सम्पर्क

Month: २०७९ बैशाख २२ बिहीबार

चौतारामा पनी राप्रपा र काग्रेस बिच तालमेल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालीकामा नेपाली काँग्रेस र राष्टीय प्रजातन्त्र पाटी बिच चुनाबी तालमेल भए सँगै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३मा पनी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेलको सहमति भएको छ। मेलम्ची नगरपालीकामा नगर प्रमुखमा नेपाली काँग्रेसका आइतमान तामाङ्गनगर प्रमुख र राप्रपाकी कुमारी तामाङ्गलाइ उप प्रमुखमा रहने गरी तालेमेल भएको छ । सोही अनुसार तिब्र रुपमा चुनाबी प्रचार प्रसारमा लागीरहेका छन भने चौतारासाँगाचोकगढी नगरपालीका १३मा राप्रपाका मधुराम दुलालले आफ्नो उम्मेदवारी फिर्ता लिई कांग्रेसका झलक नेपाललाई समर्थन गर्ने सहमति भएको दुबै पाटी द्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।  ...

ठुलो सिरुवारीका माओबादी एमालेमा प्रबेस

राजनिती, समाचार
मास्थानीय निर्बाचन नजीकीदै जाँदा सिन्धुपाल्चोक जिल्लाका राजनितीदलहरु पनी प्रचार प्रसारलाइ तिब्रता दिदै घर दैलो अधियानमा लागी परेका छन भने केही स्थानीय नेता तथा कार्यकर्ताहरु दल परबिर्तनमा नै ब्यस्त रहेका छन । नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओबामदी केन्द्र राष्ट्र्ीय प्रजातन्त्र पाटी का उमेद्वारहरु आआफ्ना प्रतिबद्धता सहीत निर्बाचनमा मत माग्नमा ब्यबस्त रहेका छन । तर त्यही पाटीका कार्यकर्ताहरु पाटी परित्याग गरी अर्काे पाटीमा प्रबेश गर्ने क्रम बढीरहेको छ । केही दिन देखी चौतारा साँगाचोक गढी नगरपालीकामा माओबादी छोडेर एमाले प्बेश गर्नेको लहर चलेको छ । चौतारा साँगाचोकगढी नगरपालीका १४मा माओबादी बाट निर्बाचित वडाअध्यक्ष शेर बहादुर श्रेष्ठ, लगाएतका पचास भन्दा बढी एमाले प्बेश गरे लगत्ते वडा नं १३ बाट पनी नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक इन्चा...

उम्मेदवारको खर्च बैक खाताबाट संचालन गर्न पर्ने

समाचार
  निर्वाचन आयोगले उम्मेदवारको खर्च बैक खाताबाट संचालन गर्न पर्ने जनाएको छ । आयोग ल्े मङ्गलबार बिज्ञेप्ती जारी गर्दै यस्तो जनाएको हो ।आयोगद्धारा मङ्गलबार जारी बिज्ञेप्तीमा आयोगको ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था गरेको जनाएको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता,२०७८ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने व्यवस्था छ। उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने, यसरी तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बै...

बाह्र्बिसे काँग्रेसले जारी गर्यो चुनाबी सङकल्पपत्र

#, जिबनशैली, राजनिती, विचित्र संसार, समाचार
सबल स्थानीय सरकार समुन्नत गाउँ समुन्नत नगर भन्ने मूल नाराका साथ नेपाली कांग्रेस बाह्रबिसे नगरपालिकाद्वारा चुनावी सङकल्पपत्र सार्वजनिकगरेको छ । सङकल्पपत्रमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता मा जोड दिदै सामुहिक एकताको पूर्वाधार हाम्रो साझा नगर निर्माणको आधार लाइ प्राथमिकता दिइएको छ ।आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाह्रबिसे नगरपालिकाले चुनावी सङकल्पपत्र सार्वजनिक गरेको हो । सङकल्प पत्रमा कांग्रेसले सडक तथा भौतिक पूर्वाधार, कृषि पशुपन्छी तथा सहकारी, शिक्षा, स्वास्थ्य, सार्वजनिक सुरक्षा, विपद ब्यवस्थापन, धर्म संस्कृति र परम्परा, सूचना तथा सञ्चार, सुशासन तथा जवाफदेहिता, युवा तथा खेलकुद, पर्यटन विकास, सामाजिक संघ संस्था, वातावरण तथा फोहोर ब्यवस्थापन, नीतिगत, कानुनी तथा संस्थागत विकास, उद्यमशीलता र रोजगार, सामाजिक न्याय जस्ता विषयमा आफ्नो पार्ट...

