन तामाङलाई हस्तान्तरण गरेको वडाध्यक्ष बुद्धिमानले बताउनुभयो । यस अघि पनि पीडितका लागि विभिन्न चरणमा कोरियाबाट आर्थिक सहयोग जुटेको पीडितका श्रीमान रविन तामाङले जानकारी दिनुभयो । यसक्रममा दक्षिण कोरियाबाट विरु स्याङतानको सक्रियतामा ६२ हजार १ सय ६६ र साङ्गे लामाको सक्रियतामा २७हजार ५ सय गरी तीन चरणमा कोरियाबाट सहयोग रकम प्राप्त भएकोमा पीडितका श्रीमान तामाङले धन्यवाद व्यक्त गरेका छन्। त्यस...

विद्यालय दिवाखाजा सञ्चालन सम्बन्धी अभिमुखीकरण चौतारामा

ब्रेकिङ न्युज २, समाचार
स्थानीय उपजमा आधारित बिद्यालय दिवाखाजा परियोजना अन्तरगत सिन्धपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका भित्रका कृषी सहकारी संस्था, बिश्वखाद्य कार्यक्रम र नगरपालिका बिच एक अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम भएको छ । सोमबार चौतारामा भएको कार्यक्रममा नगरपालिकाका भित्र रहेका १४ वटै वडामा कृयासिल रहेका कृषी सहकारी संस्थाहरुको उपस्थिती रहेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास शाखाका संयोजक तथा वडा नं. १३ का वडा अध्यक्ष राम प्रसाद गौतमको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमा बोल्दै गौतमले शूरुमा नेत्रज्योती कृषी सहकारी संस्थाले सुरु गरेको यो व्यवस्थापन कार्यक्रम अहिले आएर आलोपालो सहकारी संस्थाले गर्दै आएको र सहकारीताको माध्यमबाट गरेको बिद्यालय दिवाखाजामा व्यवस्थापन राम्रो भएकोले नगर भरी सहकारिताको माध्यमबाट खाजा व्यवस्थापन गर्न लागीउको बताउँनु भयो । कार्यक्रममा बिश...

कृषी र पशुपालनबाट समृद्ध बन्दै चौतारा

कृषि, ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी / चौतारा नेपाल कृषिप्रधान मुलुक भए पनि बर्सेनि अर्बाैं रुपैयाँको खाद्यान्न, फलफूल, माछामासु र तरकारी आयात भइरहेको छ । तीनै तहका सरकारले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेपनि कृषिक्षेत्र अझै पनि व्यावसायिक हुन् सकिरहेको छैन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले भने कृषि र पशुपालनमा बजेट बढाएर कृषकलाई अनुदान दिँदा नगर अहिले कृषि र पशुपालनबाट समृद्ध बन्ने लयमा पुगेको छ । कृषककै लागि भनेर नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ । कृषि र पशुपालन क्षेत्रमा नगरले गरेको महत्वपूर्ण काम भनेको उन्नत जातका बिउबिजन वितरण तथा कृषकलाई तालिम दिनु हो । नगर कृषिमा यन्त्रीकरण गर्न सफल भएको नगरपालिकाको उपप्रमुख सिता थापाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले नगरमै बोलाएर ५६ जना कृषकहरुलाई ट्याक्टर तथा अन्य कृषि समाग्री वितरण गरेको छ । कृषि शाखा प्रमुख रामहरी दाहालका...

चौतारा नगरपालिका ः निशुल्क शिविरको प्रभावकारीता

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सम्झना कार्की विगत ३/४ वर्षदेखि ढाड दुख्ने,टाँउको काम्ने बेलाबेला जिउ दुखेर हैरान भएकी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७ की ५५ वर्षिय पार्वती दंगाल नयाँ जनप्रतिनिधि आएपछी घर नजिकै उपचार पाउँदा खुशी लागेको सुनाउनुहुन्छ । “टाउँको काम्ने ,आशु आईरहने, जिउ पुरै दुख्ने समस्याको उपचार शिविरमा पुगेकी हुँ, उपचारका लागी काठमान्डौँ पुगिरहनु भन्दा घर नजिकै निशुल्क शिविर आयो ,उपचार पनि भयो । यहाँ आएर निशुल्क जाँच गर्न तथा औषधी पाउँदा खुशी लाग्यो,” उहाँ भन्नुहुन्छ । घरायसी काम र आर्थिक आभावका कारण अस्पतालमा नियमित उपचार गर्न जाना नपाएकी उहाँ गाँउकै शिविरमा उपचार पाएपछि खुशि हुनुहुन्छ । शिविरबाट स्वास्थ्य जाँचपछि चिकित्सकले दिएको औषधीले उहाँको स्वास्थ्यमा सुधार आएको उहाँले महशुस गर्नुभएको छ । काठमाण्डौ सम्म उपचारको लागि जाँदा लाग्ने खर्च बचतहुदाँ उहाँलाई थप सहज भएको उहाँले सुनाउनुभयो ...

