सुरक्षा परियोजना सिन्धुपाल्चोकले जोखिम मूल्याँकन सर्वेक्षणका निष्कर्षहरु सार्वजनिक प्रकाशन, मिडिया साझेदारी र सरोकारवाला निकायहरुसँग परामर्श तथा पैरवी कार्य सम्वन्धी कार्यशाला वैठक चौतारामा सम्पन्न गरेको छ ।
टियरफन्ड नेपालको सहयोग तथा चौतारा साँँगाचोकगढी र मेलम्ची नगरपालीकाको समन्वय तथा शान्ती फाउन्डेशनको आयोजनामा वैठक राखिएको थियो ।
एचआईभी सँक्रमित महिलाहरुवाट सँचालित सँस्थाले सिन्धुपाल्चोकसहित नेपालको सात जिल्लामा काम गरिरहेको सँस्थाका हिरा खड््काले जानकारी दिनुभयो । खड्काका अनुसार चौतारा साँगाचोकगढी नगरपालीकाको वडा नं. ५ र मेलम्ची नगरपालीकाको वडा नं. ७ मा जोखिममा रहेका महिला र बालबालीकाको सहयोगका लागी सँस्थाले काम गरिरहेको छ । वैठकमा बोल्दै चौतारा साँगाचोकगढी नगरपालीकाको वडा नं. ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले आयआर्जनको वातावरण नभएका धेरै महिलाहररु भएकाले सँस्थाले जनचेतनासँगै आयआर्जनसँग जोड्ने खालका कार्यक्रम सँचालन गर्न आबश्यक रहेको कुरामा जोड दिनुभयो । उहाँले आयआर्जनको बातावरण नहुँदा पनी हिंसाको घटनामा वृद्धी भईरहेको बताउनुभयो ।
वैठकमा जिल्ला प्रहरी कार्यालय महिला बालबालीका सेलको सजिना चौगुठी, चौतारा साँगाचोकगढी नगरपालीकाको वडा नं. ५ का वडा सदस्य कमल बहादुर श्रेष्ठ , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
