सम्पर्क

राप्रपाको पहीलो बैठकमै एमालेका नेता प्रबेस

सिन्धुपाल्चोराष्टिय प्रजातन्त्र पाटि सिन्धुपाल्चोकको पहिलो कार्य समितिको बैठक जिल्ला पाटि अध्यक्ष निलध्वज थापाको अध्यक्षतामा आईतबार पाटि कार्यलय चौतारामा बसेको छ। केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरि को प्रमुख अतिथयतामा र अर्का केन्द्रिय सदस्य एस्मिन ढुङ्गना को विशेष अतिथ्यतामा बैठक बसेको हो । उक्त बैठकमा नेकपा एमाले परित्याग गरि  ईन्द्रावति गाउपालिका ९ नम्बर को एमाले बाट५४ सालमा निर्बाचित वडा सदस्य सोम बहादुर श्रेष्ठ लगायत राप्रपामा प्रबेस गर्नु भएको थियो । नव प्रबेशि लाई केन्द्रीय सदस्य ठकुरिले झण्डा प्रदान गर्नु भयको थियो भने जिल्ला सभापति निलध्वज थापाले सदस्यता प्रदान गर्नु भयको थियो । अर्का केन्द्रीय सदस्य एस्मिन ढुङ्गना र क्षेत्र न १ प्रदेस सभा ख का अध्यक्ष जित बहादुर भारतिले अबिर लगायर स्वागत गर्नु भयको थियो। त्यसै गरि

