
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने हुनुभएको छ
उहाँले आफूनिकट नेताहरुसँग आफू अध्यक्ष पदमा नउठ्ने बताउनुभएको हो । मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले औपचारिक कार्यक्रम मार्फत नै उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफूले उम्मेदवारी दिने बताइरहनुभएको छ ।
तर जबराले भने बुढ्यौली र पार्टीमा सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्ने उद्देश्यले उम्मेदवारी नदिने बताएको उहाँ निकट नेताले बताउनुभयो ।
‘४÷४ जना उम्मेदवार भए, अब ८० (वर्ष) तिर टेक्न लागेँ । सर्वसम्मति गरुन् भनेर मार्गप्रशस्त गर्न लागेको हुँ’ जबराको भनाइ उधृत गर्दै उहाँ नेताले बताउनुभयो ।
