सम्पर्क

Month: २०७९ जेष्ठ २८ शनिबार

नेपालले चीन सँग कूटनीतिक पहल गर्न नसक्दा आयतमा समस्या ःबस्नेत

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेतले २०७२ सालको भूकम्पपछि बनेका कुनै पनि सरकारले चिन सँगको नाकाको बारेमा उचित पहल गर्न नसकेको बताउँनु भएको छ । शनिबार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२औँ वार्षिक साधारणसभालाइ सम्बोधन गर्दै बस्नेतले सरकारले नै चीन सरकारसँग कूटनीतिक पहल गर्न नसक्दा चिनियाँ नाकामा व्यवसायीलाई सामान आयातमा समस्या रहेको बताउँनु भयो । यो विषमा कुनै पनि सरकार पूर्णरूपमा सफल भएको छैन। त्यो काँग्रेसको सरकार होस् वा एमालेको सरकार होस् वा चाहे माओवादी वा नेकपाको सरकारले यो कुराको व्यवस्थित गर्न सकेको छैन। छोटो दूरीबाट हुनसक्ने व्यापारका लागि भाडादर समेत महँगो हुने गरेर सामान ल्याउनुपर्ने कुरा हामीले बुझेका छौँ’भन्नु भयो । उँहाले चिनको नाका व्यवस्थित र सञ्चालनमा आउन नसक्दा महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गर्नुपर्ने अवस्था व्यवसायीको रहेको ले नेपाली जनत...

आउन थाल्यो रासायनिक मल

ब्रेकिङ न्युज २, समाचार
नेपालमा रासायनिक युरिया मल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटको २० हजार मेट्रिक टन डीएपी मल आइपुगेको छ । सो युरिया आगमि हप्तादेखी साल्ट ट्रेडिङ लिमिटेडका डिपोबाट कृषकलाई वितरण हुनेछ । साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश झाका अनुसार २० हजार मेट्रिक टन डीएपी नेपाल आइसकेको छ । बिक्री केन्द्रमा पठाउने काम सुरु भएको छ, आइतबार वा सोमबारदेखि बिक्री वितरण सुरु हुन्छ । यसबाहेक २२ हजार मेट्रिक टन युरिया कोलकाता बन्दरगाहमा आइपुगेको र त्यो पनि आगामी हप्तामा आइपुग्ने उहाँले जानकारी दिनुभयो । नेपालमा वर्षेनी सैद्धान्तिक हिसाबले डिएपी, पोटास र युरिया गरी करिब आठ लाख मेट्रिकटन मल आवश्यक रहेको छ । व्यावहारिकरुपमा साढे पाँच लाख मल वर्षेनी चाहिने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । नेपालमा वर्षेनी दुईदेखि तीन लाख मेट्रिकटन मल आयात हुने गरेको छ । रासायनि...

नेत्रज्योती कृषी सहकारी द्धारा बिउ बितरण

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा नेत्र ज्योती कृषी सहकारी सस्थाले शुक्रबार नवनिर्वाचित वडा अध्यक्ष उद्धब नेपालललाइ बधाइ दिदै पुर्ब अध्यक्ष शेर बहादुर श्रेष्ठलाइ धन्यबाद दिएको छ । बधाइ तथा धन्यबाद कार्यक्रम गर्दै किसानहरुका लागी आबश्यक पर्ने बिउ बितरण समेत गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४का कृषकहरुलाइ गोलभेडा, काउली लगाएतका बिउ बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी १४ नं वडाका वडा अध्यक्ष उद्धब नेपालले वडामा रहेका कृषकहरुका लागी आबश्यक पर्ने मल को लागी बिशेष पहल भइरहेको बताउँदै आबश्यक परेको गोलभेडा र काउलीको बिउको लागी वडाबाट अनुदानको ब्यबस्था गरेको बताउँनु भयो । उँहाले वडाका कृषकहरुको पहीलो समस्या भनेको बिउ, मल, भएकाले यसको समधानका लागी वडा कार्यलय लागी परेको बताउँदै नेत्रज्योती कृषी सहकारी सस्थाले कृषको समस्यालाइ समधान गर्न मल र बिउको व्यबस्था ...