सम्बन्धबिच्छेदका मुद्धामा बृद्धी

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकमा मुद्धा सम्बन्धविच्छेदका बढ्दै गएका छन् । जिल्ला अदालतमा दर्ता भएका मुद्धा मध्ये ६० प्रतिशत सम्बन्धविच्छेदका रहेका छन् । जिल्ला अदालतका अधिकृत अक्षयकुमार दनुवारका अनुसार २०७९ साउनदेखी २०८० जेठ २९ गतेसम्म ४५१ वटा मुद्धा दर्ता भएका छन् । पुरुषको तर्फबाट १४९ वटा मुद्धा दर्ता भएकोमा ४८ वटा फैसला भैसकेका छन् भने ७४ वटा मिलापत्र भएको अधिकृत दनुवारले जानकारी दिनुभयो । २९ वटा मुद्धा भने प्रक्रियामै रहेका छन् । त्यसैगरी सोही अवधिमा ३०२ महिलाले सम्बन्धविच्छेदका दर्ता गराएका छन् । जसमा ९५ वटा फैसला भएको र १७१ वटा मिलापत्र भएकमा छन् । महिलाले दिएका सम्बन्धविच्छेदका निवेदा मध्ये ३६ वटा भो प्रक्रियामै रहेको दनुवारले जानकारी दिनुभयो । नयाँ मुलुकी संहिता आएपछि सम्बन्धविच्छेदका मुद्धा बढ्दै गएका हुन् । खुकुलो कानुनी व्यवस्था, वैदेशिक रोजगारी र व्यक्तिगत स्वतन्त्रता लगायतका कारण सिन्धुपाल्च...

सिन्धु काँग्रेसको पुर्ब सभापती अस्पताल भर्ना

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेसका पूर्वसभापति विकास लामा अण्डकोषमा इन्फेक्सन देखिएकाले अस्पताल भर्ना हुनुभएको छ । बिगत लामो समयदेखि अस्वस्थ रहँनु भएका नेपाली काँग्रेसका नेता लामा वीर अस्पतालको आईसियुमा उपचाररत रहनु भएको छ । लामाको अण्डकोषमा इन्फेक्सन देखिएकाले शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।यसअघि छाला रोगबाट पीडितको थाइल्याण्डमा उपचार गरिएको थियो । नेपाली काँग्रेस सिन्धु पाल्चोकका जिल्ला सभापती जगं बहादुर लामा २ नं क्षेत्रीय सभापती आइतमान तामाग लगाएतले उँहाको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।  ...

ट्राफीक प्रहरी सिन्धुपाल्चोकमा जेष्ठको राजस्व १८९२५००

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
जिल्ला ट्रफिक प्रहरी कार्यलय सिन्धुपाल्चोक अँधेरीले जेष्ठ महीनामा मात्रै अठार लाख बयानब्बे हजार पाँच शय रुपैया राजस्व उठाएको छ । कार्यलयको सुचना अनुसार २०७९साल असार देखी हाल सम्मको जरिवाना रकमबाट उठेको रकम मध्य सबै भन्दा बढी २०८०साल जेष्ठ महीनामा १८९२५००। रहेको छ भने सबै भन्दा कम २०७९साल श्रावण महीनामा छैसठी हजार पाँच शय रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय अँधेरीका प्रमुख उत्तम आचार्यले यस बर्ष कार्यलयबाट एक करोड भन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको बताउँनु भयो । जेष्ठ मसान्त सम्ममा मुख्य राजमार्गमा जटील दुर्घटना नभएको भएता पनी ग्रामीण सडकमा भएको दुर्घटना बाट ९जनाले ज्यान गुमाएका छन भने साना ठुला गरेर ४४वटा सवारी साधन दुर्घटनामा परेका छन ।...

त्रिपुरासुन्दरी पुर्ण खोप पालिका घोषणा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे/पिस्कर सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा पूर्ण खोप पालिका घोषणा भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत १६ देखि २३ महिनाको सबै बालबालिकाले नेपाल सरकारबाट उपलब्ध भएको सबै खोप पूरा गरेकोले पुर्ण खोप पालिका घोषण भएको हो । आइतबार एक कार्यक्रम गरि त्रिपुरासुन्दरीको सबै वडामा पुर्ण खोप पूरा गरेकोले गाउँ पालिका अध्यक्ष भक्तध्वोज बोहराले पुर्ण खोप वडा तथा पालिका घोषणा गर्नुभएको हो । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष रमेश बोहरा लगायतका जनप्रतिनिधिहरु तथा स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाह लगायत कर्मचारीहरु तथा सामुदायिक महिला स्वास्थ स्वयंसेविका लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको स्वास्थ शाखा प्रमुख शाहले बताउनुभयो । त्यसैगरि गाउँपालिकाकै वडा नं. ६ टेकानपुरमा सामुदायिक महिला स्वास्थ स्वयं सेविका कार्यक्रमको आ ब २०७९÷०८० को वार्षिक समिक्षा २ दिने ...