सम्पर्क

जनता माविका ६२ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

मेलम्ची नगरपालिका – ९ ज्यामिरेमा रहेको जनता माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित मासिक शुल्कसमेत एक सँस्थाले सहयोग गरेको छ ।
फ्रान्सस्थित विश्वका महिलाहरुका लागी आवाज नामक सँस्था मार्फत निराजन खड्काको पहलमा जनता माविमा कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई उक्त सहयोग गरिएको हो । सहयोग गरिएको सामग्रीहरुमा स्कुल युनिफर्म, स्टेशनरी, झोला, किताब लगायतको सामग्री र मासिक शुल्कसमेत गरी जनही रु. ४ हजार ८ सय ४८ बराबर एकमुष्ठ ३ लाख २ हजार आँठसय ६२ रुपैयाँ रहेको विद्यालयका प्रधानाध्यापक केदार विष्टले जानकारी दिनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवराज खड्काको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी तथा पूर्व प्रधानपञ्च गोपालबहादुर खड्का , विद्यालयका पूर्व अध्यक्ष द्धय किरणदिप खड्का र दिपक पुरी, एमाओवादी ९ नम्बर वडा कमीटी अध्यक्ष बासुदेव कटुवाल लगाएतको सहभागिता रहेको थियो ।