सम्पर्क

Month: २०७९ मंसिर २९ बिहीबार

२४ वर्ष पछि फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
ठगि मुद्दामा २४ वर्षअघि सजाय सुनाइएका बृष बहादुर गोले तामाङलाई पक्राउ परेका छन् । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.५ गुन्साका ५५ वर्षीय तामाङलाई फरार रहेको २४ वर्ष पछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको हो । उनलाई सम्मानित उच्च अदालतको मिति २०५५ असार १० गतेको फैसलाले ठगि मुद्दामा जरिवाना रु.५३४२५।– (त्रिपन्न हजार चार सय पच्चीस) सजाँय भई तोकिएको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । बिहिबार ११ः०० बजेको समयमा काठमाण्डौ गोकर्णेश्वर नगरपालिका वडा न.४ स्थित माकलवारीबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरी जरिवाना असुल भई बिहिबार नै छुटी गएको बुढाथोकीले बताउनुभयो ।...

बिश्व खाद्यद्धारा दिवा खाजाको बारेमा छलपफल

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
बिश्व खाद्यद्धारा विद्धालय दिवा खाजाको बारेमा छलपफल भएको छ ।नेपाल सरकारले शिक्षा बिकासका लागी बिभिन्न कार्यक्रम लागु गर्दे आएको छ । यसै सिलसिलामा बिद्यालयमा अध्ययनरत बालबालीकाहरुका लागी दिवा खाजा समेतको ब्यवस्था गरेको छ । यो दिवाखाजा व्यस्थापनका लागी स्थनीय सरकार गठन नहुँदाको अबस्था सम्म सहकारीको माध्ययमबाट खाजा व्यवस्थापन गरिएको थियोे भने अहीले स्थानीय सरकार आफैले गरेका छन ।     यसैसन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा बिद्यालय दिवा खाजा सञ्चालन कसरी सञ्चालित भयका छन र अझ कसरी राम्रो गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको छ । छलफलमा जिल्ला शिक्षा बिकास तथा सम्मन्वय प्रमुख कृष्ण सुवेदी ले खाजा कार्यक्रमलाई अझ प्रभावकारि ढङ्ग ले अगाडी बढाउँन के गर्न सकिन्छ भन्दै बैठकको आयोजना गरेको र यसलाइ स्थानिय स्तरमा नै उत्पादित खाद्यन्न प्रयोग गर्न पर्ने भएकाले यसको लागी कसरी गरिएको छ भन्ने ज...

अन्तर पालिका महिला भलिबलको उपाधि हेलम्बुलाई

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
देवराज सुवेदी सिन्धुपाल्चोक, २८मङ्सिरसिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ । आजसम्पन्न फाइनल खेलमा मेलम्ची नगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो। हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा दुई दिन चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका तेस्रो रइन्द्रावती गाउँपालिका चौथो भएका खेल सञ्चालन समिति सदस्य श्याम शर्मा एलसिले जानकारीदिनुभयो ।विजेतालाई पुरस्कार वितरणगर्नुहुँदै हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले खेलको माध्यमबाट हेलम्बुकोपर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा हेलम्बुमाप्रदेश स्तरीय खेलको आयोजना गर्ने बताउनुभयो । प्रतियोगितामा हेलम्बु गाउँपालिका,मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी न...

जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको पाचँौ जिल्ला सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आफनो पाचौं जिल्ला सभा सम्पन्न गरको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ प्रतिनिधी सभा सदस्य माननीय मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको सभामा आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम र बजेट अनुमोदन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्व भएको कार्यक्रममा जिल्लाको समग्र विकासका योजनाहरु कसरी निर्माण गर्ने र स्थानीय तहहरु र प्रदेश सरकार बिच कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । कार्यक्रमको प्रमुख अतिथि बस्नेतले कार्यक्रमको उद्घाटन गर्नु हँुदै जिल्ला सम्मन्वय समितीको भुमिकामा कमी भएको तर नाम बढी भएकाले अधिकार सम्पन्न सम्मन्वय बनाउँन पर्नेमा जोड दिनुभएको थियो । बस्नेतले सरकारले जनताले आभास गर्ने गरी विकासनिर्माण का काम गर्न पर्ने बताउँदै जनताको आबश्यकतालाइ समबोधन गर्न तिनै तहका सरकारको दाइत्व रहेको बताउँनस ...

