सम्पर्क

मेलम्चीमा बालबालिकाको नेतृत्व विकास सम्बन्धी तालिम सुरु

मेलम्चीमा वडा स्तरीय बालसञ्जाल र नगर बाल सञ्जाललाई बाल अधिकार , बालसमुह परिचालन र नेतृत्व विकास सम्बन्धी ३ दिने तालिमसुरु भएको छ । मेलम्ची नगरपालिकाद्धारा बालमैत्रि वडा घोषणाका लागि कार्यक्रम आरम्भ भएका वडा नम्बर ५,७,र ८ का वडा बाल सञ्जाल र नगर बालसञ्जालका विद्यार्थीहरुको लागि ३ दिने तालिम प्रदान गरिएको हो । तालिमको उद्घाट गर्दै मेलम्ची नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले बालमैत्री स्थानीय शासन अबलम्बन गर्ने नीति अनुरुप मेलम्ची नगरपालिकाले काम थालेको बताउनुभयो । उहाँले बालमैत्री वडा घोषणा गर्नका लागि तयारी स्वरुप तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले तालिममा सिकेका कुराहरु आफ्नो विद्यालय र समाजमा लागुगर्नुपर्नेमा जोड दिनुभयो । तालिम नगरपालिकाका कर्मचारी अम्बिका डोटेलले संचालन गर्नुभएको थियो । तालिमको बालकल्याण अधिकारी झपेन्द्रराज खरेल , शिक्षा अधिकृत सुदिनराज बुढाथोकि ,बालमैत्रि सहजकर्ता केशव पौडेल र अम्बिका डोटेलले सहजिकरण गर्नुहुनेछ । तालिममा राष्ट्रिय बाल कल्याण परिसद्का सदस्य तिलोत्तम पौडेल मुख्य प्रशिक्षकका रुपमा रहनुुहुनेछ ।