प्रमुख अतिथि केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरिले पौष २७ गते पृथ्बी जयन्ति मनाउन सबैलाई निर्देशन दिदै अब जिल्ला कार्य समिति ,केन्द्रीय समति हरु ले पावर मा होईन स्थानिय वडा समितिले गरेको निर्णयलाई मान्यता दियर निर्बचनमा टिकटको ब्यबस्था गर्ने बताउँनु भयो । ठकुरिले काम गर्ने पदाधिकारिलाई प्रोत्साहन गर्ने र पाटिको काम नगर्नेलाई कार्बाहि गर्ने नीति लियको हुँदा त्यहि अनुसार गर्न गराउन अनरोध गर्नु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य एस्मिन ढुङ्गनाले हरेक पालिका ले समयमा बैठक बस्न पर्ने र आगामि निर्बाचनमा राप्रपाबाट निर्बाचन लड्ने उम्मेद्वार समेतको चयन गर्न वडा समितिलाई निर्देशन दिदै विभिन्न भात्रृ सङ्गठन गठन गर्न भन्नू भयो । त्यसै गरि क्षेत्र न १ का प्रदेस ख का अध्यक्ष जितबहादुर भारतीले प्रदेस सभाको हरेक पटक बस्ने बैठकले स्थानिय पाटि सङ्गठनलाई बलियो बनाउनका लागि प्रदेस ख को बैठकमा २७वटै वडाका वडाअध्यक्ष समेत भेला गरेर पाटि लाई बलियो बनाउन लागि पर्ने बताउँनु भयो । उँहाले चौतारा साँगाचोकगढी नगर कार्य समितीलाइ कार्यलय सञ्चालन गर्नका लागी पच्चीस थान कुर्सी,टेबुल र दराज समेत आफुले उपलब्ध गराउँने बताउँनु भयो । यसै गरि क्षेत्र न १ का अध्यक्ष रामेश्वर खड्काले पाटी लाइ आगामी दिनमा नँया ढगं बाट अगाडी लैजाने बताउँनु भयो । खड्का ले पुर्बअधयक्ष हरु ले पनि पाटिको समस्याका बारेमा जानकार भयकाले उँहाहरुपनि बैठकमा उपस्थित भयर सल्लाह दिन पर्ने बताउनु भयो ।यसै गरी २ न क्षेत्रिय सचिब देवराज गुरुङ्गले २ न क्षेत्रलाईआगामि दिनमा राप्रपा बलियो पाटि बनाउन सबै लागि पर्नु पर्ने बताउनु भयो२ नम्बर क्षेत्रमा रहेको ४९ वटा वडा मध्य कम्तिमा पनि २० वटा वडामा चुनाव जिताउन को लागि २ न क्षेत्र लागि परेको बताउनु हँदैपाटि झोलामा होईन समाजमा देखाउन पर्ने बताउनु भयोराष्टिय प्रजातन्त्र पार्टिको १२ वटै पालिकाका अध्यक्ष, चारवटै प्रदेसका अध्यक्ष निर्बाचित पदाधिकारि तथा क्षेत्रिय अध्यक्ष जिल्लाकार्य समितिका पदाधिकारि हरु बिच भएको बैठकमा सहभागीहरुले पार्टिका गतिबिधिहरुलाई सक्रिय रुपमा अगाडि बढाउन पर्ने बतायका थिए ।राप्रपा पाँचपोखरि थाम्पाल गाउकार्य समितिका अध्यक्ष भिम बहादुर गुरङ्ग, राप्रपा सुनकोसी गाउँपालिकाका अध्यक्ष देबि प्रसाद न्योैपाने , राप्रपा जुगल गाउँपालीकाका अध्यक्ष कृष्ण बहादुर सिलवाल, राप्रपालिसंखु पाखरगाउँपालीका का अध्यक्ष चक्रबहादुर केसी राप्रपा त्रिपुरा सुन्दरी गाँउपालीकाका अध्यक्ष बम बहादुर जिरेल राप्रपा इन्द्रवाती गाँउपालीकाका अध्यक्ष बृजेस हिमालय, राप्रपामेलम्ची नगरपालीकाका अध्यक्ष जिबनाथ घोरासैनि,राप्रपा बाह्र्बिसे नगरपालकिाका अध्यक्ष रामशरण राउत, राप्रपा चौतारा साँगाचोकगढी नगरपालीकाका अध्यक्ष शेर बहादुर ठकुरीलगायतले आआफना पालीकाका गतिबिधी र भाबी योजनाका बारेमा जानकारी गराउँनु भएको थियो । बैठकमा जिल्ला पाटि अध्यक्ष थापाले आगामि निर्बाचनका लागि सबै तहका कार्यकर्ताहरु एक भएर पाटिलाइ जिताउन लाग्न पर्ने बताउनु भयो। जिल्ला अध्यक्ष निलध्वज थापाले हरेक पालिकामा पाटी सञ्चालनको लागि शूरुमा प्रति पालिका लाई पच्चिस हजारका दरले दिने र हरेक पालिकालाई मासिक पाँचहजारका दरले जिल्ला कार्य समितिको तर्फ बाट उपलब्ध गराउने बताउनु भयो ।त्यसै गरि हरेक महिनाको अन्तिम आईतबार नियमित बैठक बस्ने समेत जानकारि दिनु भयो ।उँहाले पाटी सबैको साझा भएकाले सबै ले मिलेर काम गर्न पर्ने ,काम गर्न चाहानेलाइ समेटेर कामको जिम्मेवारी दिने बताउँदै जसले जे गर्न सक्छ त्यसलाइ त्यही जिम्मेवारी दिएर पाटीलाइ अगाडी बढाउँने बताउँनु भयो ।कार्यक्रममा जिल्ला कार्य समितिले केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरी एस्मिन ढुङ्गना लाई सम्मान गरियको थियो भने अर्का केन्द्रीय सदस्य निर्मला श्रेष्ठ अनुपस्थिति रहनु भयकोले सम्मान पत्र त्रिपुरा सुन्दरि गाउपालिका मार्फत प्रदान गरियको थियो । यसै बिच राप्रपाका नेता दिपक थापाले राष्टिय प्रजातन्त्र पाटिका तत्कालिन फुल्पिङ्कोट गाबिस अध्यक्ष प्रत्यासि सुनबहादुर तामाङ्ग २०६० फागुन ६ गते तत्कालिन बिद्रोहि माओबादिबाट हत्या गरेका राप्रपाका शहिदको फोटोे पार्टि कार्यलयमा राख्दै यस्तै शहीदहरुको सम्मान गर्नु पर्ने बताउँनु भयो । ।