सम्पर्क

विद्यालयका लेखा हेर्ने कर्मचारी र प्रअलाई मेलम्चीमा तालिम

देवराज सुवेदी

मेलम्ची नगरपालिकाका बिद्यालयका माध्यमिक तहका लेखा हेर्ने कर्मचारी तथा आधरभुत तहका प्रधानाध्यापकलाई बिद्यालय लेखा हेर्ने तालिम आज बाट मेलम्चीमा सुरु भएको छ । २७ वटा बिद्यालयका २७ जना तालिममा सहभागी छ्न ।उनिहरुलाइ बिध्यालायको लेखा प्रणाली चुस्त दुरुस्त र ब्यबस्थित बनाउने उद्देश्यले सो तालिम आयोजना गरिएको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो । तालिम ५ दिन सम्म चल्ने छ । बाकी बिद्यालयका लागि अर्को चरणमा तालिम संचालन गरिने पुडासैनीले बताउनुभयो । तालिमको सहजीकरण मेलम्ची नगरपालिकाका लेखा अधिकृत पुडासैनी सहायक लेखापाल श्याम शरण थापा जिन्सी शाखा प्रमुख जयराम घोरासैनिले गरिरहनुभएको छ ।