सम्पर्क

Month: २०७८ मंसिर १४ मंगलवार

वार्हविसेमा वित्तिय साक्षरता सम्बन्धी अन्तर्क्रिया

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको वार्हविसे नगरपालिकामा वैदेशिक रोजगारमा संलग्न परिवारका महिलाका लागि गरिएको वित्तीय साक्षरता कक्षाको सान्दर्भिकताको विषयमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम गरिएको छ । वैदेशिक रोजगारीबाट आएको रेमीट्यान्सलाई सुरक्षित गरि बुझ्ने, बचत गर्ने र उचित ठाउँमा उचित तरिकाले लगानी गर्ने क्षमताको विकासका लागि नेपाल सरकार र स्विस सरकारको द्धिपक्षीय परियोजनाको रुपमा सामी÷ हेल्भेटासको प्राविधिक सहयोगमा वित्तिय साक्षरता कक्षा सुरु गरिएको हो । साक्षरता कक्षाको लागी डिप्रोक्स नेपालले प्राविधिक सहयोग गर्दै आईरहेको छ । अन्तर्क्रिया कार्यक्रममा बोल्दै वार्हविसे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माले ब्यवसाय गर्न आत्मादेखीनै जागरुक हुनपर्ने र आत्मादेखी गरेको काम सफल हुने हुँदा नगरपालिकामा जुन ब्यवसाय गर्ने हो सोहि ब्यवसायको सीप सिक्न आग्रह गर्नुभयो । उहाँले किसानहरुको मा...

जोखिम मूल्याँकन सर्वेक्षणका निष्कर्षहरु सार्वजनिक

ब्रेकिङ न्युज १, समाचार
सुरक्षा परियोजना सिन्धुपाल्चोकले जोखिम मूल्याँकन सर्वेक्षणका निष्कर्षहरु सार्वजनिक प्रकाशन, मिडिया साझेदारी र सरोकारवाला निकायहरुसँग परामर्श तथा पैरवी कार्य सम्वन्धी कार्यशाला वैठक चौतारामा सम्पन्न गरेको छ । टियरफन्ड नेपालको सहयोग तथा चौतारा साँँगाचोकगढी र मेलम्ची नगरपालीकाको समन्वय तथा शान्ती फाउन्डेशनको आयोजनामा वैठक राखिएको थियो । एचआईभी सँक्रमित महिलाहरुवाट सँचालित सँस्थाले सिन्धुपाल्चोकसहित नेपालको सात जिल्लामा काम गरिरहेको सँस्थाका हिरा खड््काले जानकारी दिनुभयो । खड्काका अनुसार चौतारा साँगाचोकगढी नगरपालीकाको वडा नं. ५ र मेलम्ची नगरपालीकाको वडा नं. ७ मा जोखिममा रहेका महिला र बालबालीकाको सहयोगका लागी सँस्थाले काम गरिरहेको छ । वैठकमा बोल्दै चौतारा साँगाचोकगढी नगरपालीकाको वडा नं. ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले आयआर्जनको वातावरण नभएका धेरै महिलाहररु भएकाले सँस्थाले जनचेतनासँगै आयआर्जनस...

अनलाइन सञ्चार माध्यमलाई सरकारी विज्ञापन दिन्छौं ः मन्त्री शर्मा

समाचार
अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइन सञ्चार माध्यमलाई पनि सरकारी विज्ञापन दिने बताउनुभएको छ । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशनमा मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मूल्याङ्कन गरेर अनलाइन सञ्चार माध्यमलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेको भन्दै चाँडै प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । ‘सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन् उहाँले भन्नुभयो । अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको उद्देश्य परिर्वतनलाई संस्थागत गर्ने रहेको बताउनुभयो ।    ...

