नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाको जिल्ला अधिवेशन अनिश्चित भएको छ । पछिल्लो समय मंसिर १४ र १५ गतेको लागि तय भएको अधिवेशन सोमबार साँझ जिल्ला निर्वाचन अधकृत देबवहादुर महतले एक सूचना प्रकाशन गर्दै स्थगित भएको जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृतले एक सुचना जारी गर्दै क्षेत्रिय अधिवेशनमा महाधिवेशन प्रतिनिधीको मतपरिणाम ढिला आउनु , प्रदेश अधिवेशन १६ र १७ गते तोकिएकाले अधिवेशन स्थगित गर्नुपरेको जनाउनुभएको छ । सुचनामा अधिवेशन स्थगित भएको जनाएतापनि अधिवेशनको अर्को मिति भने तोकिएको छैन । प्रदेश अधिवेशन पश्चात जिल्ला कार्यसमिती, केन्द्रीय निर्वाचन समितीसँग छलफल गरी निर्वाचन तालिका सार्वजनिक गरिने जिल्ला निर्वाचन अधिकृत महतले बताउनुभयो ।
चौतारामा १३ र १४ गते हुने भनिएको अधिवेशन आइतबार मात्रै चौताराबाट मेलम्चीमा गरिने सुचना प्रकाशन भएको थियो ।
