सम्पर्क

Month: २०७८ फाल्गुन ३ मंगलवार

मेलम्ची बाँध पुनर्निर्माणमा खानेपानी मन्त्रीद्वारा स्थलगत निरीक्षण

ब्रेकिङ न्युज १, समाचार
खानेपानीमन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँध स्थलको स्थालगत निरीक्षण गर्न सोमबार बिहान ७ बजे नै मन्त्री चौधरी पुनर्निर्माणस्थल पुग्नुभएको हो । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको पुनस्र्थापनाको काम गर्दै छ । काठमाडौँबाट बिहानै स्थलगतमार्गबाट काभ्रेको धुलिखेल, पाँचखालबाट मेलम्ची बजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्री आएको सुइँको पाएका थिए । झिसमिसे बिहानै मन्त्रीको आवागमन होला भन्ने नसोचेका मेलम्ची आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका श्रमिक र स्थानीयले सोचेका पनि थिएनन् । मन्त्री चौधरी बाँधस्थल पुग्दा पछि–पछि सुरक्षाकर्मीको सवारी र सिन्धुपाल्चोकका प्रमुख...

निदाएको फेवाताल

साहित्य
साहित्यप्रेमी ( निर्मला पुरी) वर्षौं वर्षको पर्खाई पछि भेट भएका प्रेमीहरु झैँ मनको आवेगमा चिसो बतासले यो साँझलाई अँगाले झै नयनहरुले हेर्दै एकअर्कालाई खुशीका आँसुहरु सँगाले झैँ हिमालको प्रेमिल काखमा निदाएको छ फेवाताल ! संगीतको सुरमा कता कता हराए झैँ आत्मैदेखि कसैलाई मन पराए झैँ एकोहोरो हेरिरछ त्यो किनारालाई, इन्द्रेणीको घुम्टो ओडेर हरसाँझ प्रेमिल यो रातमा मन्द मन्द बतासमा हिमालको अँगालोमा निदाएको छ फेवाताल !! (उदयपुर)...

१५ वर्ष पछि फरार अभियुक्त पक्राउ

ब्रेकिङ न्युज १, समाचार
नावालिका छोरीलाई जर्वजस्ती बलात्कार गरी फरार रहेका एकजनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले १५ वर्ष पछी पक्राउ गरेको छ । २०६३ साल वैशाख १९ गते दिउसो २ वजेको समयमा सिन्धुपाल्चोक साविक ठुलोसिरुवारी वडा नं.१ को हाल चौतारा साँगाचोकगढी न.पा. वडा नं.१३ स्थित सल्लाघारी जंगलमा सानोसिरुवारी १ (क) को वर्ष १३ कि नाबालिका छोरीलाई जवरजस्ती करणी गरि फरार रहेका वर्ष ४३ का विनोद दुलाललाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । घटना पश्चात भागी फरार रहेकोमा विशेष सूचनाको आधारमा यही २८ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई फरार भएको १५ वर्ष वर्ष पछि साँगाचोक बजारबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । निज अभियुक्तलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गर्दा अदालतको सोमबारको आदेशले पुर्पक्षको लागी जिल्ला कारागार कार्याल...

चौताराको डडुवामा सिन्के धुप बनाउने तालिम सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ मा १५ दिने सिन्के धुप बनाउने तालिम सम्पन्न भएको छ । बज्रयोगीनी अपाँग मैत्री सहकारी सँस्था लिमिटेडको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकको सहयोगमा तालिमको आयोजना गरिएको हो । सोमबार एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण सहित घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रामशरण गौतमले तालिमको समापन गर्नुभएको हो । तालिम समापन कार्यक्रममा मन्तब्य राख्दै घरेलुका कार्यालय प्रमुख रामशरण गौतमले सिप सिक्नु मात्रै ठुलो कुरा नभएको बताउँदै यसलाई ब्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिनुभयो । गौतमले कार्यक्रमा अतिथिहरुको स्वागतमा बाजा वजाउनेहरुका लागी नयाँ प्रविधिको बाजा किन्नका लागी सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । समापन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो...

बार्हविसेमा गलैँचा बुन्ने तालिम सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज १
बार्हविसे नगरपालिका वडा नम्बर ९ राम्चेमा एक महिने गलैँचा बुन्ने तालिम सम्पन्न भएको छ । नेत्रज्योति कृषी सहकारी सँस्था लिमिटेडको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकको सहयोगमा तालिमको आयोजना गरिएको हो । सोमबार एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण सहित घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रामशरण गौतमले तालिमको समापन गर्नुभएको हो । कार्यक्रमा बोल्दै घरेलुका कार्यालय प्रमुख गौतमले महिलाहरुलाई आयआर्जन गर्ने कार्यमा निरन्तरता दिदै आएको र तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई आफूले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो । गौतमले तालिममा सहभागीहरुलाई कार्यालयको तर्फबाट गलैचा तान सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । कार्यक्रममा बार्हविसे नगरपालिका वडा नम्बर ९ को वडा सदस्य डम्बर बहादुर कार्की, कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपा...

