सम्पर्क

बिजनेस

नवनिर्वाचित उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजय र्‍याली ननिकाल्न रास्वपाको आग्रह

नवनिर्वाचित उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजय र्‍याली ननिकाल्न रास्वपाको आग्रह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २३ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक डिपी अर्यालले रास्वपाबाट निर्वाचित हुने उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजयी र्‍याली ननिकाल्न आग्रह गर्नुभएको छ । आज एक भिडियो सन्देश जारी गर्दै उहाँले निर्वाचित हुने उम्मेदवारसँग अबिर जात्रा गर्ने, रमाइलो गर्ने, खुसी साटासाट गर्ने तथा र्‍याली गर्ने धेरैको चाहना भए पनि यो विजयी जुलुस निकाल्ने समय नभएको बताउनुभयो । यस पटकको निर्वाचन आउनुमा जेनजी उमेर समूहका नानीबाबुहरुको ज्यान गुमाएको पीडा हामीबाट नसेलाएको उल्लेख गर्दै उहाँले मध्यपूर्वमा केही समय अघिदेखि भइरहेको घटनाका कारण पनि विजयी जुलुस ननिकाल्न आग्रह गर्नुभयो । “हामीलाई जनताले सरकार बनाउन र जनताका लागि काम गर्नका लागि दिएको कार्यादेश हो, त्यसैले हामीले जनताका लागि काम गरेपछि मतदाताहरुसँग घरदैलो गर्ने नै छौँ”, उहाँले भन्नुभय...
प्रतिनिधिसभा निर्वाचनः १६० निर्वाचन क्षेत्रमा मतगणना जारी

प्रतिनिधिसभा निर्वाचनः १६० निर्वाचन क्षेत्रमा मतगणना जारी

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार
काठमाडौँ, २३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएकोे छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहनुभएको छ । आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम, काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, रुपन्देही ४ बाट कन्हैया बानियाँ र बाँके १ मा सुरेशकुमार चौरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म २० स्थानमा नतिजा सा...
निर्वाचनमा करिब साठी प्रतिशत मत खस्योः आयोग

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्योः आयोग

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २१ फागुनः निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताउनुभयो । उहाँले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाहरुको प्रारम्भिक प्रतिवेदनले जनाएको उल्लेख गर्नुभयो । दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जनाउँदै कार्यबाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्वमा मतपेटिका आजै र सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला, रुकुमपश्...
धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १९ फागुनः निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिनुभएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले खारेज गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम साहको उम्मेदवारी अयोग्य रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो । निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम साहको उम्मेदवारी खारेज भएको प्रवक्ता जिसीले बताउनुभयो ।रासस...
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, १९ फागुनः बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजीमात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डा...
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

#, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १९ फागुनः प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । काउन्सिसले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम नगर्न नगराउनेसम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान स्मरण गराएको हो । मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने काउन्सिलले उल्लेख गरेको छ । आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण एवं लोककल्याणकारीसहितका अन्य विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण गरिने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिनुभयो । निर्वाचनको मौन अवधिमा आचारसंहिता पालनामा थप संवेदनशील, स...
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १८ फागुनः फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ । बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिनेछ । पृथ्वीले सूर्यलाई पूर्ण रुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो । पृथ्वी...
फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य
 सिन्धुपाल्चोक । फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव अभिभावक भेला, पूर्व–प्राथमिक तह (यूकेजी) दीक्षान्त, सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन विश्व मानव अधिकार संगठनका केन्द्रीय महासचिव डा. राजेन्द्र कोजु र विद्यालयका संस्थापक अध्यक्ष तथा सभाध्यक्ष रमारम तेलले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमको अवसरमा प्रमुख अतिथि डा. कोजुले जलबिरे जस्तो क्षेत्रको सानो विद्यालयले प्रस्तुत गरेको कार्यक्रम “सुगम सरह र बनावटी नभई यथार्थमा आधारित” रहेको उल्लेख गर्दै प्रशंसा गरे । उनले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको स्तर उदाहरणीय रहेको बताउँदै उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिसहित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “यस क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाका लागि हाम्रो ढोका खुला छ,”...
नेपालपत्रकार महासंघ, बागमती प्रदेश समितिको अपिल

नेपालपत्रकार महासंघ, बागमती प्रदेश समितिको अपिल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिले आमसञ्चारकर्मी र सञ्चार माध्यमहरूलाई जिम्मेवार भूमिका निर्वाहका लागि अपिल जारी गरेको छ । समितीका अध्यक्ष कृष्ण सारु मगरले एक बिज्ञृेप्ती जारी गर्दै यस्तो बताउँनु भएको हो । उँहाद्धारा जारी बिज्ञेप्तीमाआगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन मुलुकको लोकतान्त्रिक अभ्यासलाई सुदृढ तुल्याउने एउटा महत्वपूर्ण कडी हो । लोकतन्त्रको यो सुन्दर अभ्यासलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रकोे भूमिका अपरिहार्य रहन्छ भनीएको छ । यसै सन्दर्भमा, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समिति आमसञ्चारकर्मी र सञ्चार माध्यमहरूलाई जिम्मेवार भूमिका निर्वाहका लागि यो अपिल जारी गर्दछ । जनतालाई सुसूचित गर्ने प्रक्रियामा सञ्चारकर्मीहरू अहोरात्र कार्यक्षेत्रमा खटिरहेका छन् । तर, सूचनाको प्रवाह गर्दा त्यसको...
घरदैलोका क्रममा बंंसलाल चौसागढी १४मा अत्याधिकमत दिने स्थानीय बासीको आश्वसन

घरदैलोका क्रममा बंंसलाल चौसागढी १४मा अत्याधिकमत दिने स्थानीय बासीको आश्वसन

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
आगामी फागुन २१ गते हुने आम निर्वाचनका सन्दर्भमा सिन्धुपाल्चोक क्षेत्र न. २ बाट नेपाली काङ्रेसका तर्फबाट उम्मेदवार बङ्सलाल तामाङ्गले मत माग्दै घरदैलो गर्ने क्रममा तामाङद्वारा चौतारासाँगाचोकगढी नगरपालिकाको ११,१२,१३र १४मा मतदाताहरु सँग भेटघाट तथा परिचायत्मक कार्यक्रम गर्नु भएको छ । यसै सिलसिलामा चौतारा साङ्गाचोकगढि नगरपालिका अन्तर्गतको वडा न. १४ को डडुवा, रानिटार, असिने, झ्याडी नमुना माझी बस्ती लगाएतका टोलबस्तिहरुमा घरदैलो तथा उम्मेद्वार र मतदाता साक्षात्कार कार्यक्रम सम्पन्न भयो। घरदैलोको क्रममा झ्याडि नमुना माझी बस्तिका ३५ जनाभन्दा बढीको संख्यामा नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभयो। नव प्रवेशिलाइ काङ्ग्रेस उम्मेद्वार बङ्सलाल तामाङ्ग, केन्द्रिय सदस्य शिव सुनुवार एवं सिन्धुपाल्चोक काङ्ग्रेसका पुराना नेता राजेन्द्रमान ताल्चाभडेल , भुपेन्द्र बहादुर थापा लगाएतले खादा, माला सहित सदस्यता पत्र प्रदा...