

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं. १३ मा रहेको ठुलो सिरुवारि साना किसान कृषि सहकारि सस्थाको तेश्रो साधरण सभा शनीवार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न १३ का वडा अध्यक्ष एवँ नगर सामाजिक बिकास शाखाका संयोजक रामप्रसाद गौतमले मैन बत्ति बालेर साधरण सभाको उद्घाटन गर्नुभएको थियो ।
साधरण सभाको उद्घाटन गर्दै गौतमले बर्तमान समयमा सहकारी क्षेत्रको बिकासका लागी नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उँहाले सहकारीका माध्यमबाट गरेका हरेक कार्यक्रमहरु सफलतातिर अगाडि बढेको बताउँदै ठुलो सिरुवारिमा भएको ठुलो सिरुवारी साना किसान कृषी सहकारी सँस्थाले ठुलो सिरुवारिकै पहिचान बोकेर कामगरिरहेको बताउनुभयो । उँहाले सहकारीहरु धेरै भएतापनी ठुलो सिरुवारीमा चार वटा सहकारी सक्रीय रहेको पाइएको हुँदा निष्क्रीय रहेका सहकारीहरुलाई पनी समेटेर एकिकृत गर्दै सहकारी सस्थाहरुलाई अगाढी बढाउँन कार्यदल समेत गठन भएकाले उक्तकार्यदललाई छिट्टै सहकारी एककिरणका लागी काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमकाबिशेष अतिथीचौतारा साँगाचोकगढी नगरपालीकाका नगर सहकारी अधिकृत दुर्गा प्रसाद ढुगेंलले संघीयता लागु भएपछी स्थानिय सरकारले आफ्नै निती र नियम निर्माण गरेर सक्रिय रहेका सहकारीहरुलाई प्रोत्साहन बापत अनुदानको ब्यबस्थ ागरिरहेको बताउँदै नगरपालीकाबाट सक्रीयताका आधारमा सहकारीलाई अनुदान दिइएको बताउँदै सबै सहकारीहरु सक्रीय रुपमा काम गर्नुपर्ने बताउँनुभयो ।
कार्यक्रममा सहकारिका तर्पmबाट प्रतिबेदन प्रस्तुत गर्दै अध्यउक्ष कुल प्रसाद दाहालले परम्परागत कृषि प्रणाालिलाई परिबर्तन गरी परम्परागत कृषि प्रणाालीलाई परिबर्तन गरि ब्यबसायिक खेती गर्नका लागि कृषकहरुलाई आबश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले आयआर्जन मुलक कार्यका लागी पशुपालन ब्यबसायीलाइ गोठ सुधार तथा ब्यबस्थापनका लागि आबश्यक सहयोग जुटाउन पहल गर्ने र पशु बिमाको ब्यवस्थालाई अझ ब्यवस्थित गरिने बताउनुभयो । आगामि दिनमा पुष्प खेति लाई समेत प्रोत्साहन गरिने उहाँले बताउनुभयो । सँस्थाको प्रबन्धक करुणा तामाङले आथ्एिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सँस्थामा १ हजार १ सय ९१ जना शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा सँस्थाको कार्यक्रमलाई प्रचार प्रसारमा सहयोग गरेको भन्दै लोकप्रिय नेत्रज्योति सञ्चार समुहका नेत्र बहादुर बस्नेत लगायत सहकारिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई विशेष धन्यबाद ब्यक्त गर्नुभयो । कार्यक्रममा वडा सदस्य लिला बहादुर गिरी (सन्तोष) गाउँ बाल संरक्षण समितिका अध्यक्ष हरिबिक्रम नेपाल ,नेत्र ज्योती कृषी सहकारी सस्था तथा सानाकिसान सहकारीका पुर्ब अध्यक्ष शिब बहादुर केसी
नयाँ कृषी अभीयान सहकारी सस्थाका अध्यक्ष गणेश ढुङगेल, नारायण गौतम,इन्द्र बहादुर नेपाल, लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सस्थाका सचिब होमनाथ चौलागाइले गर्नु भएको थियो भने उपस्थित हरुमा सस्थाका उपाध्यक्ष राम प्रसाद चौलागाइले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सस्थाको कार्यक्रमलाई प्रचार प्रसारमा सहयोग गरेको भन्दै लोकप्रिय नेत्रज्योति सञ्चार समुहका कार्य कारी प्रमुख तथा नेत्रज्योती कृषी सहकारी सस्ंथाका ब्यबस्थापक नेत्र बहादुर बस्नेत लगायत सहकारिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने लाइ सम्मान गरिएको उक्त कार्यक्रम सेती देबी माध्यमिक बिद्यालयको प्रागंणमा भएको थियो ।