आगलागी पीडितलाई अस्थायी टहरा निर्माण तथा खाध्यान्न लत्ताकपडा सहयोग

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
देबराज सुबेदी बिद्धुत सर्ट भइ आगलागी हुँदा घर गुमाएका परिवारलाई अस्थायी टहरा तथा अन्य सहयोग गरिएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी चिलाउनेकि गङ्गा तामाङको घरमा हिजो बिद्धुत सर्टभइ आगलागी हुँदा घर पुर्ण रुपमा क्षती हुनुका साथै खाध्यान्न , लत्ताकपडा , नगद, सुन नस्ट भएको थियो ।बिहीवार उक्त परिवारलाइ थकनिका पुर्व वडा सदस्य एबम नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सभापतिका प्रत्यासी कृष्णकुमार तामाङ समीर सहितको टोलिले अस्थायी टहरा निर्माण गरिदिनुका साथै , खाद्यान्न , किचन सामग्री ,लत्ताकपडा ,जुत्ता चप्पल , ओढ्ने ,ओछ्याउने लगायतका आवश्यक सामाग्री सहयोग गरिएको वडा सदस्य कमल तामाङले जानकारी दिनुभयो । गङ्गा एकल महिला हुनुहुन्छ ।उहाँको श्रीमानको केही महिना अघि क्यान्सरका कारण निधन भएको थियो । गङ्गाको ९ र १२ बर्षका छोरा र ७ बर्षकि छोरी छन् । समाग्री वितरण गर्दै तामाङले प्रत्येक...

काँग्रेसका श्रेष्ठ प्रमुख ,उपमा एसका नेपाल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
जिल्ला समन्वय समिती सिन्धुपाल्चोक नेपाली काँग्रेस र समाजबादी मिलेर बन्ने भएको छ । यही जेठ २९ गते हुने जिल्ला सम्मन्वय समितीको चुनावका नेपाली कांग्रेसबाट जिससको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उमेदवार बन्नु भएको छ भने उपप्रमुखमा एकिकृत समाजवादिबाट बलेफी गाँउपालिका वडा नं ४ का सदस्य पदमनाथ नेपालले उमेरदवारी दिनुभएको छ । दुई दलकाबीच गठबन्धन भएसँगै जिससमा बहुमत पुगेको छ । कांग्रेसलाई जिससमाआफ्नो नेतृत्वका लागि एक भोट अपुग भएको थियो । चौतारा साँगाचोकगढी नगर पालिकाका उपप्रमुख सिता थापाले एकिकृत समाजबादी पाटीको निर्णय अनुसार प्रमुखमा नेपाली काँग्रेसको बालकृष्ण श्रेष्ठलाई र उपप्रमुखमा आफ्नो दलका पदमनाथ नेपाललाई मत दिनु हुने भए पछी काँग्रेसका पुराना र पाटीको इमान्दारीतामा देखीनु भएका श्रेष्ठ प्रमुख बन्न लाग्नु भएको हो । यता एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी स...

फड्के पुलमा क्षति पुगेपछी तत्काल मर्मत

समाचार
भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुर्याउन थालेको छ । बाढीले मेलम्ची ११ स्थित फट्टेको पुलमा क्षति पुगेपछि यातायात सेवा समेत अवरूद्व भएसँगै राती पुलमा क्षति पुगेको थाहा पाएपछि मेलम्ची नगरपालिकाका मेयर एका बिहानै फटे पुग्नुभयो । पुलमा क्षति पुगेको थाहा पाएपछि मेयर तामाङले सो पुल मर्मत गर्न निर्देशन दिएको केही समयमै काम सुरू भएको छ । मेलम्ची नगर प्रमुख आईतमान तामाङ र मेलम्ची ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ सहितको टिम गए रातीको बर्षाका कारण आंशिक क्षति भएको सो पुलको मर्मतको लागि खटिनुभएको थियो ।...

जुगलको विकट गाउँ याङ्लाकोटमा स्वास्थ्य केन्द्र सँगै बर्थिङ सेन्टर

ब्रेकिङ न्युज २, समाचार
जुगल गाउँपालिका– ७ को विकट गाउँ याङालाकोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र र बर्थिङ सेन्टरको बुधबार एक कार्यक्रमबीच पालिका अध्यक्ष रेशम स्याङ्बोले उद्घाटन गर्नुभएको छ । फेज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको ४ कोठे भवन स्वास्थ्य मन्त्रालयबाट बिनियोजन भएको ३८ लाख रकम र स्थानीय ८५ जनाले एक हजार देखि ६६ हजारसम्म सहयोग गरेर ६ लाख ७१ हजार रकम सङ्कलन गरेर जग्गा खरिद गरि स्वास्थ्य भवन बनाईएको प्रशासकीय अधिकृत लोकबहादुर बिकले जानकारी दिनुभयो । उहाँका अनुसार बर्थिङ सेन्टर स्थापनाको लागि पालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले विशेष समन्वय गर्नुभएको हो । स्वास्थ्य सेवा केन्द्र र बर्थिङ सेन्टरको उद्घाटन नवनिर्वाचित जनप्रतिनिधि बधाई तथा सम्मान कार्यक्रमकको अवसर पारेर गरिएको थियो । कार्यक्रममा पालिका अध्यक्ष रेशम स्याङ्बो, उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापती जंग लामा, ...

