सम्पर्क

Month: २०७८ पुष ५ सोमबार

मापसे प्रयोग गरी प्रधानाध्यापक कुटेको विरोधमा विद्यालयको पठनपाठन अवरुद्ध

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको वडा नं. १२ को भिमटारमा रहेको भिमेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापकलाई मापसे प्रयोग गरेको कुटपिट गरेको भन्दै पठनपाठन अवरुद्ध पारिएको छ । विद्यालयले प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठमाथी विद्यालयभित्रै कुटपिट र ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गरी सुरक्षाको प्रत्याभूती नभएसम्मका लागी नियमित पठनपाठन बन्द हुने जानकारी गराएको छ । भिमटारको समिलटार बस्ने श्याम भनिने सन्तोष दनुवारले मादकपदार्थ सेवन गरी विद्यालय हाताभित्रै प्रवेश गरी कार्यकक्षमै रहेका प्रधानाध्यापक श्रेष्ठमाथी कुटपिट गरी आँखा , नाक र छातीमा चोट पुर्याएको विद्यालयद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । साथै प्रधानाध्यापक श्रेष्ठलाई ज्यान मार्ने धम्की दिदै दनुवारले टेवल , कुर्सी , ल्यापटप, प्रिन्टर लगायतका भौतिक सँरचनामा समेत क्षति पुर्याएको र विद्यालयका केही शिक्षकहरुले नछेकेको भए थप ...

ईन्द्रावती गाउँपालिकाद्धारा कृषकलाई कृषी औजार हस्तान्तरण

ब्रेकिङ न्युज १, समाचार
ईन्द्रावती गाउँपालिकाले कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले कृषकहरुलाई कृषी औजार वितरण गरेको छ । कृषिमा लाग्ने युवा तथा किसानहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले कृषि सामाग्री हस्तान्तरण गरेको हो । गाउँपालिकाको कृषी शाखा प्रमुख रविना कोजुका अनुसार कृषकहरुलाई हाते ट्याक्टर ७ वटा, मल्ट्रीक्रप थ्रेसर १ वटा , कम्वाईन मिल ३ वटा, डिस मिल १ वटा , दाना बनाउने मेसिन १ वटा , ब्रस कटर १ वटा वितरण गरिएको जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष बँशलाल तामाङले एक कार्यक्रमका वीच किसानलाई कृषी औजार वितरण गर्नुभएको हो । कृषी औजार वितरण गदै अध्यक्ष तामाङले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन आधुनिकिरण गदै कृषि क्षेत्रमा आकर्षण गराउने योजना अनुसार काम भैरहेको बताउनुभयो । प्रसस्त कृषी उत्पादनका लागी योग्य जमिन भएपनि बजारीकणको समस्याले गर्दा स्थानीय किसानले आफुलाई पुग्ने मात्रै उत्पादन गर्दै आ...

नेवाः खलद्धारा नवनियुक्त प्रदेश राज्य मन्त्री गुरुङ लाई सम्मान

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री इन्द्रमाया गुरुङ (श्रेष्ठ)लाई मेलम्ची नेवाः खलद्धारा सम्मान गरिएको छ । मेलम्चीमा रहेको इन्द्रेश्वर मन्दिरमा धान्य पुर्णिमाको अवसरमा एक कार्यक्रमको बीचमा उहाँलाई खलले सम्मान गरेको हो । इन्द्रेश्वरी मा.वि.मा अध्ययन गर्दै राज्यमन्त्री गुरुङले राजनितिक यात्रा अगाडि बढाएको बताउँदै खलका सचिव श्रेष्ठले आगामी कार्यकाल सफल रहोस भन्दै सम्मान गर्दै शुभकामना ब्यक्त गर्नुभयो । उहाँले मेलम्ची क्षेत्र एक व्यापारिक हिसाबले मात्र नभई धार्मिक, पर्यटकिय तथा कृषिका हिसाबले पनि धेरै सम्भावना बोकेको क्षेत्र भएकाले यसको पर्वद्धनमा राज्य मन्त्रीको जोड रहनेमा विश्वत रहेको पनि बताउनुभयो । कार्यक्रमको अध्यक्षता खलका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गर्नुभएको थियो ।...

