हिरा खड्का – बाह्रबिसे–तातोपानी सडक खण्ड वर्षा सुरु हुनुअघि नै ठाउँ–ठाउँमा बिग्रिएको छ भने कोदारी स्थीत इकु पहिरो २०७२ मा गएको महाबिनासकारी भुकम्प देखि शुरु भई भुकम्प पश्छात बर्षेनी अबरोध भैई रहने इको पहिरोले यसपटक पनि तातोपानी नाका ठप्प गरि दिएको छ । सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का सम्झौता गरेर धमाधम निर्माणको काम गरिरहेको थियो तर परराष्ट्र मन्त्रालयबाट पत्र आएपछी निर्माण कार्य रोकिएको छ । पत्रअनुसार इको पहिरोको नियन्त्रण र सडक निर्माण चिनियाँ कम्पनीले गर्नेछ भनिए पनि हालसम्म चिनियाँ कम्पनी निर्माणस्थलमा आइपुगेर काम शुरु गरेको छैन ।
गत बर्षमा पनि इकु पहिरोले निकै लामो समय सडक अबरुद्ध गरे पछी सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतको पहपकदमीमा सरोकारवाला निकायहरुको सहयोग र सहभागीतामा चुनौतीका बापजुत सडक खुलाउन सफल भएका थिए । आर्यत गरिएका विभिन्न सामग्री खासामै अड्किएको छ । चीनबाट आर्यत गरिका विभिन्न फलफुल्यजन्य बस्तुहरु तत्काल सडक नखुलेमा कुहिएर नोक्सान हुने अध्यक्ष बस्नेतले वताउनु भयो । अहिले बिगत ६ दिन देखि सड्क अबरुद्ध हुँदा चिनबाट आर्यत गरिएको सामाग्री तातोपानी भन्सार सम्म ल्याउन नसक्दा र पानी पर्न साथ सडक अबरुद्ध हुने यो समस्याले चिनियाँ सामाग्री आर्यत गरि समयमा उपलब्ध गराउन कठिन भएको आर्यतकर्ता भोला खड्काले भने । साथै हिलाम्मे,खाल्डाखुल्डी सडक तथा पहिरोका कारण यात्रु,साना ठुला तथा तातोपानी भन्सारबाट आउने मालबहाक सवारी चालकहरू दैनिक सास्ती भोग्न बाध्य भएका छन्।सडकका विभिन्न खण्डमा ठूलो मात्रामा ढुंगा खस्नुका साथै पानी जमेर हिलो बनेको छ। साना सवारी साधन त के,ठूला गाडीसमेत सञ्चालन गर्न कठिन भइरहेको छ। कतिपय स्थानमा गाडी चिप्लिएर फस्ने तथा दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन्।यात्रुहरूका अनुसार सामान्य दूरी पार गर्नसमेत धेरै समय लाग्ने गरेको छ। मोटरसाइकल चालकहरू विशेष गरी जोखिममा छन् भने पैदल यात्रुहरूलाई समेत आवतजावतमा कठिनाइ भएको छ।स्थानीयवासीहरूले सम्बन्धित निकायसँग तत्काल सडक मर्मत कार्यलाई थप व्यवस्थापन गर्न माग गरेका छन्। “वर्षा सुरु भएपछि अवस्था झन् बिग्रिने निश्चित छ, अहिले नै सुधार नगरे ठूलो समस्या आउँछ,” पासङ्ग तामाङले उक्त समस्या फेसबुकमा पोस्टै गर्दै बताउँनुभयो। सडक सुधारका लागि निर्माण पक्ष र सरोकारवाला निकायले ध्यान नदिँदा समस्या बढ्दै गएको देखिन्छ।
समयमै मर्मतको ब्यबस्थापन नगरे वर्षायाममा यो इकु पहिरोका साथै तातोपानी–कोदारी सडक खण्ड विभिन्न ठाउँमा पूर्णरूपमा अवरुद्ध हुने खतरा बढेको हुँदा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ अध्यक्ष बुद्धराज बस्नेतले बताउनु भयो ।
