बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने
धुलिखेल, ८ वैशाख : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र बनेपा नगरपालिकाबीच शुक्रबार उक्त भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने सम्झौता भएको हो । त्यस अवसरमा श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सेवाग्राहीको सहजताका निम्ति बनेपामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताउनुभयो । “अब यहाँ स्थापना हुने कार्यालयले काभ्रेका मात्र नभएर सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका सेवाग्राहीलाई सहज हुनेछ,” उहाँले भन्नुभयो । आगामी एक महिनाभित्रमा उक्त भवनबाट सेवा सञ्चालन हुने जानकारी उहाँले दिनुभयो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यालय स्थापना भएपछि यातायातका साधनको चाप बढेको बनेपा र आसपासका स्थानबाट काठमाड...
