सम्पर्क

कांग्रेस जिल्ला सभापति बन्न प्रेमध्वजद्धारा त्रिविको उपप्राध्यापकबाट राजीनामा

नेपाली कांग्रेसको जिल्ला सभापति उम्मेदवार बन्न सिन्धुपाल्चोकका नेता डा. प्रेमध्वज लामाले त्रिभुवन विश्वविद्यालयको जागिरबाट राजीनामा दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक रहनुभएका डा. लामाले विश्वविद्यालयमा राजीनामा बुझाउनुभएको हो । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएको मुख्य कार्यालय सहायक ईन्द्रकुमारी महर्जनले जानकारी दिनुभयो ।
कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन पुस २७ गते हुँदैछ । लामा शेरबहादुर देउवा पक्षबाट सभापतिका उम्मेदवार बन्ुभएको छ । उहाँलाई मोहन बस्नेतको साथ रहेको छ ।

लिसंखुपाखर गाउँपालिकाका लामाले महाधिवेशन प्रतिनिधिमा मोहन बस्नेतपछि दोस्रो लोकप्रिय मत पाउनुभएको थियो । उहाँले एक महिनाअघिमात्र त्रिविबाटै ह्योल्मो समुदायको संस्कृति र परिवतिृत आयाम विषयमा पीएचडी गर्नुभएको हो ।

हालै उच्च अदालत र निर्वाचन आयोगले समेत सरकारी कर्मचारी, शिक्षक र प्रध्यापकलाई राजनीतिक दलको संगठनमा बस्न र महाधिवेशन प्रतिनिधि बनेमा कारवाही गर्ने चेतावनी दिएपछि लामाले राजिनामा दिनुभएको हो ।