प्रेस चौतारीद्धारा स्वर्गीय पत्रकार नानीराम नेपालको परिवारलाई ११ लाख हस्तान्तरण गरेको छ ।
स्वर्गीय पत्रकार नेपालको ४५ औ पुन्यतिथीको दिन पारेर कोष स्थापना गरी उक्त रकम विभिन्न ब्यक्तीहरुले सहयोग गर्नुभएको हो । प्रस चौतारीले सँकलन गरेको १० लाख र नेकपा (एमाले) वलेफी गाउँपालिका कमिटीले सहयोग गरेको एक लाख गरी जम्मा ११ लाख नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पुर्व प्रदेश मन्त्री अरुण नेपालले हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पुर्व प्रदेश मन्त्री सरेश नेपाल, एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल , बलेफी गाउँपालिकाको अध्यक्ष केदार क्षेत्री, बाह«बिसे नगरपालिकाको मेयर निम्फुञ्जो शेर्पा , लिसँखुपाखर गाउँपालिकाको अध्यक्ष कमल नेपाल , सञ्चारकर्मी, एमालेका नेता तथा विञ्जेलका स्थानिय लगायतको सहभागिता रहेको
