सम्पर्क

निदाएको फेवाताल


साहित्यप्रेमी ( निर्मला पुरी)

वर्षौं वर्षको पर्खाई पछि
भेट भएका प्रेमीहरु झैँ
मनको आवेगमा चिसो बतासले
यो साँझलाई अँगाले झै
नयनहरुले हेर्दै एकअर्कालाई
खुशीका आँसुहरु सँगाले झैँ
हिमालको प्रेमिल काखमा
निदाएको छ फेवाताल !

संगीतको सुरमा कता कता हराए झैँ
आत्मैदेखि कसैलाई मन पराए झैँ
एकोहोरो हेरिरछ त्यो किनारालाई,
इन्द्रेणीको घुम्टो ओडेर हरसाँझ
प्रेमिल यो रातमा
मन्द मन्द बतासमा
हिमालको अँगालोमा
निदाएको छ फेवाताल !!
(उदयपुर)