सम्पर्क

१५ वर्ष पछि फरार अभियुक्त पक्राउ

नावालिका छोरीलाई जर्वजस्ती बलात्कार गरी फरार रहेका एकजनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले १५ वर्ष पछी पक्राउ गरेको छ ।
२०६३ साल वैशाख १९ गते दिउसो २ वजेको समयमा सिन्धुपाल्चोक साविक ठुलोसिरुवारी वडा नं.१ को हाल चौतारा साँगाचोकगढी न.पा. वडा नं.१३ स्थित सल्लाघारी जंगलमा सानोसिरुवारी १ (क) को वर्ष १३ कि नाबालिका छोरीलाई जवरजस्ती करणी गरि फरार रहेका वर्ष ४३ का विनोद दुलाललाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । घटना पश्चात भागी फरार रहेकोमा विशेष सूचनाको आधारमा यही २८ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई फरार भएको १५ वर्ष वर्ष पछि साँगाचोक बजारबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
निज अभियुक्तलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गर्दा अदालतको सोमबारको आदेशले पुर्पक्षको लागी जिल्ला कारागार कार्यालय चौतारा चलान गरेको छ ।