दालचिनीको अनेकौ फाइदा

जिबनशैली
दालचिनी अधिकांशको भान्सामा सहजै पाईन्छ । खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ । स्वादको लागि मात्र नभई दालचिनी कयौ रोगका घरेलु उपचार पनि हो । दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ र यो कुरा कमैलाई मात्र थाहा छ । सीलोन दालचिनी (म्याक्सिकन दालचिनी), कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी । सिलोन दालचिनी अन्य दालचिनीभन्दा फरक हुन्छ । यो दालचिनी वर्म रुखबाट उत्पादन हुन्छ । सिलोन दालचिनीका विभिन्न फाइदाहरु छन्, जुन यहाँ उल्लेख गरिएका छन् ः मधुमेहका लागी फाइदाजनक मधुमेहका बिरामीका लागि सिलोनको दालचिनी निकै फाइदाजनक मानिन्छ । यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गरी शरीरमा इन्सुलिन प्रतिरोधलाई कम गर्दछ। त्यसैले सिलोन दालचिनी मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ । क्यान्सरको जोखिम घटाउँछ क्यान्सर रोगको अहिलेसम्म कुनै उपचार छैन । तर सिलोन दालचिनी क...

सिन्धुपाल्चोक कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाको जिल्ला अधिवेशन अनिश्चित भएको छ । पछिल्लो समय मंसिर १४ र १५ गतेको लागि तय भएको अधिवेशन सोमबार साँझ जिल्ला निर्वाचन अधकृत देबवहादुर महतले एक सूचना प्रकाशन गर्दै स्थगित भएको जानकारी दिनुभएको छ । नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृतले एक सुचना जारी गर्दै क्षेत्रिय अधिवेशनमा महाधिवेशन प्रतिनिधीको मतपरिणाम ढिला आउनु , प्रदेश अधिवेशन १६ र १७ गते तोकिएकाले अधिवेशन स्थगित गर्नुपरेको जनाउनुभएको छ । सुचनामा अधिवेशन स्थगित भएको जनाएतापनि अधिवेशनको अर्को मिति भने तोकिएको छैन । प्रदेश अधिवेशन पश्चात जिल्ला कार्यसमिती, केन्द्रीय निर्वाचन समितीसँग छलफल गरी निर्वाचन तालिका सार्वजनिक गरिने जिल्ला निर्वाचन अधिकृत महतले बताउनुभयो । चौतारामा १३ र १४ गते हुने भनिएको अधिवेशन आइतबार मात्रै चौताराबाट मेलम्चीमा गरिने सुचना प्रकाशन भएको थियो ।  ...

जन्मदिनको अबसर पारेर राप्रपा केन्द्रीय सदस्यमा खनालद्वारा उम्मेदवारी घोषणा

ब्रेकिङ न्युज १, राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकका युवा नेता भीमसेन खनालले आफ्नो जन्मलिनको अबसर पारेर पार्टीको केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । खनालले पार्टीको मंसिर १५ गतेबाट काठमाडौंमा हुन लागेको एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु हुने भएको छ । आफ्नो जन्मदिनकै अवसर पारेर सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल गाँउपालिका स्याँलेकी मृगौला पीडित मिना गिरीलाई सहयोग गर्दै खनालले उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘एक कुशल र सक्षम युवा समाज र देश निर्माणमा आ आफ्नो ठाउँबाट लाग्नु पर्छ,’ उम्मेदवारी घोषणा गर्दै खनालले भन्नुभयो –‘युवाको काधमा आएको जिम्मेवारी पूरा गर्नुपर्छ र म त्यो पूरा गर्न तयार छु ।’ खनालले आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय एकता महाधिवेशन २०७८ मा खुल्ला तर्फबाट आफ्नो केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो...

ज्यामिरेमा तरकारी संकलन केन्द्र बन्ने

बिजनेस, ब्रेकिङ न्युज २
पाण्डब अधिकारी मेलम्ची नगरपालिका–९, ज्यामिरेमा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्थाको तरकारी संकलन केन्द्र भवन बन्ने भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको भवनको सोमबार बिहान शिलान्यास गरिएको छ । शिलान्यास भवनका जग्गादाता मध्यका गोपालबहादुर खड्काले गर्नुभयो । भवन निर्माण गर्न सहकारीको लागि गोपाल सहित उहाँका छोरा नवराज, भतिजहरु किरणदीप र प्रकाशले जग्गादान गर्नुभएको थियो । भवन बनाउन खड्का परिवारका ४ घरपरिवारले सहकारीको लागि १२ आना जग्गादान दिनुभएको हो । तरकारी संकलन केन्द्र निमार्णको लागि मेलम्ची नगरपालिकाको २० लाख आर्थिक सहयोग रहेको सहकारीका अध्यक्ष केशव बिष्टले जानकारी दिनुभयो । केन्द्र भवन निमार्ण फाल्गुन १५ गतेसम्म सम्पन्न गरिसकिने सहकारीले जनाएको छ ।...

