सम्पर्क

वार्हविसेमा वित्तिय साक्षरता सम्बन्धी अन्तर्क्रिया

सिन्धुपाल्चोकको वार्हविसे नगरपालिकामा वैदेशिक रोजगारमा संलग्न परिवारका महिलाका लागि गरिएको वित्तीय साक्षरता कक्षाको सान्दर्भिकताको विषयमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम गरिएको छ । वैदेशिक रोजगारीबाट आएको रेमीट्यान्सलाई सुरक्षित गरि बुझ्ने, बचत गर्ने र उचित ठाउँमा उचित तरिकाले लगानी गर्ने क्षमताको विकासका लागि नेपाल सरकार र स्विस सरकारको द्धिपक्षीय परियोजनाको रुपमा सामी÷ हेल्भेटासको प्राविधिक सहयोगमा वित्तिय साक्षरता कक्षा सुरु गरिएको हो । साक्षरता कक्षाको लागी डिप्रोक्स नेपालले प्राविधिक सहयोग गर्दै आईरहेको छ ।
अन्तर्क्रिया कार्यक्रममा बोल्दै वार्हविसे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माले ब्यवसाय गर्न आत्मादेखीनै जागरुक हुनपर्ने र आत्मादेखी गरेको काम सफल हुने हुँदा नगरपालिकामा जुन ब्यवसाय गर्ने हो सोहि ब्यवसायको सीप सिक्न आग्रह गर्नुभयो । उहाँले किसानहरुको मागको आधारमा आबश्यकता हेरेर सहयोग गरिरहेको बताउँदै एउटै ब्यक्तीले धेरै ब्यवसाय गर्दा ध्यान नपुग्ने बताउँदै एउटा मात्र ब्यवसाय गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
त्यसैगरी बाह«विसे नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष सुरज लामाले शिक्षा र सीप भयो भने आफ्नो ब्यवसाय फस्टाउने भएकाले शिक्षा र सिपको बिकासका लागि नगरपालिकाले सहयोग गरिरहेको बताउनुभयो ।
विदेशबाट आउने रकमको उचित ठाउँमा प्रयोग हुन नसक्दा त्यसले आर्थिक समस्या क्षणिक समाधान भएपनि अनेकौँ पारिवारिक, सामाजिक, साँस्कृतिक र आर्थिक समस्या निम्त्याएका प्रशस्त उदाहरणहरु छन् । रेमीट्यान्सलाई सदुपयोग नगरेकै कारण वैदेशिक रोजगारीबाट फर्किएको केही समयमै परिवारको आर्थिक स्थिति ‘शून्य’ झरेको अझैपनि देखिने र भेटिने गरेको छ । अनुत्पादक काममा खर्च हुँदा साथमा भएको जतिसुकै मात्राको पैसा त्यसै खेर जान्छ । यही समस्या हल गर्दै रेमीट्यान्सलाई उपलब्धिमुलक बनाउन प्रोत्साहित गर्न वैदेशिक रोजगारीमा संलग्न स्थानीयलाई सहभागी गराएर वित्तिय साक्षरता कक्षा चलाइएको सामीका कार्यक्रम संयोजक अरुण पौडेलले बताउनुभयो ।