जनताको शासक हैन सेवक बनेर काम गर्ने योजना रहेको छ =ज्ञानु

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तहमा यही बैशाख ३० गते हुने निर्बाचनको मिती नजीकीदै गर्दा दलहरुले मतदातालाइ आआफ्नो पक्षमा पार्नका लागी आआफुले गर्ने कार्यक्रमहरु सार्बजनीक गर्दै मतदाता कँहा जाने क्रम बढ्दै गएको छ । यसै सन्धर्भमा हामीले नेपाली काँग्रेसका २ नं क्षेत्रीय सभापती समेत रहनु भएका मेलम्ची नगरपालीकाका मेलम्ची नगरपालीका नगर प्रमुखका उमेद्वार आइतमान तामाङ्ग(ज्ञानु सँग) कुराकानी गरेका थियौ प्रस्तुत छ उँहा सँग गरिएको कुरा कानीको सारंस १ यँहाको परिचय दिनुहोस न म नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २को क्षेत्रीय सभापती को जिम्मेवारी सम्हाल्दै म अहीले मेलम्ची नगरपालीकाको प्रमुखको लागी निर्बाचनमा उमेद्वार रहेको छु । म नेपाली काँग्रेसको एक सिपाइ हो। २ तपाइ अहिले नगर प्रमुख पदमा उमेदवार बन्नु भएको छ तपाइको योजना के छ ?मेरो याजना भनेको नेपाली काँग्रेसको निती निर्देशन र का...

नायीका श्वेता काँग्रेसमा प्रवेश लगत्तै भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्नेे घोषणा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
मंगलबार विहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टिका लगाएर नेपाली काँग्रेसको सदस्यता लिएर काँग्रेस प्रबेश गर्नु भए पछी नायीका श्वेता खड्काले साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत आफू राजनीतिमा आउनुको र कांग्रेस नै रोज्नुको कारण खुलाउँदै कांग्रेससँग पारिवारिक लिगेसी जोडिएको, सिद्धान्त मनपरेकाले प्रवेश गरेको बताउँनु भएको छ । उहाँले राजनीतिमा लागेर समाजसेवालाई सक्रिय रुपमा अगाडि बढाउने र अकुत सम्पत्ति आर्जन गर्ने भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्ने अभियानमा सक्रिय रहने घोषणा समेत गर्नु भएको छ । उँहाले कलाकारिता, ब्यवसाय अनी समाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनैतीक मुलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखिनै महामानव विश्वेश्वरप्रसाद कोइरालाको बारेमा पढ्दै र सुन्दै आइरहेकी मैले अन्ततः उनै महामानवको बिचारधारामा आफूलाई समाहित गर्दै नेपाली कांग्रेससँग आफ्नो आव...

झ्याडी एकिकृत नमुना बस्तीका श्वेता खड्का काँग्रेसमा प्रवेश

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका १४मा रहेको सिमान्तकृत माझी बस्तीलाइ एकीकृत नमुना बस्तीको रुपमा बिकास गर्न लागी पर्नु भएको श्वेता खड्का नेपाली काँग्रेस प्रबेस गर्नु भएको छ । उँहाँ सँगै कलाकार भुवन केसी लगाएत काँग्रेस प्रबेस गर्नु भएको हो । पछिल्ला दिनहरुमा कलाकारहकरुमा राजनीति मोह बढेको देखिएको छ। इस अघी अभिनेत्री रेखा थापा माओवादी हुँदै राप्राप्रामा सक्रिय राजनीति गरिरहनु भएको छ । त्यसै गरी करिश्मा मानन्धर नयाँ शक्ति हुँदै यतिबेला एमालेमा प्रवेश गर्नु भएको छ भन अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गर्नु भएको हो ।...

