सम्पर्क

ज्यामिरेमा तरकारी संकलन केन्द्र बन्ने

पाण्डब अधिकारी

मेलम्ची नगरपालिका–९, ज्यामिरेमा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्थाको तरकारी संकलन केन्द्र भवन बन्ने भएको छ ।
मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको भवनको सोमबार बिहान शिलान्यास गरिएको छ । शिलान्यास भवनका जग्गादाता मध्यका गोपालबहादुर खड्काले गर्नुभयो । भवन निर्माण गर्न सहकारीको लागि गोपाल सहित उहाँका छोरा नवराज, भतिजहरु किरणदीप र प्रकाशले जग्गादान गर्नुभएको थियो । भवन बनाउन खड्का परिवारका ४ घरपरिवारले सहकारीको लागि १२ आना जग्गादान दिनुभएको हो । तरकारी संकलन केन्द्र निमार्णको लागि मेलम्ची नगरपालिकाको २० लाख आर्थिक सहयोग रहेको सहकारीका अध्यक्ष केशव बिष्टले जानकारी दिनुभयो । केन्द्र भवन निमार्ण फाल्गुन १५ गतेसम्म सम्पन्न गरिसकिने सहकारीले जनाएको छ ।