सम्पर्क

Month: २०७८ पुष १६ शुक्रबार

जनता माविका ६२ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिका – ९ ज्यामिरेमा रहेको जनता माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित मासिक शुल्कसमेत एक सँस्थाले सहयोग गरेको छ । फ्रान्सस्थित विश्वका महिलाहरुका लागी आवाज नामक सँस्था मार्फत निराजन खड्काको पहलमा जनता माविमा कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई उक्त सहयोग गरिएको हो । सहयोग गरिएको सामग्रीहरुमा स्कुल युनिफर्म, स्टेशनरी, झोला, किताब लगायतको सामग्री र मासिक शुल्कसमेत गरी जनही रु. ४ हजार ८ सय ४८ बराबर एकमुष्ठ ३ लाख २ हजार आँठसय ६२ रुपैयाँ रहेको विद्यालयका प्रधानाध्यापक केदार विष्टले जानकारी दिनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवराज खड्काको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी तथा पूर्व प्रधानपञ्च गोपालबहादुर खड्का , विद्यालयका पूर्व अध्यक्ष द्धय किरणदिप खड्का र दिपक पुरी, एमाओवादी ९ नम्बर वडा कमीटी अध्यक्ष बासुदेव कटुवाल लगाएतको सहभागिता रहेको थियो ।...

सुरक्षित वैदेशिक रोजगारबारे सरोकारवाला निकायसँग छलफल

ब्रेकिङ न्युज १, समाचार
आप्रवासनको प्रभाव र कामदारको बहिष्करणवाट समुदायमा उत्पन्न हुने असर र त्यसको न्यूनिकरणको बारेमा समुदायका अगुवाहरुसाँग सामी परियोजनाले चौतारामा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको आर्थिक सहयोगमा सामी परियोजना अन्र्तगत सुरक्षीत वैदेशिक रोजगारी सम्वन्धमा भइरहेको गतिविधिबारे सरोकारवाला निकायसँग हेल्भेटास नेपालका कार्यक्रम अधिकृत भोजराज सुनुवारले वैदेशिक रोजगारीको वर्तमान अवस्था र चुनौती बारे जानकारी दिनुभएको थियो । सामी परियोजना सिन्धुपाल्चोकका कार्यक्रम सँयोजक अरुण पौडेलले सुरक्षित आप्रवासन परियोजना (सामी)को बारेमा बताउनुभएको थियो । सामीले गरेको कार्यहरुमा मनोसामाजिक परामर्स, सीपमूलक तालिम, अन्तरक्रिया गोष्ठी र सचेतनाको कार्यक्रम रहेको छ । सामीले जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क नै खडा गरेर निरन्तर सुरक्षित बैदेसिक रोजगारी सम्वन्धि कानुनी र व्यवहारीह पर...

मेलम्चीमा बालबालिकाको नेतृत्व विकास सम्बन्धी तालिम सुरु

ब्रेकिङ न्युज २, समाचार
मेलम्चीमा वडा स्तरीय बालसञ्जाल र नगर बाल सञ्जाललाई बाल अधिकार , बालसमुह परिचालन र नेतृत्व विकास सम्बन्धी ३ दिने तालिमसुरु भएको छ । मेलम्ची नगरपालिकाद्धारा बालमैत्रि वडा घोषणाका लागि कार्यक्रम आरम्भ भएका वडा नम्बर ५,७,र ८ का वडा बाल सञ्जाल र नगर बालसञ्जालका विद्यार्थीहरुको लागि ३ दिने तालिम प्रदान गरिएको हो । तालिमको उद्घाट गर्दै मेलम्ची नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले बालमैत्री स्थानीय शासन अबलम्बन गर्ने नीति अनुरुप मेलम्ची नगरपालिकाले काम थालेको बताउनुभयो । उहाँले बालमैत्री वडा घोषणा गर्नका लागि तयारी स्वरुप तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले तालिममा सिकेका कुराहरु आफ्नो विद्यालय र समाजमा लागुगर्नुपर्नेमा जोड दिनुभयो । तालिम नगरपालिकाका कर्मचारी अम्बिका डोटेलले संचालन गर्नुभएको थियो । तालिमको बालकल्याण अधिकारी झपेन्द्रराज खरेल , शिक्षा अधिकृत सुदिनराज बुढाथोकि ,बा...