२४ घण्टा भित्र चुनाव प्रचार सामाग्री हटाइनु पर्ने

ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोकजिल्ला को मेलम्चीमा जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक बसेको छ । सोम बार मेलम्चीको मुख्य निर्वाचन अधिकृत निमा घिमिरको संयोजकत्वमा बसेको बैठकमा राजनीतिक दलहरूले आचारसंहिता विपरीत प्रयोग गरिएका प्रचार सामग्री २४ घण्टाभित्र हटाउने प्रतिवद्धता जनाएका छन् । मेलम्चीमा बसेको बैठकमा दलहरूले सार्वजनिक स्थलमा चुनाव चिन्ह प्रदर्शन, झन्डाको तोरण प्रदर्शन, चुनाव चिन्हको भित्ते लेखन, नियमानुसार भन्दा धेरै सवारी साधन प्रयोग गरेको पाइएको ले उक्त सामाग्री हटाउँन पर्ने भएका ले हटाउँने प्रतिबद्धता जनाएका हुन ।...

राप्रपा उमेद्वार द्धारा गौरातीमा कसम

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपालचोक जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला भएर राष्टीय प्रजातन्त्र पाटीका उमेदवार हरुले भ्रष्टचार नगर्ने प्रतिबद्धता सहीत कसम खाएर चुनाबी प्रचार प्रसारमा लागेका छन । सम्बैधानकि राजतन्त्र र हिन्दुराष्ट स्थपनाको माग गर्दै आएको राप्रपाको केन्द्रीय सदस्य एस्मीन ढुङ्गना र पुर्ब केन्द्रीय सदस्य पुस्कर ढुङ्गेलको रोहबरमा चौतारा साँगाचोकगढी नगरपालीकाका नगर प्रमुख उपप्रमुख र वडाका उमेद्वारहरुले कसम खानु भएको छ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला भएर राप्रपाले आफ्ना पार्टीको तर्फबाट स्थानीय निर्वाचनको उम्मेदवार बनाएइकाहरुलाई भ्रष्टाचार नगर्ने कसम खुवाइएको राष्टी प्रजातन्त्र पाटी क्षेत्र नं २ प्रदेस क का उपाध्यक्ष मदन केसी ले जानकारी दिनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य एस्मीन ढुङ्गनाले राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्...

माओबादीका वडाअध्यक्ष र सदस्य एमाले प्रबेश

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ नेकपा माओबादीबाट निर्बाचीत वडाध्यक्ष शेरबहादुर श्रेष्ठसहित दर्जनोै कार्यकर्ता एमाले प्रबेश गर्नु भएको छ । नेकपा एमालेका जिल्ला सदस्य राजु नेपालका अनुसार श्रेष्ठसँगै निर्वाचित वडा सदस्य शर्मिला रसाइली, लगायत पचासौ जना नेता कार्यकर्ता सोमबार नेकपा एमाले प्रबेश गरेको हो । नेकपा एमाले का अध्यक्ष पुर्ब प्रधान मन्त्री खड्क प्रसाद ओलीले श्रेष्ठसहितको टोलीलाई टिका र खादा लगाई एमाले प्रबेश गराउँनु भएको हो । श्रेष्ठ सहीतका कार्यकर्ताहरु केपी निबास स्थल बालकोटमा गएर पाटी प्रबेश गर्नु भएको हो । पाटी प्रबेस गराउँदै पुर्ब मन्त्री माननीय शेर बहादुर तामाङ्गले ढुक्क भएर एमालेलाइ जिताउँन लागी पर्न निर्देशन दिदै स्थानीय बिकासका लागी आफुहरु सँधै लागी पर्ने बताउँनु भयो ।...