आप्रवासनको प्रभाव र कामदारको बहिष्करणवाट समुदायमा उत्पन्न हुने असर र त्यसको न्यूनिकरणको बारेमा समुदायका अगुवाहरुसाँग सामी परियोजनाले चौतारामा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको आर्थिक सहयोगमा सामी परियोजना अन्र्तगत सुरक्षीत वैदेशिक रोजगारी सम्वन्धमा भइरहेको गतिविधिबारे सरोकारवाला निकायसँग
हेल्भेटास नेपालका कार्यक्रम अधिकृत भोजराज सुनुवारले वैदेशिक रोजगारीको वर्तमान अवस्था र चुनौती बारे जानकारी दिनुभएको थियो । सामी परियोजना सिन्धुपाल्चोकका कार्यक्रम सँयोजक अरुण पौडेलले सुरक्षित आप्रवासन परियोजना (सामी)को बारेमा बताउनुभएको थियो ।
सामीले गरेको कार्यहरुमा मनोसामाजिक परामर्स, सीपमूलक तालिम, अन्तरक्रिया गोष्ठी र सचेतनाको कार्यक्रम रहेको छ । सामीले जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क नै खडा गरेर निरन्तर सुरक्षित बैदेसिक रोजगारी सम्वन्धि कानुनी र व्यवहारीह परामर्स दिदै आईरहेको छ ।
यसरी प्रदान गर्ने सेवामा समीले लिएको लक्ष्य भन्दा बढीलाई सेवा प्रदान गरेका कुरा सार्वजनिक गरेको छ सिन्धुपाल्चोकमा मात्र ५ हजार ८ सय ७ जनाले सेवा पाएका छन् ।
अेल्भेटाु नेपालका कार्यक्रम अधिकृत सुनुवारका अनुसार सामीले नेपालको ३९ जिल्लामा सुरक्षित बैदेसिक रोजगारी सम्वन्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । सुनुवारका अनुसार प्रतिवर्ष ४ लाख ५० हजार श्रमशक्ति आन्तरिक श्रमबजारमा छन् र दैनिक १५ यस देखी १७ सयसम्म बैदेसिक रोजगारीमा जाने गरेका छन् ।
यसरी नेपालवाट बैदेसिक रोजगारीको सिलसिलामाप्राय मलेसिया, साउदी, कतार, दुवै,लेवलायन जस्ता खाडीमूलुकहरुमा जाने गरेको सामीले जानकारी दिएको छ । सामीको रेकर्ड अनुसार ७५ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र १ प्रतिशत मात्र दक्ष कामदार बिदेसिने गरेको छ । प्राय विदेसिने नेपालीहरु २० वर्षदेखी ४४ वर्ष उमेर समूहका रहेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका निमित्त प्रमुख तथा पशु विकास अधिकृत अर्जुन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी , महिला स्वयमसेविका , शिक्षकहरु , प्रहरी तथा अभियानकर्मीहरको सहभागिता रहेको थियो । सामी परियोजनाले सिन्धुपाल्चोकका चौतारासाँगाचोकगढी , नगरपालिका , बाह«विसे नगरपालिका, पाँचपोखरी गाउँपालिका र हेलम्बु गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
