सम्पर्क

Month: २०७८ मंसिर ६ सोमबार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको हो । सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुनुहुन्छ । त्यसैगरी ईन्द्रावती गाउँपालिका वडा नं. ५ कोईरालाटार स्थित कच्ची सडक खण्डमा कोईरालाटारबाट धुसेनी तर्फ जादै गरेको लु २ त ८३०४ नम्बरको ट्याक्टरको टायरले नयाँबस्ती बस्ने पुर्ण बहादुर माझीको छोरा बर्ष ३५ को श्याम बहादुर माझीलाई किच...

राम बहादुर कार्कीको जीवन परिवेश समेटिएको ग्रन्थ लोकार्पण

ब्रेकिङ न्युज १, साहित्य
समाजसेवी , शिक्षा प्रेमी तथा राजनितिका त्रिआयामिक ब्यक्तित्व राम बहादुर कार्कीको जीवन परिवेश समेटिएको ग्रन्थ ‘विवृत जीवन’ लोकार्पण गरिएको छ । कार्कीको ७७ औं जन्मोत्सवको अवसर पारेर सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा विवृत जीवन प्रकाशन समितिले तीन वर्षको मेहनतपछि पुस्तक तयार पारी आज नेपाल सरकारका पुर्व सचिव पुण्यप्रसाद न्यौपानेले सो पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण पछी मन्तब्य राख्दै नेपाल सरकारका पुर्व सचिव न्यौपानेले रामबहादुर कार्की एउटा सँघर्षको र स्वाभिमानको प्रतिक भएको वताउनुभयो । उहाँले रामबहादुर परिवर्तनको धार भएको बताउँदै आगामी दिनका लागी यस्ता पुस्तक प्रकाशनले सभ्यताको जगेर्ना गर्ने धारणा राख्नुभयो । चौतारा सँँगाचोकगढी नगरपालिकाका प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद पौडेलले मर्नुभन्दा अगाडी धेरै बाटाहरु हिड्नुपर्ने बताउँदै नगरपालिकाले यस्ता मुर्धन्य ब्यक्तिहरुको पुस्...

राप्रपा क्षेत्रिय अध्यक्षमा कुमारी तामाङ

ब्रेकिङ न्युज १, राजनिती
राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को अध्यक्षमा कुमारी तामाङ निर्वाचित हुनुभएको छ । राष्ट्रीय प्रजातान्त्रिक महिला सँगठनको केन्द्रीय महासचिव समेत रहनुभएको तामाङको अध्यक्षतामा १४ सदस्यीय कमिटी निर्वाचित भएको छ । कमिटीको सदस्यहरुमा सुनकाजी तामाङ, रेशम बहादुर श्रेष्ठ, गाँगा प्रसाद दुलाल , विदुर प्रसाद घोरासैनी, देवराज गिरी, प्रेम बहादुर तामाङ, मन कृष्ण ठकुरी, बेखराज शाही, प्रल्लाद सापकोटा, देबराज गुरुङ, बिर बहादुर तामाङ, पुन्य प्रसाद सापकोटा र सोम बहादुर सापकोटा रहनुभएको छ । कार्यसमितीको पदाधिकारीहर भने पछी मनोनित गरिने बताईएको छ ।    ...

सिन्धु काँग्रेसको अधिवेशन तालिका सार्वजनिक

राजनिती, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशनलाई सफल बनाउने उदेश्यले निर्वाचन तालिका र केन्द्र छनोट गरिएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोकको निर्वाचन अधिकृत देव बहादुर महतका अनुसार गाउँपालिका ÷ नगरपालिकाको मतदान केन्द्र सम्वन्धीत पालिकाको पायक पर्ने केन्द्र, प्रदेश सभा निर्वाचनका लागी क्षेत्र भने क्षेत्र नम्बर १ को (क) को बाह«विसे, प्रदेश ख को लामोसाँघु , क्षेत्र नम्बर २ को को प्रदेश (क) को चौतारा र प्रदेश (ख) को मेलम्चीमा अधिवेशन हुनेछ । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ को बाह«विसे र निर्वाचन क्षेत्र नं. २ को मेलम्चीमा अधिवेशन हुने निर्वाचन अधिकृत महतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अधिवेशन भने चौतारामा हुने वताईएको छ । मतदान स्थल भने पछी जानकारी गराईने बताईएको छ । नगरपालिका र गाउँपालिकाको अधिवेशन आज हुदैछ । सँघिय क्षेत्र नम्बर प्रदेशको निर्वाचन ८ गते , क्षेत्रिय निर्वाचन १०÷११ ...

लोेकप्रिय नेत्रज्योतीको भवन बनाउन सहयोगी हात जुट्दै

ब्रेकिङ न्युज १, समाचार
लोेकप्रिय नेत्रज्योती सञ्चार समुहको भवन निर्माणका लागी आर्थिक सहयोग गर्ने हातहरु जुट्न थालेका छन् । समुहको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा निर्माण हुन लागेको भवन निर्माणका लागी नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को सभापती , युवा नेता आईतमान तामाङ (ज्ञानु)ले ५१ हजार एक सय रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापाले भवन निर्माणका लागी ५१ हजार रुपैयाँसहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ भने थापा ईन्टरप्राईजेज का प्रोपाईटर भुपेन्द्र थापाले ३५ बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का सभापती विनोद तामाङले पनी २५ हजार रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । लोेकप्रिय नेत्रज्योती सञ्चार समुहका कार्यकारी प्रमुख नेत्रबहादुर ...