पाँचपोखरी सरसफाई अभियान सुरु

ब्रेकिङ न्युज २, समाचार
पर्यटकिय स्थल पाँचपोखरीको सरसफाई अभियान सुरु गरिएको छ । पर्यटन प्रर्वद्धनमा हाम्रो दृष्टि,सफा राखौं आफ्नो सृष्टि भन्ने नाराका साथ मंगलबारबाट पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाई अभियान सुरु गरिएको संस्कृती पर्यटन प्रर्वद्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिनुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना,नेपाल पर्यटन बोर्ड, न्यू भिजन नेपालको सहआयोजना तथा आर्सो नेपाल र टि जि एच नेपालको समन्वयमा विश्वकै नवौं अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाई अभियान थालिएको हो । जिल्लाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरु समाजका अमुल्य सम्पति भएकाले यसको संरक्षण संवद्र्धन र सरसफाइ नियमित गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताउनुभयो । पाँचपोखरी नेपाल भ्रमण बर्ष २०२० मा घुम्नै पर्ने पर्यटकिय स्थलहरुको सुचिमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । जनै पुर्णिमाको अ...

हेल्प द्वारा गुन्साका ६७० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी हेलम्बु एजुकेसन एन्ड लाइभलिहुड पार्टनर्सीप (हेल्प) द्वारा सोमबार पाँचपोखरी थाङपाल गाउँपालिका ५ गुन्साका सातकन्यामती माध्यमिक विद्यालय र कुम्भेश्वरी आधरभुत विद्यालयका ६७० जना विद्यार्थीलाई शैक्षिक सामाग्री स्टेशनरी , स्वास्थ्य सामाग्री र टोपी सहितको झोला वितरण गरिएको छ ।सिन्धुपाल्चोकका पुर्व जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम, हेल्पका अध्यक्ष जिमि लामा वडा नम्बर ५ का अध्यक्ष काले गोले सातकन्यामती माध्यमिक विद्यालयका प्रअ प्रेम तामाङ लगायतले उक्त सामाग्री वितरण गर्दै उक्त सामाग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो ।हेल्पले १० बर्ष अगि स्कुल इन अ ब्याग सुरु गरेको र हाल सम्म २० जिल्लाका २१ हजार विद्यार्थीलाई यस्ता सामाग्री वितरण गरेको अध्यक्ष लामाले बताउनुभयो । हेल्पले जिल्लामा मेलम्ची, त्रीपुरासुन्दरी र पाँचपोखरीमा २७ जना साथी शिक्षक पनि सहयोग गरेको लामाले बताउँनुभयो । सातकन्यामती म...

जडीबुटी तथा फलफुलको अनुगमन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय र वन निर्देशनालयले सिन्धुपाल्चोकको विभिन्न स्थानमा जडीबुटी तथा फलफुल बृक्षारोपणको अनुगमन निरीक्षण गरेको छ । वन निर्देशनालय हेटौडाका योजना तथा अनुगमन अधिकृत सन्त माया श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनमा वन तथा वातवरण मन्त्री बिशाल खड्काको निजी सचिव रमेश दुलाल, डिभीजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक वन अधिकृत कृष्ण बहादुर थापा लगायतको टोलीले जिल्लाको बिभिन्न स्थानमा अनुगमन गरेको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ नेत्रज्योती कृषी सहकारी संस्थाको अगुवाइमा कृषकहरुले लगायतको तिम्मर, मेलम्ची नर्सरी, नमुना कृषीफर्मले गरेको दुवाचौरको बृक्षारोपण, चौतारा सांँगाचोकगढी नगरपालिका ८ सिमपाखामा कबुलियती वन समुहले गरेको फलफुल बृक्षारोपण तथा पात्लेपानी नर्सरीको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा स्थानीय कृषकहरुले बिरुवा उपलब...