शिक्षक संघद्धारा जनप्रतिनिधिलाई सम्मान

राजनिती, समाचार
नेपाल शिक्षक संघ त्रिपुरासुन्दरीले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । सम्मानित हुने जनप्रतिनिधिहरुमा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा ,उपाध्यक्ष गिताकुमारी नेपाल ,वडा नं. १ घोर्थलीका वडा अध्यक्ष सिताराम थापा,वडा न २ चोकटि का वडा अध्यक्ष रमेश राउत,वडा न ३ धुस्कुनका वडा अध्यक्ष शिवकुमार कार्की वडा न ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु (बिजय)वडा न ५ तौथलिका वडा अध्यक्ष यादप श्रेष्ठ ,वडा न ६ टेकानपुर का वडा अध्यक्ष रमेश बोहरा रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि भक्तध्वज बोहराले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्ने बताउनुभयो । गाउँपालिकाको बिकास को लागि आफू रातदिन नभनी लाग्ने र सबैलाई त्यसरी नै लाग्न र सहयोग गर्न अनुरोध गर्नुभयो । त्रिपुरासुन्दरी गाउँपालिकाले सरकारले तोकेको विद्यालय कर्मचारी को न्युनतम तलब समेत नदिएकोले आफू दिलाइदिने बताउनुभ...

रासायनिक मल अभाव न्युनिकरण हुने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
तत्काल तातोपानी भन्सार कार्यलयले भन्सारमा रहेको रासायनिक मल व्यवसायीलाइ पठाउँने भएको छ । नेपाली काँग्रेस का केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको बिशेष पहलमा तत्काल भन्सारमा रहेको मल बितरणको लागी भन्सार कार्यलयले आबश्यक प्रकृया शुरु गर्ने भएको छ । यसका लागी शुक्रबार मल खरिद गरेका ब्यबसायीहरुलाइ तत्काल भन्सार बाट लैजानका लागी ब्यवसायीहरु सँग छलफल हुने भएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिनु भयो । बस्नेतको पहलमा भन्सार कार्यलयमा बाह्रबिसे नगरपालिका प्रमुख उपप्रमुख, भोटेकोसी गाउँपालिका प्रमुख उपप्रमुख सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, सहीत तातोपानी भन्सार कार्यलय प्रमुखसंग कार्यकक्षमा प्रत्यक्ष भेट गरि समस्याको बारेमा ध्यानाकर्षण गराउदै यथाशीघ्र रासायनिक मललाई नितिगत संयन्त्र निर्माण गरि वितरणको महत्वपूर्ण र अत्यावश्यक क...

गुणस्तर शिक्षाको लागी सबै लाग्न बोहोराको अनुरोध

ब्रेकिङ न्युज २, समाचार
  शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्ने बताए ।गाउँपालिकाको बिकास को लागि आफू रातदिन नभनी लाग्ने र सबैलाई त्यसरी नै लाग्न र सहयोग गर्न त्रिपुरा सुन्दरी गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहराले अनुरोध गर्नु भएको छ । नेपाल शिक्षक संघ त्रिपुरासुन्दरीगाँउपालिकाले गरेको गाउँपालिकमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाले सरकारले तोकेको विद्यालय कर्मचारी को न्युनतम तलब समेत नदिएकोले आफू दिलाइदिने समेत बोहोराले बताउँनु भयो । उँहाले आफुले राजनीतिक प्रतिशोधको भावना राखी काम नगर्ने र हिजो पार्टीको थिएँ अब साझा भएर काम गर्ने स्पस्ट पार्नु भयो । सम्मानित हुनु हुने जनप्रतिनिधिहरुमा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा ,उपाध्यक्ष गिताकुमारी नेपाल ,वडा न१ घोर्थलीका वडा अध्यक्ष सिताराम थापा,वडा न ...