
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकका युवा नेता भीमसेन खनालले आफ्नो जन्मलिनको अबसर पारेर पार्टीको केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । खनालले पार्टीको मंसिर १५ गतेबाट काठमाडौंमा हुन लागेको एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु हुने भएको छ ।
आफ्नो जन्मदिनकै अवसर पारेर सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल गाँउपालिका स्याँलेकी मृगौला पीडित मिना गिरीलाई सहयोग गर्दै खनालले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
‘एक कुशल र सक्षम युवा समाज र देश निर्माणमा आ आफ्नो ठाउँबाट लाग्नु पर्छ,’ उम्मेदवारी घोषणा गर्दै खनालले भन्नुभयो –‘युवाको काधमा आएको जिम्मेवारी पूरा गर्नुपर्छ र म त्यो पूरा गर्न तयार छु ।’
खनालले आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय एकता महाधिवेशन २०७८ मा खुल्ला तर्फबाट आफ्नो केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।
खनाल राप्रपाको २०७३ सालको अधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभएको थियो । । सम्मानजनक मत ल्याएर पनि पराजय भोग्नुपरेका खनाल यो पटक पनि सोही पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।