नेपाल शिक्षक महासंघले बुझायो ध्यानाकर्षण पत्र

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे / चौतारा नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले शैक्षिक उन्नयनका लागि जिल्लाभरको स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा ऐन नआएर देशभर शैक्षिक एकरुपता हुन नसकेपनी सिन्धुपाल्चोक जिल्लाभर शैक्षिक एकरुपता कायम गर्न तीन नगरपालिका र नौ गाउपालिकामा ध्यानाकर्षण बुझाउने कार्यक्रम अन्तरगत मेलम्ची, चौतारा तथा पाँचपोखरी लगायतले सोमबार बुझाएको र बाकी स्थानीय तहले पालिका प्रमुखको समय लिएर मंगलबार र बुधबारसम्म ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरिएको नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमारप्रसाद खतिवडाले बताउनुभयो । अध्यक्ष खतिवडाको अनुसार जिल्लाबाट फोकल पर्सन तोकि स्थानीय शिक्षक महासंघको अगुवाइमा स्थानीय स्तरमा रहेकोे शिक्षक संघसंगठनका पदाधिकारीको रोहवरमा पालिका प्रमुख , शिक्षा शाखा प्रमुख र कार्यकारी अधिकृत लगायतका जनप्रतिनिधिलाई ध्यानाकर्षण पत्र...

गोरखनाथ साकोसको १३ औ साधारणसभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
बाह्रबिसे नगरपालिका रहेको गोरखनाथ बचत तथा ऋण सहकारी संस्था लि को १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभा बाह्रबिसे नगरपालिकाका उपप्रमुख मन्जु तामाङको प्रमुख आतिथ्य, विशेष अतिथिमा निबर्तमान अध्यक्ष बिनु तामाङ तथा सो संस्थाका अध्यक्ष ओम तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तामाङले सहकारी क्षेत्रले हातेमालो गर्दै विकास निर्माण र यस क्षेत्रको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने बताउनुभयो । सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने साथ सहयोगको लागि नगरपालिका तयार रहेको समेत बताउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका अध्यक्ष ओम तमाङले सहकारीमा शेयर सदस्यहरु र सञ्चालकको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै सदस्यहरुको सेवामा कुनै कमीहुन नदिएको र गर्नुपर्ने सुधार र प्रगतिको लागि आगामी दिनमा समेत ...

बाल यौन शोषण बिरुद्ध टुँडिखेलमा नाटक

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
विश्व मानवअधिकार दिवसको अवसरमा बालश्रम र बालयौन शोषणको विरुद्ध र बाल अधिकारको रक्षाको लागी श्री कृष्ण रत्न गंगा बालक्लबले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट), जिल्ला कार्यालय (रे.जि.का) सिन्धुपाल्चोक र श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय को आयोजना र चौ.सा.ढि न.पा. वडा नं ५ वडा कार्यालयसंगको समन्वयमा चौतारा बजारको टुँडिखेलमा जनचेतनामूलक नाटक प्रदर्शन गरेको छ। कार्यक्रम श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको प्राङ्गणबाट बालश्रम अन्त्य गरौँ, बालअधिकारको रक्षा गरौँ र बालमैत्री स्थानीय शासनको सुनिश्चितता गरौँ भन्ने नारासहित टुडिँखेल चोक सम्म पुगी, सोही चोकमा नाटक प्रदर्शन गरी सम्पन्न भएको थियो। नाटकको परिकल्पना र कथा लेखन बालक्लबका अध्यक्ष र सोहि विद्यालयको कक्षा नौँ मा अध्ययनरत छात्रा नेहारीका मास्केले गर्नुभएको थियो। चौतारा सदरमुकामको बजारका अधिकांश होटल रेस्टुराँमा अझै पनि बालश...