पशुपति शम्शेर जबरा राप्रपा अध्यक्षमा नउठ्ने

ब्रेकिङ न्युज १, राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने हुनुभएको छ उहाँले आफूनिकट नेताहरुसँग आफू अध्यक्ष पदमा नउठ्ने बताउनुभएको हो । मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले औपचारिक कार्यक्रम मार्फत नै उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफूले उम्मेदवारी दिने बताइरहनुभएको छ । तर जबराले भने बुढ्यौली र पार्टीमा सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्ने उद्देश्यले उम्मेदवारी नदिने बताएको उहाँ निकट नेताले बताउनुभयो । ‘४÷४ जना उम्मेदवार भए, अब ८० (वर्ष) तिर टेक्न लागेँ । सर्वसम्मति गरुन् भनेर मार्गप्रशस्त गर्न लागेको हुँ’ जबराको भनाइ उधृत गर्दै उहाँ नेताले बताउनुभयो ।...

जनगणनाको छ महिनाभित्र डाटा इन्ट्री , एक वर्ष भित्र नतिजा

ब्रेकिङ न्युज २, समाचार
मङ्सिर ९ गतेदेखि फिल्डबाट सुरु गरिएको राष्ट्रिय जनगणना सम्पन्न भएपछि केन्द्रीय तथ्याङ्क विभागले छ महिनाभित्र डाटा इन्ट्री गरी एक वर्षभित्र अन्तिम नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको छ । तथ्याङ्क प्रशोधन गर्न आन्तरिक तयारी शुरु गरिएकाले २०७९ कात्तिकभित्र जनगणनाको अन्तिम नतिजा प्रकाशन गर्ने विभागका निर्देशक डुण्डीराज लामिछानेले जानकारी दिनुभयो । विभागले २०७९ जेठ महिनाभित्रमा सबै डाटा इन्ट्री गरिसक्ने छ र त्यसपछि विभिन्न शीर्षकका नजिताहरु क्रमश सकेर कात्तिकभित्रमा राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक प्रशासन गर्नेछौं, लामिछानले भन्नुभयो । विभिन्न चुनौतीका साथ फिल्डबाट जनगणनाको तथ्याङ्क सङ्कलन गर्न सफल भएको विभागले जनाएको छ । विभागले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गरी १५ दिनमा फिल्डमै पुगेर तथ्याङ्क सङ्कलन गरेको थियो । विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना का...

ईन्द्रावतीमा भु– सेवा केन्द्र स्थापना हुने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोको ईन्द्रावती गाउँपालिकावासीलाई सेवा सुविधा दिन गाउँकार्यपालिकाको कार्यालयमा भु–सेवा केन्द्र स्थापना गरिने भएको छ । केन्द्र सञ्चालनका लागी सोमबार अनुमति पत्र प्राप्त गरिएको गाउँपालिका अध्यक्ष बँशलाल तामाङले जानकारी दिनुभयो । केन्द्रबाट जग्गा राजीनामा, अंशबन्डा, नामसारी लगायतका जग्गा प्रशासन सम्बन्धी लिखत तयार पारिने छ । र उक्त लिखत मालपोत कार्यालय कुस्मामा पठाइने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बताउनुभयो । स्थानीय तहबाट भु सेवा केन्द्र स्थापना गरी सेवा दिने ईन्द्रावती तेस्रो स्थानीय तह भएको छ । यसअघि पाँचपोखरी गाउँपालिका र जुगल गाउँपालिकाले अनुमति लिईसकेको छ । केन्द्र स्थापना भएपछि कारोबार गर्न चाहेको विवरण भरी आबस्यक कागजपत्र अपलोड गर्ने अनि लिखत प्रिन्ट गरी सहीछाप सहित सेवाग्राहीलाई मालपोत कार्यालय पठाउने , कारोवारको व्यहोरा अनलाइनमा इन्ट्री गर...