कांग्रेस जिल्ला सभापति बन्न प्रेमध्वजद्धारा त्रिविको उपप्राध्यापकबाट राजीनामा

ब्रेकिङ न्युज १, राजनिती
नेपाली कांग्रेसको जिल्ला सभापति उम्मेदवार बन्न सिन्धुपाल्चोकका नेता डा. प्रेमध्वज लामाले त्रिभुवन विश्वविद्यालयको जागिरबाट राजीनामा दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक रहनुभएका डा. लामाले विश्वविद्यालयमा राजीनामा बुझाउनुभएको हो । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएको मुख्य कार्यालय सहायक ईन्द्रकुमारी महर्जनले जानकारी दिनुभयो । कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन पुस २७ गते हुँदैछ । लामा शेरबहादुर देउवा पक्षबाट सभापतिका उम्मेदवार बन्ुभएको छ । उहाँलाई मोहन बस्नेतको साथ रहेको छ । लिसंखुपाखर गाउँपालिकाका लामाले महाधिवेशन प्रतिनिधिमा मोहन बस्नेतपछि दोस्रो लोकप्रिय मत पाउनुभएको थियो । उहाँले एक महिनाअघिमात्र त्रिविबाटै ह्योल्मो समुदायको संस्कृति र परिवतिृत आयाम विषयमा पीएचडी गर्नुभएको हो । हालै उच्च अदालत र निर्वाचन आय...

सुरक्षित वैदेशिक रोजगारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
सुरक्षित वैदेशिक रोजगारी सम्वन्धी चौतारामा सञ्चारकर्मीसँग सामी परियोजनाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको आर्थिक सहयोगमा सामी परियोजना अन्र्तगत चौतारा नगरपालिकामा सुरक्षीत वैदेशिक रोजगारी सम्वन्धमा भइरहेको गतिविधिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको हो । सो क्रममा हेल्भेटास नेपालका भोजराज सुनुवारले वैदेशिक रोजगारीको वर्तमान अवस्था र चुनौती बारे जानकारी दिनुभएको थियो । सामी परियोजना सिन्धुपाल्चोकका कार्यक्रम सँयोजक अरुण पौडेलले सिन्धुपाल्चोकमा भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा डिप्रोक्स नेपालका सागर बिक्रम बस्नेत , नेपाल पत्रकार महासँघका अध्यक्ष जिवन श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो । सामी परियोजनाले सिन्धुपाल्चोकका चौतारासाँगाचोकगढी , नगरपालिका , बाह«विसे नगरपालिका, पाँचपोखरी गाउँपालिका र हेलम्बु गाउँपालिकामा कार्य...

विद्यालयका लेखा हेर्ने कर्मचारी र प्रअलाई मेलम्चीमा तालिम

ब्रेकिङ न्युज १
देवराज सुवेदी मेलम्ची नगरपालिकाका बिद्यालयका माध्यमिक तहका लेखा हेर्ने कर्मचारी तथा आधरभुत तहका प्रधानाध्यापकलाई बिद्यालय लेखा हेर्ने तालिम आज बाट मेलम्चीमा सुरु भएको छ । २७ वटा बिद्यालयका २७ जना तालिममा सहभागी छ्न ।उनिहरुलाइ बिध्यालायको लेखा प्रणाली चुस्त दुरुस्त र ब्यबस्थित बनाउने उद्देश्यले सो तालिम आयोजना गरिएको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो । तालिम ५ दिन सम्म चल्ने छ । बाकी बिद्यालयका लागि अर्को चरणमा तालिम संचालन गरिने पुडासैनीले बताउनुभयो । तालिमको सहजीकरण मेलम्ची नगरपालिकाका लेखा अधिकृत पुडासैनी सहायक लेखापाल श्याम शरण थापा जिन्सी शाखा प्रमुख जयराम घोरासैनिले गरिरहनुभएको छ ।...

सहिद भएका फूलहरु

साहित्य
साहित्य प्रेमी ( निर्मला पुरी ) कसैको हाँसो सजिनलाई चुडिए, कसैको आँसु थमाउनलाई चुडिए, कुनै पल ! उसको कामुकतामा कराएँ, कुनै पल ! पारिजात झैँ मिरमिरे मै हराएँ कसैले अङगालोमा कसेर प्रेमको प्रतीक हौ भने ! कहिले सुगन्धित हुदै, त्यो मधुमासको सौगात बने म प्रत्येक दिन त्यो मृत्युलाई छिचोल्दै साना–साना पत्र बन्दै फक्रन्थे कसैको चाहानामा मेटिनु काँडाहरुको बन्धनलाई समीपमा भेटिनु कैसैको रङ्गिचङ्गि गमलामा सजिनु यो घाम, पानी,शीत,तुसारोमा मिल्नु आफ्नै मालीले फक्रन नपाउँदै लुछेर फाल्नु मेरा कोमलता खुवाउन कै लागि त्यो जनावर पाल्नु यो सबै प्रकृतिको नियम ठान्दथे । प्रत्येक महिना ! डाँठ काटिएर निस्किएको त्यो, चोपमा लत्पतिदै मुस्कुराएर म फक्रन्थे कहिले मन्दिरमा मुर्ति सामु मुस्कुराउनु ! कहिले मलामीहरु सँगै चितामा रुनु कराउनु ! ...

