
अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइन सञ्चार माध्यमलाई पनि सरकारी विज्ञापन दिने बताउनुभएको छ ।
सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशनमा मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मूल्याङ्कन गरेर अनलाइन सञ्चार माध्यमलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेको भन्दै चाँडै प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।
‘सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन् उहाँले भन्नुभयो ।
अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको उद्देश्य परिर्वतनलाई संस्थागत गर्ने रहेको बताउनुभयो ।