गजल अभियान सिन्धुपाल्चोकमा सुन्दर

ब्रेकिङ न्युज २, साहित्य
आधुनिक नेपाली गजल अभियान सिन्धुपाल्चोकको अध्यक्षमा सुन्दर शिरीषलाई चयन गरेको छ । शिरीषको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरिएको छ । गजल अभियानको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा विजय नेपाल, सहसचिवमा ललिता गजमेर, कोषाध्यक्षमा रस्मिला खत्री चयन हुनुभएको छ । समितिको सदस्यहरुमा केशवप्रसाद अधिकारी, सुरशेकुमार थामी, मेनुका कटुवाल, दुर्गाबहादुर श्रेष्ठ, उमेश विक, सानुमाया तामाङ रहनुभएको छ । गजल अभियानको सल्लाहकारमा भने अमित घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा जीवन श्रेष्ठ र किशमा किशोर रहनुभएको छ । त्यस्तै सोहि भेलाले मानार्थ सल्लाहकारमा सुरेश कसजू, बिपिन सलामी र बाबु त्रिपाठीलाई स–सम्मान सामेल गराएको छ ।...

सामाजिक अभियन्ता रामचन्द्र श्रेष्ठ अभिनन्दीत

ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासँघको आयोजना र विभिन्न सँघसँस्थाको सह–आयोजनामा सामाजिक अभियन्ता रामचन्द्र श्रेष्ठलाई अभिनन्दन गरिएको छ । अमेरिकाको ब्राण्डफोर्ड कनेटिकटकको क्षेत्र न ४ आरटीयम पदमा विजय हुनुभएको अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा , चौतारा साँगाचोकगढी नगरपालिका, ५ नम्बर वडा कार्यालय, दुखि प्रकाशन, शब्द सारथि, श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालय , मिस नेवा खेल, लायन्स क्लव अफ काठमाडौ सिन्धु चौतारा सिट ,जनहित ग्रमिण सेवा समिति ,सर्वपक्ष दैनिक ,क्यान सिन्धुपाल्चोक, सिन्धु कला मन्दिर , नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले सयुक्त रुपमा कार्यक्रम आयोजना गरी श्रेष्ठलाई अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा प्रमुख अतिथी तथा चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिं तामाङले रामचन्द्र श्रेष्ठ असल भएकाले यस्ता सम्मान पाएको बताउँनुहुँदै श्रेष्ठ निर्वाचित भएको अमेरिकाको सिटीसँग चौत...

नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसिएशनमा नयाँ नेतृत्व

समाचार
नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसिएशन, जिल्ला कार्य समिति, सिन्धुपाल्चोकको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । होटल पाथिभारा, सिम्लेमा अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशन बाट अध्यक्षतामा गुणराज गजुरेल चयन भएका हुनुभएको छ । समितिको उपाध्यक्षमा बिमला अधिकारी, सचिवमा दिपक थापा, सह–सचिवमा राज अधिकारी, कोषाध्यक्षमा खड्क बहादुर श्रेष्ठ, सदस्यहरू भोज बहादुर के.सी., सुवाश सापकोटा, रविन्द्र सापकोटा, दिपेन्द्र दुलाल, पृथ्वीमान तामाङ, प्रेम कुमार श्रेष्ठ, वीर बहादुर तामाङ र माई सिं तामाङ चयन हुनुभएको छ ।...

गुन्साका विद्यार्थीलाई झोला वितरण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर – ५ गुन्साको विद्यार्थीलाई झोला वितरण गरिएको छ । गुन्सामा रहेको कुम्भेश्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई गुड ह्यान्ड्स नेपालले उक्त भोला वितरण गरेको हो । झोला वितरणले विद्यार्थीहरुलाई शैक्षिक सामग्री बोक्न सहज भएको बताउँदै वडाअध्यक्ष काले गोलेले सहयोगी सँस्थाप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनी सहयोगका लागी आग्रह गर्नुभयो । झोला वितरण कार्यक्रममा गुड ह्यान्ड्स नेपालका तर्फबाट बोल्दै दावा लामा हयोल्मोले आगामी दिनमा पनी विद्यार्थीहरुकको शैक्षिक प्रगतीका लागी यस्ता सहयोगले निरन्तरता पाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । हातहातमा झोला पाए पछि बिद्यार्थि पनि खुसी भएका थिए । कार्यक्रम आयोजक सङ कुरा गर्दै एक बिधार्थिले मेहनत गरेर पढ्न हौशला मिलेको बताउनुभयो ।...

एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलो बुद्व मुर्तीको भोटेनाम्लाङमा शिलान्यास

ब्रेकिङ न्युज १, समाचार
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नंम्बर – ७ , भोटेनाम्लाङमा एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलो (८० फिट उचाईको ) बुद्व मुर्ती शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । ५ करोडको लागतमा बन्ने उक्त मुर्तीको शिलान्यास पुर्व कानुन मन्त्री तथा नेकपा एमालेका सांसद शेर बहादुर तामाङ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती प्राज्ञ लालकाजी लामाले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । ढुङगामा छिनो र हम्मरले हानेर बुद्व मुर्तीको शिलान्यास गरिएको थियो । दुई बर्ष भित्रमा मुर्तीको निर्माणकार्य सकिने गाउँपालिकाले जनाएको छ । आन्तरिक र बाह्य पर्यटक भित्राएर आम्दानीको स्रोत बढाउने लक्ष्य गाउँपालिकाको रहेको छ । मुर्ती निर्माण लगायत वरिपरिको संरचना निर्माणको लागि १० करोड लाग्ने छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यश मुर्ती निर्माणको जिम्मा लिएको छ । मुर्तीलाई कुँद्ने काम निर्धारित समयमै सक्ने र ...

राजनीति ठीक भयो भने मात्रै खेल ठीक हुन्छ ः गाउँपालिका अध्यक्ष तामाङ

खेलकुद, ब्रेकिङ न्युज २
सन्तोष सिग्देल इन्द्रावती गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय माहासंघका महासचिब बंशलाल तामाङले राजनीति ठीक भयो भने मात्रै खेल ठीक हुने बताउनुभएको छ । नमुना युवा जागरण समूहको आयोजनामा भएको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७८ को समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका तामाङले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले खेलले शारिरीक रुपमा स्वस्थ हुँदै राष्ट्रको नाम समेत रहने पनि बताउनुभएको छ । कार्यक्रममा नेपाली कांग्रेस मेलम्ची नगर सभापति बसन्त गुरुङ, मेलम्ची नगरपालिका वडा नम्बर ७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ इन्द्रावती ५ का अध्यक्ष दुर्गा बहादुर तामाङ लगायत नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरु पनि उपस्थिती रहेको थियो । कार्यक्रम नमुना युवा जागरण समूहका अध्यक्ष तथा प्रतियोगिता संयोजक ओम तामाङ वाइबाको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतियोगिता बिभिन्न संस्...

सिन्धुपाल्चोकका दुई नेता बागमती प्रदेशको सह–इञ्चार्ज

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोकका दुई नेताहरुले नेकपा एमाले बागमती प्रदेश सह–ईन्चार्जको जिम्मेवारी पाउनुभएको छ । सह –ईन्चार्जको जिम्मेवारी पाउनेहरुमा शेरबहादुर तामाङ र अरुण नेपाल रहनुभएको छ । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै जारी गरिएको अन्तरपार्टी निर्देशन अनुसार स्थायी कमिटी समेत रहेका तामाङले बागमती प्रदेश सह–इञ्चार्जको साथै सिन्धुपाल्चोक इन्चार्जको समेत जिम्मेवारी पाउनुभएको छ । बागमती प्रदेश सहइन्चार्ज पाएका नेता पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ । यसैगरी सिन्धुपाल्चोक जिल्ला सह–इञ्चार्जमा दावा तामाङ र सरेश नेपाललाई जिम्मेवारी तोकिएको छ । तामाङ पूर्वमाओवादी धारका नेता हुनुहुन्छ ।...