मेलम्चीको इन्द्रेश्वरी मावि ४८औं वर्षमा

#, समाचार
मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयले ओमिक्रोन भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अन्र्तक्रिया कार्यक्रम गरि ४८ औं वार्षिकोत्सव आईतबार मनाएको छ । अन्र्तक्रिया कार्यक्रममा उठेका विभिन्न प्रश्न तथा जिज्ञासाको पूर्व प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठ, वडा अध्यक्ष रुद्र प्रसाद दुलाल लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका शिक्षा शाखाका अधिकृत सुधिनराज बुढाथोकिले शिक्षा क्षेत्रका नितिगत कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठले श्रेष्ठले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अन्य बक्ताहरुले आधारभुत तहमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्नुपर्नेमा जोड दिएका थिए । इन्द्रमणि दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।...

एमसीसीको विरोधमा एकिकृत समाजवादीद्वारा चौतारामा विरोध प्रदर्शन

ब्रेकिङ न्युज १, राजनिती
एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी जिल्ला कमिटी र मोर्चा संगठनद्वारा चौतारामा विरोध प्रदर्शन गरिएको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै तत्काल सम्झौता खारेज गर्न माग गरेको छ । एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ भन्दै एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा एकीकृत समाजबादी का नेताहरु सुवास कर्माचमार्य, सोम सापकोटा, यज्ञ सापकोटा , ईश्वरी श्रेष्ठ , रविकुमार भण्डारी लगायतको सहभागिता रहेको थियो ।...

जनयुद्धकै झझल्को दिने जनयुद्ध दिवस – सिन्धुपाल्चोकको ग्रामिण क्षेत्रमा पनि मनाईयो

ब्रेकिङ न्युज २, राजनिती
आईतबार सिन्धुपाल्चोकका ग्रामिण क्षेत्रहरुमा जनयुद्ध दिवस मनाइँदा त्यसले जनयुद्धकै बेलाको झझल्को दिएको पाइयो । जनयुद्धका बेला जसरी तत्कालिन बिद्रोही पक्ष नारा लगाउदैँ गाँउगाँउ पुग्दथे, त्यसैको झल्को दिने गरि जनयुद्ध दिवस आईतबार नेकपा (माओेवादी केन्द्र ) का नेता कार्यकर्ता त्यहि मुद्रामा देखिए । उसो त उतिबेला बिद्रोहमा रहेका ब्यक्ति अहिले जनप्रतिनिधिका रुपमा देखिएका छन् । उनिहरुले गरेको कोणसभामा पनि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक÷शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्ने बताएका छन् । नेकपा (माओेवादी केन्द्र ) सिन्धुपाल्चोकले जिल्लाका १२ स्थानीय तहमा विविध कार्यक्रम गरि एकैसाथ २७ औं जनयुद्ध दिवस मनाएको छ । मेलम्चीमा केन्द्रीय सदस्य डिलाराम आचार्य , पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा युवराज दुलाल, लिसँखुपाखर गाउँप...

सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण थालियो

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकमा आईतबारबाट ई –पासपोर्ट (विद्युतीय राहदानी) वितरण गर्न सुरु गरिएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आईतबारबाट ई –पासपोर्ट वितरण थालेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले अनलाइनबाट आवेदन भरेका मध्य सिता रघुलाई ई–पासपोर्ट वितरण गर्नुभएको हो । अनलाईन फारम भरेको बढिमा १५ दिनमा ई–पासपोर्ट आइसक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । ई–पासपोर्ट बनिसकेका ब्यक्तिको मोवाइलमा म्यासेज आएपछि प्रशासनमा लिन जान सक्ने छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका नायव सुब्बा हरिराम न्यौपानेका अनुसार सिन्धुपाल्चोकमा अनलाइनबाट आवेदन भरेका ३४ जनाको ई–पासपोर्ट बनिसकेको छ । उहाँका अनुसार माघ ९ गतेबाट सिन्धुपाल्चोकमा पनि अनलाइनबाट ई–पास पोर्टका लागि फारम भर्न सकिने ब्यवस्था गरीएको थियो । अ...

जयनन्द लामाको ४० वर्षअघि संकलन गरेको गीत बल्ल बजारमा (भिडियोसहित)

मनोरन्जन
ख्यातिप्राप्त लोकगायक जयनन्द लामाले ४० वर्षअघि संकलन गरेको मौलिक लोकगीत गाएर सार्वजनिक गर्नुभएको छ । पाँच दशकदेखि लोक र लोकदोहोरी गीत गाउँदै आउनुभएका लामाले दुई दशक लामो अन्तरालपछि महाभारत लेकको जंगलमा याला बोलको लोकगीत हालै आफ्नै युट्यबमार्फत सार्वजनिक गर्नुभएको हो ।पछिल्लो समय विभिन्न फिल्ममा अभिनय गरी सो क्षेत्रबाट समेत लोकप्रियता कमाउँदै आउनुभएका गायक लामाकै शब्द र संगीत रहेको लोक गीत उहाँका साथमा दीपा लामाले गाउनुभएको छ । जयनन्द र दीपालाई समूह गायनमा यो गीतमा बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशिकला मोक्तान र अञ्जु थोकरले साथ दिनुभएको छ । सार्वजनिक लोकगीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ । ‘यो मैले ३०÷४० वर्षअघि नै संकलन गरेको गीत हुँ, जो पहाडी र हिमाली श्रृंखलाको बीचमा बस्ने सम्पूर्ण नेपालीको पुरानो र मौलिक परम्परागत गीत हो’ गीतका बारेमा जान...