सम्पर्क

हेलम्बुको हिउँमा फसेका (एडीबी) टोलीको हेलिकोप्टरमार्फत उद्धार

मेलम्ची खानेपानी आयोजनामा गएको पहिरोबारे अध्ययन गर्न गएको एसियाली विकास बैँक (एडीबी)को टोलीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । १० गते देखि एडीबीको विशेषज्ञसहित १५ जनाको टोलीले हेलम्बुमा पुगेर पहिरोलो पुर्याएको क्षतीका बारेमा अध्ध्यन गरिरहेका बेला अचानक हिउँपरेपछि उनीहरु हेलम्बुमा फसेका थिए । हिजो देखि हेलम्बुमा भारी मात्रामा हिउँ परेपछि एडीबीको १० जना प्रतिनिधि र ५ जना स्थानीय पथप्रदर्शक फसिरहेका थिए । उनीहरुको आज बिहान हेलिकोप्टरमार्फत् उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनुभयो । एक जना पथप्रदर्शक अनुसार उक्त हेलम्बु क्षेत्रमा ६–७ फिट हिउँ जमेको छ ।हिजो(बुधबार)राति देखि बाक्लो हिउँ परेपछि उनीहरू बस्दै आएको टेन्टसमेत हिमपहिरोले बगाएपछि उनीहरुको बिचल्ली भएको थियो ।
उनीहरु टेन्टमा बसेर पहिरोको अध्ययन गरिरहेको बेला भएको हिमपातको कारण समस्यामा परेका थिए। रक्षा र गृह मन्त्रालयको पहलमा हिउँमा फसेकाहरुको उद्धार गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।