जुगलमा गाउँमै योजना सम्झौता र बैंक खाता सञ्चालन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले सिंहदरबारको झझल्को गाउँमै दिएको छ । गाउँपालिकामा हुने योजना सम्झौताको काम वडाबाटै हुँदा स्थानीयलाई निकै सहज भएको छ । वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता र बैंक खाता वडा कार्यालयबाटै खोलेर जनतालाई सुविधा दिएको प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर बिकले बताउनुभयो । गाउँपालिकाको आ.व. ०७८÷७९ को स्वीकृत कार्यक्रम मध्ये उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने योजना सम्झौता प्रक्रिया निरन्तर चलिरहेको उहाँले बताउनुभयो । वडा नं २ गोल्चे मा १६ , वडा नं ३ गुम्बामा १८ , वडा नं ६ हगाममा १३ वटा, वडा नं ७ याङलाकोटमा १४ वटा गरि ६१ योजना सम्झौता सम्पन्न भएको समेत उहाँले जानकारी दिनुभयो । एनसिसि बैंकसंगको साझेदारीमा बैंक खाता समेत फिल्डमै खोलिएको छ । सम्झौता पश्चात उपभोक्ता समितिलाई अभिमुखिकरण समेत गरिएको छ । गाउँमै सबै किसिमको सेवा पाउँदा स्थानीय खुसी भएको बताए । स...

तेक्वान्दोका खेलाडिहरुको ग्रेडिङ सम्पन्न

खेलकुद, समाचार
हिराहरि तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी सानोसिरुवारिमा जुनियर तथा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखी दोस्रो डान कालोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका प्रज्वल सापकोटा, रोनिशा घले, पहेलो पेटिका अभिनाश कार्की,अनमोल कार्की ,पहेँलो ÷हरियो हरियो पेटी तर्फभने दावा तामाङ र दोर्जे तामाङ डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण भएका छन् । तेस्तै गरि सिनियर तर्फ सहभागी कालो पेटी प्रथम डान र कालो पेटी दोस्रो डानको ग्रेडिङमा सहभागी प्रशिक्षार्थी पनि उतिर्ण हुन सफल भएको छ । कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिकाका समाजिक विकास समितिका सह–संयोजक श्री उमाप्रसाद दुलालले खेलाड...

सिन्धुपाल्चोक काँग्रेसको सबै वडा अधिवेशन सम्पन्न

राजनिती, समाचार
नेपाली काँग्रेसको सिन्धुपाल्चोकको अधिवेशन हुन बाँकी २ वटा वडाको अधिवेशन शनिबार सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका बडा नं. ३ र जुगल गाउँपालिका वडा नं. ३ को अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सुनकोशी गाउँपालिका बडा नं. ३ मा ईश्वर लामा र र जुगल गाउँपालिका वडा नं. ३ मा चिनलाल तामाङलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । यि दुवै वडाको अधिवेशन विवादका कारण स्थगित भएको थियो ।...

माओवादी केन्द्रको देशभरका वडामा अधिवेशन ,सिन्धुपाल्चोकमा पनी भब्य रुपमा सम्पन्न

ब्रेकिङ न्युज १, राजनिती
नेकपा (माओवादी केन्द्र) ले शनिवबर देशभर एकसाथ पार्टीको वडा अधिवेशन गरेको छ । आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले शनिबार वडा अधिवेशन गरेकोे केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नुयो । माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाएको थियो । अन्तरिम विधान २०७८ मा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ । माओवादीले सदस्यता नवीकरण पनि टुंग्याएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् । ११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प...

काँग्रेसको मेलम्ची नगर सचिवमा दुलालद्धारा उम्मेदवारी घोषणा

राजनिती, समाचार
नेपाली काँग्रेस मेलम्ची नगरपालीका वडा नं. ११ का निवर्तमान सभापती तथा युवा नेता गणेश दुलालले नगर सचिवमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेस मेलम्ची नगरपालिका – ७ द्धारा आयोजित प्रदेश मन्त्री निमा लामालाई बधाई दिन आयोजित कार्यक्रममा मन्तब्य राख्दै दुललाले नगर सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो । गुटवन्दीमा नलागी काँग्रेस एकजुट हुने हो भने मेलम्ची नगरमा काँग्रेसले विजयीको झन्डा फहराउने बताउँदै दुलालले अवको चुनाबमा जिल्लाभरबाट काँग्रेसलाई जिताउन आफ्नो अहम भुमिका हुने समेत बताउनुभयो । नेविसँघको राजनितिबाट काँग्रेसको राजनितिमा छिर्नुभएका दुलाल मेलम्चीमा प्रभावशाली नेताको रुपमा चिनिनुहुन्छ ।  ...