चौतारामा मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता हुने

खेलकुद, ब्रेकिङ न्युज २
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समितिले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै खुल्ला हाप म्याराथन पुस २४ गते शनिबार हुने जानकारी गराएको छ । खुल्ला हाफ म्याराथनमा पुरुष र महिला खुल्ला हाफ म्याराथन, ४०–५९ वर्ष सम्मको भेट्रान्स महिला र पुरुष ६० वर्षमाथिको सुपर भेट्रान्स र स्थानियबासीको महिला र पुरुष विधा समावेश गरिएको छ । हाफ म्याराथन प्रतियोगिता २१ किलोमिटरको हुने छ । नगरपालिकाको १२ नं वडाको सांगाचोकगढी देखि मानेडाडा, जल्किने,ईर्खु ,चौतारा हुदै ब्याङ्रचेपानी पुगेर गौरती भिमसेन मन्दिर परीक्रमा गरी डुडिखेलमा आएपछि दुरी पुरा हुने सह–संयोजक श्रेष्ठले बताए । भेट्रान्सको तर्फको सबै इभेन्टभने ईर्खुबाट सुरु हुने र १५ किलोमिटरको हुने आयोजकले जनाएको छ । हाफ म्यार...

हेलम्बुको हिउँमा फसेका (एडीबी) टोलीको हेलिकोप्टरमार्फत उद्धार

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची खानेपानी आयोजनामा गएको पहिरोबारे अध्ययन गर्न गएको एसियाली विकास बैँक (एडीबी)को टोलीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । १० गते देखि एडीबीको विशेषज्ञसहित १५ जनाको टोलीले हेलम्बुमा पुगेर पहिरोलो पुर्याएको क्षतीका बारेमा अध्ध्यन गरिरहेका बेला अचानक हिउँपरेपछि उनीहरु हेलम्बुमा फसेका थिए । हिजो देखि हेलम्बुमा भारी मात्रामा हिउँ परेपछि एडीबीको १० जना प्रतिनिधि र ५ जना स्थानीय पथप्रदर्शक फसिरहेका थिए । उनीहरुको आज बिहान हेलिकोप्टरमार्फत् उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनुभयो । एक जना पथप्रदर्शक अनुसार उक्त हेलम्बु क्षेत्रमा ६–७ फिट हिउँ जमेको छ ।हिजो(बुधबार)राति देखि बाक्लो हिउँ परेपछि उनीहरू बस्दै आएको टेन्टसमेत हिमपहिरोले बगाएपछि उनीहरुको बिचल्ली भएको थियो । उनीहरु ट...

पहिरो अध्ययनमा गएको एडीबी टोली हिउँमा फस्यो

ब्रेकिङ न्युज १, समाचार
ऋषिराम पौड्याल काठमाडौँ — हेलम्बु क्षेत्रको हिमाली भेगको पहिरो अध्ययनका लागि मेलम्ची खोलाको उद्गमस्थल करिब ३६ सय मिटर उचाइमा बस्दै आएको एसियाली विकास बैंक (एडीबी)को विशेषज्ञहरूसहितको १६ जनाको टोली हिउँमा फसेको छ । हिउँ बाक्लिँदै गएर उनीहरू बस्दै आएको टेन्ट हिमपहिरोले बगाएको छ । हिउँबाट ज्यान जोगाउन उहाँहरू ओडारमा बसिरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । खराब मौसमका कारण उनीहरूको उद्धारका लागि हेलिकोप्टर जान सकेको छैन । टोलीका पथप्रदर्शक सोनाम लामाले बुधबार ३ बजेर ४ मिनेट जाँदा कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता कमला पाख्रिनलाई फोन गरेर आफू हिउँपहिरोबाट जोगिन पानीले भिजेर खुला चौरमा बसिरहेको जानकारी दिनुभएको छ । टेन्ट बगाएको, लगातार पानी र हिउँ परिरहेकाले आफूहरू उद्धारको प्रतीक्षामा रहेको उहाँले फोनमा बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा ६–७ फिट हिउँ परेको छ । अप्ठेरोमा...